Nepal Times
Nepal Times
3
Shares

दमकबाट तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

दमकबाट तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

५ मंसिर, झापा ।

दमक नगरपालिका–४ बस्ने शेर बहादुर कार्कीको रातो भाले सेकुवा कर्नर होटलमा तास खेलिरहेको अवस्थामा मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ६६ वर्षीय विश्वराज पराजुली लगायत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा पैसाको हारमार हुने गरी जुवातास खेल भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ५६ हजार ३ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.