Nepal Times
Nepal Times
3
Shares

दाउन्ने दुर्घटनाः ज्यान गुमाउने ४ जनामध्ये दुई जनाको पहिचान, घाइते ४९ जनाको उपचार हुँदै

दाउन्ने दुर्घटनाः ज्यान गुमाउने ४ जनामध्ये दुई जनाको पहिचान, घाइते ४९ जनाको उपचार हुँदै

५ जेष्ठ, नवलपरासी । नवलपरासी पश्चिममा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । ४९ जना घाइते भएका छन् ।

काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाका अनुसार दुर्घटनामा ज्यान गुमाएकामध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुन र सिस्ने गाउँपालिकाका धनराज घर्तीको मात्रै परिचय खुलेको छ । ४९ जना घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्याएको छ । निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.