Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबरहरु

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१.(अतिक्रमण पनि अदालतमा)
नेपालको भू–भाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहल मार्फत् समस्याको समाधानको माग गर्दे सर्वोच्च अदालतमा रिट दायर / अतिक्रमित भूमिकाबारेमा राज्य मौन बस्दा सर्वसाधारणलाई असर परिरहेको उल्लेख ।

२.(हमिदको ब्यस्तता)
प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता / चार दिने नेपाल भ्रमणमा आएका हमिदको उच्चस्तरीय भेटवार्ता सम्पन्न / राष्ट्रपति हमिद भोली पोखरा जाँदै ।

३.(‘सिके’का उम्मेदवार)
महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीको तर्फबाट अञ्जलीदेवी मण्डलको उम्मेदवारी / रिक्त अध्यक्ष पदकालागि १७ जनाको उम्मेद्वारी ।

४.(स्थानीयको मनोनयन)
मङ्सिर १४ मा हुने स्थानी यतहको उपनिर्वाचनको उम्मेदवारी दर्ता सम्पन्न / चारवटा स्थानीय तहको प्रमुख, एक उपप्रमुख तथा ४२ वटा बडाध्यक्षकालागि मनोनयन दर्ता ।

५.(न्याय मर्दैन)
दुई वर्ष अघि काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारका मुख्य अभियुक्त शैलेस कार्कीलाई पाँच वर्षको कैद सजाय / अन्य तीनजना अभियुक्तहरूलाई १४ महिनाको कैद / पीडितलाई सात लाख क्षतिपूर्ति ।

६.(शिल्पालाई संकट)
बहुबिबाहको मुद्धामा आफूलाई पक्राउ नगर्न अभिनेत्री शिल्पापोखरेलले हालेको रिट निवेदन सर्वोच्च अदालतद्वारा खारेज / उच्च अदालतले जिल्लाअदालतकै आदेश सदर गरेपछि शिल्पालाई पक्राउ गर्ने बाटो खुल्यो ।

७.(कर्मको फल)
नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका कार्यकारी निर्देशक सहित पाँच जना कारागार चलान / पाँचै जनालाई पुर्पक्षकालागि थुनामा राख्ने अदालतको आदेश ।

८.(भिआईपीलाई सन्देश)
भिआईपी सुविधा प्रयोगकालागि तोकिएका मापदण्डको पूर्ण पालना गर्न सरकारद्वारा पुन सचेत / भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठान्न सांसद, मन्त्रीहरुलाई आग्रह ।

९.(विकल्प खोज)
प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प नरहेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईको भनाई / मुलुकमा एउटा मात्रै अन्तराष्ट्रिय विमानस्थल रहेकाले यसको चापलाई लिएर नकारात्मक टिप्पणी गरिरहन नमिल्ने तर्क ।

१०.(अर्थमन्त्रीको ताकेता)
बैंकिङ सेवानपुगेका स्थानीयतहमा पनि तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा ताकेता / ईमान्दार ढंगले काम नगर्ने कर्मचारीहरुलाई कडा कार्वाही गर्ने चेतावनी ।

११.(सुविधा भोगीले बुझुन्)
सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीलाई प्रमोशन गर्ने पक्षमा सरकार नरहेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको भनाई / प्रमोशनका लागि नम्बर नपुग्दा दूर्गम क्षेत्रमा जाने कर्मचारीहरु सरकारको कडा निगरानीमा ।

१२.(दुतहरुको सम्मेलन)
काठमाडौंमा ‘अवैतनिक वाणिज्य दुतहरुको अन्तराष्ट्रिय सम्मेलन’ सुरु / वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएको उल्लेख गर्दै बाह्यलगानी गरे उच्च प्रतिफल पाउने व्यवस्था मिलाइएको दावी ।

१३.(विराटनगरमै मानव बेचविखन)
विराटनगर रानीमा रहेको हिमालय गेष्टहाउसमा होटलका संचालकसँगको मिलेमतोमा मानव वेचविखन विरूद्धका कार्यहरू हुदै आएको खुलासा / बिहारका मो. रियाज पक्राउ / एक भारतीय महिलालाई विराटनगर ल्याएर बेचेको खुलासा ।

१४.(जित चाँहियो)
भारतको हैदरावादमा जारी यू १९ च्यालेन्जर सिरिजमा नेपाल लगातार दोस्रो खेलमा भारत ए सँग १ सय ७ रनले पराजित / विशाल विक्रम केसीले सर्वाधिक ७१ रन जोडे पनिहार टर्न सकेन ।

र,
१५.(स्वघोषित राष्ट्रपति)
बोलिभियाकी विपक्षी सिनेटर जीनाइन अनेजले आफैंलाई गरिन् देशको अन्तरिम राष्ट्रपति स्व घोषणा / निर्वाचनमा धाँधली भएको आरोपमा व्यापक विरोध पछि राष्ट्रपति इभो मोरालेज राजीनामासँगै मेक्सिकोको शरणमा ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.