Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबरहरु

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१.(कृष्णदासलाई चार दिन)
धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न सुनसरी अदालतको अनुमति / स्वास्थ्य अवस्थाका कारण गिरी पुनः विराट नर्सिङ अस्पतालमा भर्ना ।

२.(नेकपा नै बलियो)
शनिबार भएको उपचुनावकोे सम्पूर्ण नतिजा सार्वजनिक /नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी हुँदा समाजवादी ४, राजपा ३, जनमोर्चा र स्वतन्त्र १/१ स्थानमा विजयी/धरानमा काग्रेसले वाजी मार्याे ।

३.(प्रतिपक्षीको बोली )
शनिबार भएको उपनिर्वाचनमा प्रहरी प्रशासनले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आरोप /नेकपाले जित्ने ठाउँमा मतदाता त्रसित गराएको तर प्रहरीले प्रभावकारी सुरक्षा दिन नसकेको उल्लेख ।

४.(सुझाव सुनियोस्)
बिबादित बनेको नेपाल भारत सीमा बारे छलफल गर्न कुटनैतिक माध्यम प्रयोग गर्न परराष्ट्रविदहरुको सुझाव / वार्तालाई निष्कर्ष दिन मन्त्रिस्तरिय र प्रधानमन्त्री स्तरिय बार्ता पनि आवश्यक पर्नेभएपनि सचिव स्तरीय बार्ता सुरु गर्न आग्रह ।

५.(ब्यवस्थापन पनि सोचौं)
पर्याप्त जहाज नरहेको र भएको पनि चल्ने अवस्थामा नरेहेकाले उचित व्यवस्था गर्ने उडड्यन मन्त्री योगेश भटट्राईको भनाई /२ वटा एटीआर ७२, तीनवटा साना र प्रत्येक प्रदेश राजधानीमा एउटा जहाज थप्ने सरकारको योजना ।

६.(विमानस्थलको गुरुयोजना)
विराटनगर विमानस्थललाई क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल बनाउने गरी गुरुयोजना तयार / विस्तारका लागि ३३ अर्ब ३३ करोड लागत लाग्ने अनुमान /५ वर्षसम्ममा क्षेत्रिय विमानस्थल बनाईने उड्डयनमन्त्री भट्टराईको प्रतिवद्धता ।

७.(आरुघाटको आन्दोलन)
बुढीगण्डकी आयोजनाले तोकेको मुआब्जा रकम कम भएको भन्दै गोरखाको आरुघाटका बासिन्दाद्वारा बजार बन्द /जग्गाको अवस्था अनुसार २५ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण हुनुपर्ने माग ।

८.(पशुबलीमा कडाई)
बाराको गढीमाई मेलामा दिइने पशुबली प्रथालाई प्रदेश २ सरकारले निरुत्साहन गर्ने / धार्मिक तथा सांस्कृतिक मेला, पर्व र उत्सवलाई सात्विक ढंगले मनाउन सरोकारवाला एवं स्थानियवासीलाई आग्रह ।

९.(हृदयेशको वाचा)
कर्मचारीसमायोजनमा भएको त्रुटि सच्याउने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको भनाई /निजामति कर्मचारीको अवकाशको उमेर हद घटाउने बढाउने नगर्न आग्रह ।

१०.(कुखुरापालकका समस्या)
उत्पादन गरेको कुखुराले बजारमा राम्रो मूल्य नपाउँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको कुखुरापालक किसानहरुको भनाई /बजारका व्यापारी र दाना उद्योगीहरुको बदमासीका कारण चेपुवामा परेको गुनासो ।

११.(विमानस्थल बन्द)
चितवनको भरतपुर विमानस्थल १० दिनका लागि बन्द /धावनमार्गमा पिच गर्न र विमानस्थलमा जहाज पार्किङ क्षेत्र विस्तारको लागि सबै उडान बन्द गरिएको विमानस्थलको भनाई ।

१२.(सुपारी बरामद)
झापाको मेचीनगर नगरपालिका ६ तुर्केनीबाट ४ हजार ६ सय २० केजी अन्दाजी १३ लाख ८६ हजार रुपैयाँ बराबरको सुपारी बरामद / बरामद सुपारी आवश्यक कारवाहीको लागी मेचीभन्सार बुझाइएको प्रहरीको भनाई ।

१३.(सिस्टम बसाल्दै)
कृषि मन्त्रालयको वितरण अनुदानमा चरम अनियमितता भएपछि प्रदेश ५ सरकारद्दारा अनुदान एकीकृत मार्गदर्शन तयार /सरकारले अनुदानलाई पारदर्शी बनाउन अनुदानका लागि आवेदन दिने व्यक्तिहरुको नाम र फर्मको नाम समेत सार्वजनिक गर्ने ।

१४.(स्वर्णिम साग)
दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो दिन नै १२ औं सागको भन्दा धेरै स्वर्ण हात पार्न सफल /१३औँ सागमा अहिलेसम्म कराँते, तेक्वान्दो, ट्रायथलन लगायत खेलमा एक दर्जन भन्दा बढी स्वर्ण पदक जित्न सफल ।

र,
१५.(गुप्तचर मारिए)
अफगानिस्तानको काबुलमा हतियारधारीको आक्रमणबाट दुई गुप्तचर अधिकारी मारिए/ तीनजना घाइते /प्रहरीद्वारा सुरक्षा व्यवस्था कडा /घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.