Nepal Times
Nepal Times
3
Shares

दाङमा १० किलो चरेससहित दुई जना पक्राउ

दाङमा १० किलो चरेससहित दुई जना पक्राउ

७ साउन, दाङ ।

दाङमा झन्डै १० किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ निसी खोलाका २१ वर्षीय सुदिप सिंजाली मगर र बाग्लुङ बरिगाडका ३० वर्षीय रेमबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरूलाई पूर्व–पश्चिम राजमार्ग दाङको धान खोलामा रहेको एक होटलबाट नौ किलो नौ सय ३० ग्राम चरेससहित पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

हरियो रङ्गको भिर्ने झोलाभित्र सेतो प्लास्टिकले बेरेर राखेको अवस्थामा २० वटा इँटा आकारको लागुऔषध चरेस फेला परेको प्रहरीले जनाएको छ । होटलमा चरेसको कारोबार भइरहेको भन्ने सुराकी पाएपछि प्रहरीले छापा मारेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.