Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबरहरु

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१.(गो ब्याक इन्डिया !)
नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै नेपाल विद्यार्थी संघद्वारा भारतीय दूतावासलाई ज्ञापन / देशैभर भारतको विरोध / विराटनगरमा पनि युवाहरुको विरोध प्रदर्शन ।

२.(आलमको बयान सकियो)
वम विष्फोट र हत्या अभियोग लागेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको बयान जिल्ला अदालत रौतहटमा सकिो / बाँकी थुनछेक वहस भोलिदेखि हुने ।

३.(शिक्षा परिषद गठन)
प्रधानमन्त्रीको अध्यक्षमा ‘उच्च शिक्षा परिषद’ गठन गर्ने सरकारको व्यवस्था / शिक्षा नीतिमा शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति निर्माण गर्न विशेष जोड ।

४.(अप्ठयारोमा विदेशी कलेज)
सरकारद्धारा विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढि कलेजहरुलाई खारेज गर्ने तयारी / प्रक्रियागत ढंगले संचालन नभएका ती कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिनको समय ।

५.(सहिदको सम्मान)
धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ कम्युनिस्ट कार्यकर्ताका परिवारलाई जनही ५ लाख रुपैया प्रदान गर्ने प्रदेश १ सरकारको निर्णय / कार्तिक २९ गते अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सव धरानमा आयोजना गर्ने ।

६.(आप्रवासी सम्मेलन)
आउँदो कार्तिक २६ गतेदेखि काठमाडौंमा आप्रवासी कामदारहरुको अधिकार संरक्षणसम्बन्धि २ दिने अन्तराष्ट्रिय सम्मेलन’ हुने / सम्मेलनबाट आप्रवासी कामदारहरुको मानव अधिकार संरक्षणमा एशियाली मुलुकहरु जिम्मेवार बन्ने अपेक्षा ।

७.(उर्जाका कुरा)
युद्धस्तरमा काम गरिरहेकाले आगामी दुईवर्षभित्रमा कार्णाली प्रदेश उज्यालो बनाउनेऊर्जामन्त्री वर्षमान पुनको दावी / कर्णाली प्रदेशभित्रका नदीनालाबाट बहुउद्देश्यीय आयोजना निर्माण गर्नसक्ने सम्भावना रहेको उल्लेख ।

८.(दबाबमा विज्ञापन एजेन्सी)
सबै विज्ञापन एजेन्सीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारको कडा निर्देशन / आवद्ध नहुने विज्ञापन एजेन्सीहरुलाई सरकारी सेवा, सुविधा, नविकरण तथा अनुमति समेत नदिइने ।

९.(माल पाएर के गर्नु ?)
मोरङको कटहरी गाउँपालिकामा निर्मित एकीकृत तरकारी तथा फलफूल थोक बजार निर्माण सम्पन्न भएको वर्षदिन वितिसक्दापनि संचालनमा आएन / आवश्यक अध्ययन नगरी निर्माण गरिदा बजार ब्उवस्थापनमा समस्या ।

१०.(भारतको चतुर्याई)
नयाँ नक्सामा नेपाली भूमि नमिचेको भारतले दाबी / विवादित विषयमा वार्ता र सम्वाद गर्न तयार रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारको भनाई ।

११.(पोषणका कुरा)
‘खाद्य तथा पोषण सुरक्षा’ कार्यक्रमलाई सफल बनाउन सम्बन्धित सबै पक्षलाई सरकारको आह्वान / वातावरणमा प्रतिकूल असर हुने गरी नेपालले कुनै पनि कृषिजन्य बस्तुको उत्पादन नगर्ने प्रतिवद्धता ।

१२.(खाद्य सुरक्षा)
सरकारले पोषणसम्बन्धि कार्यक्रमलाई उच्च प्राथमिकता दिएको उपप्रधानमन्त्री उपेन्द्र यादवको भनाई / अर्थमन्त्री डा. युवराज खतिवडाले पोषणयुक्त खाद्यन्नको व्यवस्थापनमा केन्द्रित हुन निजी क्षेत्रलाई आग्रह ।

१३.(पूर्वाधारले खेल सर्याे)
मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)द्वारा दशरथ रंगशालामा तय भएको नेपाल र कुवेतबीचको खेल गर्न नमिल्ने निर्णय / खेल न्युट्रल भेन्युका रुपमा भुटानको चाङलिमिथाङ रंगशाला प्रस्ताव गरिएको एन्फाको भनाइ ।

१४.(मैत्रीपूर्ण क्रिकेट)
एमसीसीले नेपालसँगको तीन दिवसिय प्रथम श्रेणीमा ३ सय २ रनको अग्रता लियो / दोस्रो दिनको खेल सकिँदा दोस्रो इनिङमा एमसीसी २१ ओभरमा ९१–२ को बलियो अवस्थामा ।

र,
१५.(अमेरिकामा मृत्युदण्ड)
अमेरिकाको टेक्सास राज्यमा एक गोरा अतिवादीलाई मृत्युदण्ड / “आर्यन सर्कल” नामको समूहले चलाएको लागूऔषध उत्पादन प्रयोगशालाका बारेमा प्रहरीलाई खबर दिने धम्की दिएपछि हलद्दारा ती महिलाको हत्या ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.