Nepal Times
Nepal Times
3
Shares

दक्षिण कोरिया र हङकङमा कोरोना खोप अभियान सुरु, यो वर्षभरि नै चल्ने

दक्षिण कोरिया र हङकङमा कोरोना खोप अभियान सुरु, यो वर्षभरि नै चल्ने

१४ फागुन, एजेन्सी । दक्षिण कोरिया र हङकङले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेका छन् ।

दक्षिण कोरियाले आउँदो सात महिनाभित्र देशका ७० प्रतिशत नागरिकलाई खोप लगाइ सक्ने लक्ष्य लिएको छ भने हङकङले यस वर्षको अन्तिमसम्ममा सबै वयस्क नागरिकलाई खोप लगाइ सक्ने लक्ष्य लिएको जनाएको छ ।

गएको वर्ष चीनमा देखिएको कोरोना भाइरस चीनबाहिर देखिने क्रमको सुरुवातमै दक्षिण कोरिया र हङकङमा देखिएको थियो । यी दुई देशले व्यक्तिगत दुरी कायम, शीघ्र परीक्षण, क्वरेण्टीन तथा सङ्क्रमितको ट्र्याकिङ गरेर समयमै महामारीलाई नियन्त्रणमा लिएका थिए ।

हङकङमा चीनले आविष्कार तथा उत्पादन गरेको सिनोभ्याक्स खोप प्रयोग गर्ने जनाएको छ भने दक्षिण कोरियाले स्थानीय कम्पनी एसके बायोसाइन्सले
एस्ट्राजेनेकासँगको सहकार्यमा कोरियामै उत्पादन गरिरहेको खोप र फाइजर कम्पनीको खोप प्रयोग गर्ने जनाएको छ ।

दुवै देशले सन् २०२१ भरि नै खोप अभियान चलाउने बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.