Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबरहरु

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१.(प्रधानमन्त्रीको स्वास्थ्य)
प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न/ शल्यक्रियापछि प्रधानमन्त्री सेन्टरको सिसियूमा/ प्रधानमन्त्री केहीदिन अस्पतालमै बस्ने ।

२.(समझदार संचालक)
सरकारको निर्देशन अनुसार शुल्क समायोजन गर्न निजी मेडिकल कलेजहरु तयार /सरकारले २०७३ सालमा शुल्क पुनरावलोकन समिति गठन गरी निर्धारण गरेको शुल्कलाई कार्यान्वयन नगर्दा समस्या आएको कलेज सञ्चालकको गुनासो  ।

३.(हेरांै के हुन्छ ?)
सरकारले संवैधानिक परिषदको निर्णय बहुमतबाट गर्ने गरी ल्याएको अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता /सरकारले लगेको अध्यादेश चित्त नबुझे राष्ट्रपतिले अध्ययन गर्ने भन्दै ’होल्ड’ गर्न सक्ने ।

४.(धर्नालाई निरन्तरता)
‘सार्वजनिक खरिद नियमावली–२०७६’ तत्काल सच्याउन सरकारलाई दवाव दिँदै नेपाल निर्माण व्यवसायी महासंघद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना /नियमावली निर्माण मैत्री हुने गरी नसच्याएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी ।

५.(राष्ट्रसेवक कर्मचारी)
मालपोत कार्यालय सिमराका नायब सुब्बा मदन प्रसाद गुप्ता सहित नौ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर/ पदीय दुरूपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा गुप्तामाथि पन्ध्र करोडको बिगो माग ।

६.(आरोप जित अर्कालाई)सरकारी उद्योगहरु धरासायी हुनुमा कर्मचारीहरु जिम्मेवार रहेको उद्योगमन्त्री लेखराज भट्टको भनाई /धरासायी अवस्थामा रहेका सरकारी उद्योगहरुलाई नाफामुखि बनाउन आफू लागि पर्ने प्रतिवद्धता ।

७.(परिणाममुखी बनोस्)
नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु÷ जलमार्ग र थप नयाँ बन्दरगाह प्रयोग बारे सन्धिमा समावेश हुने विषयलाई बैठकले अन्तिम रुप दिने/ बैठकमा पारवहन सन्धिका विविध विषयमा छलफल हुने ।

८.(काम नगरेपछि)
सरकारद्वारा फेरि ४ वटानिर्माण कम्पनी कालोसूचीमा परे/ निर्माण कम्पनी र आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरु कालो सूचीमा ।

९.(ऋण थपिदै)
विश्व बैंकले नेपाललाई १६ अर्ब रुपैयाँभन्दा धेरै सहायता रकमदिने / अर्थमन्त्री डाक्टर युवराज खतिवडा र विश्व बैंकका प्रतिनिधिबीच बुधबार अर्थ मन्त्रालयमा सम्झौतामा हस्ताक्षर हुने ।

१०.(स्थानीयको अविश्वास)
सरकारले स्थानीय तहमा बीउबिजनको दर्ता गर्ने कामलाई अनुमति दिन नसक्ने /नेपाली जनजिब्रोले मन पराएको बीउलाई संरक्षण गर्न सरकारले कृषक समूहको नाममा दर्ता हुने गरी नयाँ कानुन निर्माण गर्न लागेको उल्लेख ।

११.(सकारात्मक पहल)
राष्ट्रिय बाल अधिकार परिषद् पुनर्संरचना गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको भनाई / प्रधानमन्त्री केपी शर्मा ओलीको सडक बालबालिका नदेखिने, नभेटिने संकल्पलाई कार्यान्वयनमा ल्याउने तयारी ।

१२.(महिनावारीलाई बुझौं)
महिनावारीलाई पाप वा धर्मको रुपमा लिन नहुने खानेपानी मन्त्री बिना मगरको भनाई /सामाजिक कूरीतिको रुपमा रहेको महिनावारी बार्ने चलनमा परिवर्तन ल्याउनु पर्नेमा जोड ।

१३.(यस्ता पनि चिकित्सक)

ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितकुमार झा बलात्कार प्रयासको आरोपमा पक्राउ/ स्वास्थ्यजाँचका लागि गएकी एक युवतीमाथि बलात्कार प्रयास गरेको उजुरी परेपछि झा प्रहरीको नियन्त्रणमा ।

१४.(खेलाडीलाई पुरस्कार)
राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मानित/ टोलीले सागमा पनि स्वर्ण पदक जितेर नेपालको सान बढाउने खेलकुदमन्त्री जगत विश्वकर्माको विश्वास ।

र,
१५.(सैनिकको सहादत)
अफ्रिकी मुलुक मालीमा दुईओटा हेलिकोप्टर एकापसमा ठोक्किँदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु / जिहादी विरुद्धको कारबाहीका क्रममा हेलिकोप्टर दुर्घटना भएको फ्रान्सको राष्ट्रपति कार्यालयको भनाई ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.