Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबरहरु

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१.(शोकमा बागलुङ)
कूल पूजामा गएको जीप बागलुङको बडिगाडमा दुर्घटना हुदा १४ जनाको मृत्यु / मृतक सवैको सनाखत / दुर्घटनामा घाइते ३ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौं लगियो ।

२.(मूल्य बढ्यो)
पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि /नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १ सय ९ र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँमा कारोवार ।

३.(अनावश्यक वहस)
संसदीय समितिमा संघीय निजामति सेवा सम्बन्धी विधेयक १ वर्षदेखि छलफलमा / अनावश्यक बहसका कारण बैठक ठोस सहमति बिना स्थगित ।

४.(न्यायाधिस सिफारिस)
न्यायपरिषद्द्वारा सात जिल्ला अदालतमा नयाँ न्यायाधीश सिफारिस /पाँच जना न्यायाधीशको सरूवा /आज बसेको बैठकले खाली रहेको सर्वोच्च अदालतको न्यायाधीश भने सिफारिस गर्न सकेन ।

५.(खोई अनुगमन ?)
बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुहरुको गुणस्तरमा कमि आएको र मूल्यवृद्धि अत्याधिक भएको उपभोक्ता अधिकारकर्मीहरुको भनाई /अत्यावश्यक वस्तुहरुको गुणस्तर र मूल्यमा अनुगमन आवश्यक रहेको उल्लेख ।

६.(क्षमताको कदर गर)
फरक क्षमता भएका व्यक्तिहरुलाई संविधानले दिएको अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने उपराष्ट्रपति नन्दबहादुर पुनको भनाई /नेपालले सबैप्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न प्रयासहरु गरेको उल्लेख ।

७.(बेथिति हट्ला त ?)
अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको भनाई /डाक्टरले गर्ने १० देखि ५ बजेसम्मको ड्यिुटीको परिपाटी रहेकाले त्यसलाई हटाउन सुझाव ।

८.(स्थानीयलाई सुनिदेउ)
निर्धारित समय अगावै सुरुङ्ग निर्माण गरेर चर्चा कमाएको भेरीबबई डाइभर्सन आयोजना क्षेत्रका स्थानीय तहको मुआब्जा वितरणमा असहमति /आफ्ना मागलाई बेवास्ता गरे निर्माणमा अवरोध गर्ने चेतावनी ।

९.(टिपर आंतक)
मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट ४ बर्षिया नाबालिकाको घटनास्थलमै मृत्यु /टिपर र टिपर चालक मोरङको रतुवामाईका आशिष कठेत प्रहरी नियन्त्रणमा ।

१०.(धर्मको ब्याख्या)
अज्ञानता र अन्धविश्वासको कारण विकासोन्मुख देशहरुमा धर्मको नाउँमा नारीशोषण, भेदभाव, दमन तथा पितृसतात्मक व्यवहार हुने गरेको धार्मिक अगुवाहरुको भनाई /धर्मको गलत व्याख्याका कारण महिलामाथि विभेद हुने गरेको उल्लेख ।

११.(हजारांैको बली)
बाराको गढीमाई पञ्चवर्षिय मेलामा बलि दिन सुरु / मूल समारोह समितिका अनुसार भक्तजनले भाकल गरेकामध्ये करिव ११ हजार राँगा बलिका लागि समितिमा दर्ता ।

१२.(कामदारको माग)
गएको दुई महिनामा मलेसियाबाट ३१ हजार २०१ नेपाली कामदारको माग / मलेसियाको औद्यौगिक क्षेत्रबाट सबैभन्दा धेरै१७ हजार १ सय १६ जना कामदारका लागि दूतवासद्वारा मागपत्र प्रमाणीकरण ।

१३.(स्वर्णको वर्षा)
१३ औं (साग) अन्तर्गत तेक्वान्दोमा पुरुष ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका वीरबहादुर महराले स्वर्ण जितेसंगैनेपालको स्वर्ण संख्या २३ पुग्यो /यो सँगै नेपालको १३औं सागमा आएर स्वर्ण संख्या एक सय २ पुग्यो ।

१४.(क्रिकेटमा हार)
दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित / पुरुष फुटबल तर्फ नेपालद्वारा भुटानमाथि ४–० गोल अन्तरको शानदार जित दर्ता ।

र,
१५.(फिलिपिन्समा आँधी)
मध्य फिलिसिन्समा आएको कमुरी आँधीका कारण २ लाख भन्दाबढीको जनजीवन प्रभावित /हजारौं सर्वसाधारणलाई अन्यत्र स्थानान्तरण /विमानस्थललगायत सार्वजनिक यातायात, विद्यालय तथा सार्वजनिक र सरकारी संस्थानहरु बन्द ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.