×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दशमा सातजना कोरियाली भन्छन्– आणविक अस्त्रबिहीन कोरिया सम्भव छ

२० बैशाख २०७५

सोल, २० वैशाख ः प्रत्येक दशमा सातजना कोरियाली नागरिकले कोरियाली प्रायद्वीपमा पूर्ण रुपमा अस्त्रबिहीन कोरिया सम्भव छ भनेका छन् ।

एक सर्वेक्षणमा यस्तो देखिएको कोरियाली राजधानी सोलबाट बिहीबार प्राप्त समाचारमा जनाइएको छ । उक्त सर्वेक्षणमा सहभागीमध्ये दश जनामा सातले कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा आणविक अस्त्र बिहीन बनाउन सम्भव भएको बताएका थिए ।

रियलमिटर नाम दिइएको उक्त सर्वेक्षणमा सहभागीमध्येका ७१।४ प्रतिशतले यस्तो बताएका जनाइएको छ ।
दक्षिण कोरियाका ५०१ जना नागरिकलाई सो सर्वेक्षणमा संलग्न गराइएको उक्त सर्वेक्षण संस्थाले जनाएको छ । उक्त सर्वेक्षणको परिणाम बुधबार सार्वजनिक गरिएको जनाइएको छ ।

त्यसैगरी दक्षिण कोरियाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका करिब ९० प्रतिशत सदस्यहरुले पनि कोरियाली आणविक अस्त्रबिहीन कोरियाली प्रायद्वीप सम्भव रहेको बताएका थिए ।

त्यसैगरी यहाँको विपक्षी दल लिबर्टी कोरिया पार्टीका करिब आधाजति सदस्यहरुले भने आणविक अस्त्रबिहीन कोरिया सम्भव नरहेको बताएका छन् ।

गएको शुक्रबार अर्थात् अप्रिल २७ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच शान्तिवार्ता र सम्झौता भएको थियो ।

सो सम्झौताअनुसार यी दुई देशले युद्ध अन्त्यको घोषणा गरी आगामी दिनमा एक अर्काको विरुद्धमा प्रचारप्रसार नगर्ने जनाएका थिए । सो सम्झौताको कार्यान्वयन पनि सुरु भइसकेको छ ।

गत शुक्रबारको सो सम्झौताको पालना गर्दै दक्षिण कोरियाले उत्तरको सीमामा राखिएको उत्तर कोरियाका विरुद्धमा प्रचार गर्ने संयन्त्र हटाएको छ । दक्षिण कोरियाको रक्षामन्त्रालयले सो कुराको जानकारी दिएको छ ।

कोरियाली प्रायद्वीपमा सन् १९५३ पछि कोरियाली जनता त्रास र अन्योलमा बाँच्न बाध्य छन् । कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच अझै पुनर्मिलन हुन नसकेको अवस्थामा दुई कोरियाबीचको यो पछिल्लो वार्ताले मिलनको आशा पनि थपेको बताइन्छ ।

पश्चिमा लगायतका विश्वका सञ्चारमाध्यमहरुले कोरिया युद्धपछि पहिलो पटक दुई देशका उच्च नेताहरुबीच भएको हालैको यो दुर्लभ भेटले आगामी दिनमा कोरियाली प्रायद्वीपमा शान्ति आउने र दुई कोरियाको एकता हुन पनि सक्ने सम्भावना रहेको बताइरहेका छन् ।

गएको शुक्रबार सम्पन्न भएको दुई कोरियाली उच्च नेताहरूको भेटवार्ताले कोरियाली जनतालाई मात्र नभएर दक्षिण कोरिया, जापान, अमेरिकालगायत विश्व समुदायलाई पनि शान्तिको लागि राहत प्राप्त हुने सङ्केत देखिएको बताइएको छ ।

उत्तर कोरियाले अमेरिका र जापानसँग पनि वार्ता गर्ने जनाएको छ । गतवर्षमात्र अमेरिका र उत्तर कोरियाबीच ठूलो वाकयुद्ध चलेको थियो । त्यसपछि भने उत्तर कोरिया नरम बन्दै गएको छ ।

उत्तर कोरियाले गत वर्षको सेप्टेम्बर ३ मा छैटौँं तथा त्यस समयसम्मको सबैभन्दा ठूलो आणविक परीक्षण गरेको थियो । त्यस क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीप हुँदै संसारमै ठूलो हलचल ल्याइदिएको थियो ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top