×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दाउद इब्राहिमका निकट सहयोगी दुबईमा पक्राउ

२४ फाल्गुन २०७४

एजेन्सी, फागुन २४
भारतीय अन्डरवल्र्डका डन दाउद इब्राहिमका निकट सहयोगी फारुक टकला दुबईमा पक्राउ परेका छन् । उनलाई बिहिबार मुम्बई ल्याइएको छ । टकलालाई आजै विशेष टाडा अदालतमा उपस्थित गराईएको छ ।

उनीविरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सन् १९९५ मा रेड कर्नर नोटिस जारी भएको थियो । सन् १९९३ को मार्च महिनामा मुम्बईमा भएको श्रृङ्खलाबद्ध १२ बम विष्फोटको घटनामा उनी संलग्न भएको खुलेको थियो ।

त्यसयता फरार रहेका उनी २५ वर्षपछि पक्राउ गरेका हुन् । विष्फोटमा २ सय ५७ जनाको मृत्यु भएको थियो भने ७ सय जनाभन्दा बढी घाइते भएका थिए ।

यही घटनामा मुम्बई हमलाका मास्टरमाइन्ड टाइगर मेमनका भाई याकुब मेमनलाई सन् २०१५ मा मृत्युदण्ड दिइएको थियो । अन्डरवल्र्डका डन दाउद इब्राहिम पनि १९९३ देखि नै फरार छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top