Nepal Times
Nepal Times
3
Shares

दाहाल, नेपाल र खनाल राष्ट्रपति भेट्न शितल निवासमा

दाहाल, नेपाल र खनाल राष्ट्रपति भेट्न शितल निवासमा

२१ असार, काठमाडौं । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न तीनैजना नेताहरु सँगै शितल निवास पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मन्त्री र राज्यमन्त्रीहरुसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भैरहेको बताएका थिए ।

आफ्नै पार्टीका नेताहरु आफू र राष्ट्रपतिविरुद्ध लागेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि यसबारे प्रष्ट पार्न तीनैजना नेताहरु शितल निवास पुगेको बुझिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.