×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026
Playing
Top 15 Afternoon News || Mar-03-2026 || Nepal Times
Mar 03, 2026
Playing
खोर्रमशहरः इरानी ब्यालिस्टिक मि सा इल बन्नसक्छ इजरेलमा प्रलय || Nepal Times
Mar 03, 2026
Playing
Iran मा ‘ठूलो कार बाही’, ११ इरानी जहाज डु बाएको दाबी, अमेरिकी असुर क्षित || Nepal Times
Mar 03, 2026
Playing
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी खेलाडीलाई लाखौं जरिवाना || Nepal Times
Mar 03, 2026
Playing
अमेरिकी सेना इ रान जाने, लेबनानमा भीषण आक्र मणः १० हेडलाइनमा|| Nepal Times
Mar 03, 2026
Playing
आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण,होली खेल्न वर्जित|| Nepal Times
Mar 03, 2026
Playing
रास्वपाको वाचापत्रको विज्ञहरुबाट चिरफार|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली काँग्रेसको घोषणा पत्रमा स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार योजनाको चिरफार
Mar 02, 2026
Playing
नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा विज्ञका प्रश्नैप्रश्न|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली कांग्रेसको चुनावी एजेण्डा विश्लेषणः के छ स्पष्ट, के रह्यो अधुरो ?|| Nepal Times
Mar 02, 2026
Playing
इरानले नेतन्याहुकै कार्यालयमा क्षे प्या स्त्र हान्यो! || Nepal Times
Mar 02, 2026
Playing
इन्टरसेप्टरहरु छल्दै इरानी मि सा इ लले टारगेटलाई हिट गरेपछि....|| Nepal Times
Mar 02, 2026
Playing
चुनावी सरगर्मीबिच खाडी संकटमा, १७ लाख नेपालीको सुरक्षा चिन्ता || Nepal Times
Mar 02, 2026

दल बदल्ने नेता जित्नेभन्दा हार्ने धेरै

२८ मंसिर २०७४

दल बदल्ने नेता जित्नेभन्दा हार्ने धेरै शिर्षकमा आजको नयाँ पत्रिकामा यो खबर छ ।

विजयकुमार गच्छदार
निर्वाचनको मुखमा आफू नेतृत्वको लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएका विजयकुमार गच्छदारले सुनसरी ३ बाट निर्वाचन जितेका छन् । उनले ३८ हजार नौ सय ७२ मत पाए भने उनकी प्रतिद्वन्द्वी एमाले उम्मेदवार भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत ल्याइन् । गच्छदारले ०४८, ०५१ र ०५६ मा कांग्रेसबाट निर्वाचन जितेका थिए । ०६४ को संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट तथा ०७० मा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव लडेर उनी विजयी भएका थिए ।

अभिषेकप्रताप साह
निर्वाचनको मुखमा संघीय समाजवादी फोरम छाडेर कांग्रेस प्रवेश गरेका अभिषेकप्रताप साह कपिलवस्तु ३ बाट निर्वाचित भएका छन् । उनले संघीय समाजवादी फोरमका उम्मेदवार मंगलप्रसाद गुप्तालाई पराजित गरेका हुन् । साहले २० हजार एक मत पाए भने गुप्ताले १५ हजार आठ सय २६ मत प्राप्त गरे । ०६४ को संविधानसभामा सबैभन्दा कान्छो सभासद् बनेको साहले ०७० को निर्वाचन पनि जितेका थिए । यसपटक निर्वाचन जितेसँगै ह्याट्रिक गरेका छन् ।

हृदयेश त्रिपाठी
राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्य त्यागेर सूर्य चिह्नमा निर्वाचन लडेका हृदयेश त्रिपाठी नवलपरासी १ बाट विजयी भएका छन् । कांग्रेसका देवकरणप्रसाद कलवारलाई हराउँदै उनले जित हात पारेका हुन् । त्रिपाठीले ३९ हजार पाँच सय ९२ मत ल्याए भने कलवारले ३३ हजार पाँच सय ९१ मत पाए ।

वृजेश गुप्ता
हृदयेश त्रिपाठीसँगै राजपा छाडेर सूर्य चिह्नबाटै कपिलवस्तु २ मा उम्मेदवार बनेका वृजेश गुप्ता कांग्रेसका सुरेन्द्रराज आचार्यलाई पराजित गरी सांसद बनेका छन् । गुप्ताले ३५ हजार एक सय ४७ मत प्राप्त गरेका छन् भने आचार्यले ३१ हजार पाँच सय ६६ मत पाएका छन् ।

हार्ने नेता
रामचन्द्र झा
पहिला एमाले, त्यसपछि माओवादी, माओवादीबाट नयाँ शक्ति र निर्वाचनको मुखमा पुनः माओवादी केन्द्रमा फर्केर टिकट लिएका झा धनुषा २ बाट उम्मेदवार बनेका थिए । उन संघीय समाजवादी फोरमका उमाशंकर अरगरियासँग पराजित भए । अरगरियाको ३२ हजार ४४ मत आयो भने झाले १८ हजार ७१५ मत पाए ।

गंगाप्रसाद यादव
दोस्रो संविधानसभामा राप्रपाबाट सभासद् बनी रूपान्तरित संसद्मा उपसभामुख बनेका यादव निर्वाचनको मुखमा राप्रपा छाडेर एमालेको सूर्य चिह्नमा चुनाव लडे । सिरहा १ मा उम्मेदवार बनेका उनी कांग्रेस उम्मेदवार प्रदीप गिरीसँग पराजित भए । गिरीले २३ हजार ९५१ मत ल्याए भने यादवको २१ हजार ३७१ मत आयो ।

रामजनम चौधरी
लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएपछि कैलाली ३ बाट निर्वाचन लडेका चौधरी माओवादी केन्द्रका उम्मेदवार गौरीशंकर चौधरीसँग पराजित भए । गौरीशंकरले २४ हजार ८७९ मत
ल्याए भने रामजनमले २० हजार ४९४ मत पाए ।

गोपाल दहित
लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएपछि बर्दिया २ बाट निर्वाचन लडेका दहित पनि माओवादी केन्द्रका सन्तकुमार थारूसँग पराजित भए । थारूले ५० हजार ५५५ र दहितले ३६ हजार ७३५ मत पाए ।

शम्भुलाल श्रेष्ठ
दोस्रो संविधानसभा निर्वाचनमामा कांग्रेसबाट टिकट नपाएपछि माओवादीमा प्रवेश गरेर तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई सिराहामा पराजित गर्ने श्रेष्ठले यसपटक हार सामना गर्नुप¥यो । माओवादीबाट टिकट नपाउने छाँट देखेपछि उनी निर्वाचनअघि पुनः कांग्रेस फर्केका थिए । कांग्रेसका तर्फबट सर्लाही १ उम्मेदवार बनेका उनी पराजित भए । प्रतिस्पर्धामा तेस्रो भएका श्रेष्ठले २० हजार ७५ मत ल्याए भने राजपाका प्रमोद साहले २२ हजार ३६ मत ल्याएर विर्नाचन जिते ।

मोहनसिंह राठौर
एमालेबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गर्दै कैलाली २ बाट निर्वाचन लडेका राठौर एमाले उम्मेदवार झपट रावलसंँग पराजित भए । रावलले २५ हजार १ सय २७ मत ल्याए भने राठौरले २३ हजार ३ सय १३ मत पाए ।

ईश्वरदयाल मिश्र
राजपा त्यागेर एमालेको सूर्य चिह्न लिएर कपिलवस्तु ३ बाट निर्वाचन लडेका मिश्र कांग्रेस उम्मेदवार अभिशेकप्रताप शाहसंँग पराजित भए । शाहको २० हजार एक मत आयो भने तेस्रो स्थानमा रहेका मिश्रकोे १४ हजार ३३० मत आयो ।

पशुपतिदयाल मिश्र
राजपा त्यागेर एमालेको सूर्य चिह्न लिई बाँके ३ मा निर्वाचन लडेका मिश्र संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राईसँंग पराजित भए । राईको २१ हजार ५७५ मत आयो भने मिश्रको १५ हजार ९५१ मत आयो ।

जंगीलाल राय
निर्वाचनको मुखमा संघीय समाजवादी फोरमको महासचिव पद त्यागेर कांग्रेस प्रवेश गर्दै सर्लाही २ बाट निर्वाचन लडेका राय राजपाका महिन्द्र राय यादवसंँग पराजित भए । महिन्द्रको २९ हजार १९१ मत आयो भने जंगीलालको १८ हजार ९७६ मत आयो ।

इमदाद गद्दी
राजपाबाट टिकट नपाउने भएपछि नेपाल संघीय समाजवादी पार्टीमा प्रवेश गरी पर्सा ४ बाट टिकट लिएका गद्दी राजपा उम्मेदवार लक्ष्मणलाल कर्णसंँग पराजित भए । कर्णले २० हजार ७३८ मत ल्याए भने चौथोमा रहेका गद्दीले २७ सय ८९ मत ल्याए ।

ओमप्रकाश यादव गुल्जारी
राजपाले अर्का उपाध्यक्ष लक्ष्मणलाल कर्णलाई टिकट दिने भएपछि पार्टी उपाध्यक्ष ल्यागेर एमाले प्रवेश गर्दै रुपन्देही ४ बाट टिकट लिएका गुल्जारी कांग्रेसका प्रमोद यादवसँंग पराजित भए । तेस्रोमा रहेका गुल्जारीले चार हजार ७९ मत ल्याए भने यादवले ३१ हजार ७१८ मत ल्याए ।

शिवपूजन राय
निर्वाचनको मुखैमा राजपाबाट माओवादी केन्द्र प्रवेश गरी सर्लाही ४ बाट टिकट लिएका रायको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरिदियो । रातो पासपोर्ट अपचलन गरेको अभियोगमा रायविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । अदालतमा मुद्दा विचाराधीन भएको व्यक्ति निर्वाचन लड्न नपाउने भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको हो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top