Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१.(शिक्षक आन्दोलन)
आफुहरुको माग पुरा नभएको भन्दै अस्थायी र करार शिक्षक आन्दोलन समिति प्रदेश एकद्वारा पुनः मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन /प्रदर्शनका क्रममा आन्दोलनकारीले सडकमा बसेर सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीद्वारा लाठ्ठी चार्ज ।

२.(एनआरएनएको मतदान)
काठमाडौंमा एनआरएनएको नयाँ कार्यसमिति चयनका लागि मतदान जारी /मेसिनमा आएको खराबीका कारण विहिबार मतदान कागजी मतपत्र प्रक्रियाबाटै हुँदै ।

३.(विप्लव समुह पक्राउ)
दाङको राजपुर गाउँपालिका –४ को मुग्रेटाखोला नजिकै विप्लव समूह बैठक बसिरहेका बेला बैठकस्थल घेरा हालेर चन्द समूहका २१ नेताहरु प्रहरी नियन्त्रणमा / विप्लवका दाजु चन्द्रबहादुर चन्द पनि पक्राउ ।

४.(फेरी आन्दोलन?)
समाजवादको उद्देश्यका निम्ति फेरि एक पटक आन्दोलन गर्ने इच्छा रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई / कम्युनिस्ट पार्टीहरुले आफूमा लागेको धुलो पखाल्ने बेला आएको उललेख ।

५.(आलोपालो नहुने)
प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने नेकपाका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माको दाबी / सरकारले राम्रो काम गरिरहेकाले ओलीलाई नै पूरा कार्यकालको नेतृत्वमा राख्नुपर्ने तर्क ।

६.(द्विपक्षीय समझदारी)
म्यानमारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुचीको उपस्थितिमा दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर / राष्ट्रपतिको स्वागतमा गार्ड अफ अनर ।

७.(कांग्रेसको दाबी)
रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बस्नेतको दावी / संविधानमै सभामुख र उपसभामुख पद मध्ये एक पद प्रमुख प्रतिपक्ष दलले पाउने उल्लेख गरिएको दावी ।

८.(गरिवीमुक्त राष्ट्रको लक्ष्य)
आगामी २४ वर्ष भित्र नेपाललाई गरिवीमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्य / मुलुकमा १८ दशमलव ७ प्रतिशत नागरिक गरिवीको रेखामुनि रहेको सरकारी तथ्यांक सार्वजनिक ।

९.(संरक्षणको दायित्व)
लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईको भनाई / सबै भाषा, संस्कृतिहरुको खोज, अनुसन्धान गर्न विभिन्न प्रतिष्ठानहरुको स्थापना गर्नु परेको स्मरण ।

१०.(देशभर ट्रमा सेन्टर)
सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी / स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट तथा जनशक्ति दुवैको अभाव रहेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको भनाई ।

११.(उद्योगको रिट खारेज)
ट्रंकलाइन सुविधा लिएर पनि प्राधिकरणले तोकेको महसुल नतिर्ने ४ वटा उद्योगको रिट उच्च अदालत दाङको बुटवल इजलासद्वारा खारेज / ४ उद्योगले जम्मा ५२ करोड रुपैयाँ तिर्नुपर्ने।

१२.(उत्तर कोरियालाई निर्देशन)
नेपालमा गरेको लगानी फिर्ता लैजान उत्तर कोरियाली लगानीकर्ता तथा कम्पनीलाई पुनः निर्देशन / लगानी फिर्ता लैजान १५ दिन मात्र बाँकी रहँदापनि अहिलेसम्म कुनै उद्योगधन्दा बन्द नगरेको विभागको भनाई ।

१३.(अदालतको आदेश)
तीन महिनाभित्र निर्णय गरी लाल आयोगको प्रतिवेदन उपलब्ध गराउन सरकारका नाममा सर्वोच्च अदालतको आदेश /मधेश आन्दोलनका चार जना पीडितद्वारा प्रतिवेदन उपलब्ध गराउन माग गर्दै रिट दायर ।

१४.(वुमेन च्याम्पियन्स लिग)
वुमेन च्याम्पियन्स लिगमा पोखरा पल्टनलाई ८२ रनले हराउँदै क्याट क्वीन्स र दास्रो खेलमा ललितपुर फाल्कोन्सलाई ४ विकेटले हराउँदै विराटनगर टाइटन्सको विजयी सुरुवात / पोखराले शुक्रबार र काठमाडौंले शनिबार विराटनगर टाइटन्ससँग खेल्ने ।

र,
१५.(एकअर्कालाई चेतावनी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीको पछिल्लो आक्रमणलाई लिएर टर्कीका राष्ट्रपति रिसेप तैय्प एर्दोगानलाई पठाएको कडा पत्र सार्वजनिक / मूर्ख नबन्न र धेरै ठूलो नबन एकअर्कालाई चेतावनी ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.