×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दाङका प्रतिक पुन पनि युक्रेनी सेनाको नियन्त्रणमा

२५ मंसिर २०८०

२५ मंसिर,एजेन्सी।

रुस–युक्रेनयुद्ध जारी रहँदा दुवैतर्फ गरि सयौंको संख्यामा नेपालीहरु सेनामा भर्ती भएको खुलेको छ । स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे जानकारी गराएका हुन् । उनले रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय जना रहेको औपचारिक जानकारी आएको बताएका छन् ।

आज दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री प्रचण्डले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय जना नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी भइरहेको बताएका छन् ।

रुसी सेनामा भर्ती भएका नेपाली केही युक्रेनको कब्जामा रहेका र केही युक्रेनी सेनामा पनि रहेको जानकारी आएको प्रचण्डले बताएका छन् । यस्तै उनले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि उल्लेख गरे ।

उनले भने, ‘चाहे रुस युक्रेनको युद्ध होस् हामीले बडो नयाँ फेनामेनाको सामना गर्नुपरेको छ । रुसी सेनामा पनि नेपाली युवाहरू गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो । अब २ सय भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ । त्यो परिस्थिति सामना गर्नुपरेको छ । कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौँ । विगतमा यस्तो देख्न व्यहोर्न पर्दैन थियो । अहिले परिरहेको छ । इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन्, उनलाई फिर्ता ल्याउने अन्तिम प्रक्रियातिर बढिरहेका छौँ ।’

यसैबीच रुसी सेनामा गएका थप एक नेपाली युक्रेनी सेनाको कब्जामा परेका छन् । दाङ बिजौरीका प्रतिक पुन युक्रेनी सेनाको कब्जामा परेका हुन् । कब्जापछि युक्रेनी सेनाले पुनको भिडियो सार्वजनिक गरेको छ । रुसी सेनामा भर्ती भएपछि युद्ध गर्न गएर समातिएका पुन तेस्रा नेपाली हुन् ।

यसअघि रुसी सेनामा गएका काभ्रेका सिद्धार्थ ढकाल र बर्दियाका विवेक खत्रीलाई रुस–युक्रेन युद्धस्थलबाट युक्रेनी सेनाले नियन्त्रणमा लिएको थियो । पुनले आफू रुसमा पढ्न आएको र त्यसको केही समयपछि त्यहाँका एजेन्ट ’दाई’हरूको सल्लाहमा रुसी सेनामा भर्ती भएको उल्लेख गरेका छन् ।

‘म यहाँ विद्यार्थी भिसामा आएको हुँ । म मस्कोमा दुई÷तीन महिना बसें । त्यसपछि एजेन्ट दाईहरूले आर्मीमा लगाउनु भयो । हामीलाई सम्झौता (कन्ट्याक्ट) पेपरको बारेमा थाहा थिएन,’ पुनले भिडियोमा भनेका छन्, ‘हामीलाई युद्धमा के भइरहेको छ, थाहा थिएन । मैले ती दाईकै कुरा सुनेर आर्मीमा भर्ना भएँ ।’

पुनले केही महिनाको प्रशिक्षणपछि फिल्डमा पठाएको र अहिले आफू युक्रेनमा रहेको प्रष्ट्याएका छन् । ‘म सबै नेपाली जनतालाई रुसमा नआउनको लागि अनुरोध गर्दछु । यो युद्धमा संलग्न हुनको लागि नआउनुहोस् । तपाईं पैसाको लागि आउन सक्नुहुन्छ । तर त्यो नै सबैथोक होइन,’ उनले भनेका छन्, ‘तपाईं नेपालमा बस्नु भयो भने राम्रो हुन्छ ।

एजेन्टले नेपाली जनतालाई युद्ध केही समयमा रोकिन्छ र पैसा लिएर फर्किन पाइन्छ भन्छन् । तर त्यो होइन, तर युद्ध सकिएको छैन, यहाँ एकदम गाह्रो छ ।’ यता परराष्ट्र मन्त्रालयले युक्रेनको कब्जामा रहेकाहरुको रिहाइको लागि युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूतावासलाई पत्र पठाइसकेको जनाएको छ । तर त्यसको जवाफ नेपाल सरकारले युक्रेनबाट प्राप्त नगरेको परराष्ट्रका अधिकारीहरु बताउँछन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top