Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबरहरु

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१.(प्रधानमन्त्री डिस्चार्ज)
प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर डिस्चार्ज /डिस्चार्ज हुनुअघि प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीवीच अस्पतालमा भेटवार्ता ।

२.(अन्यायमा विद्यार्थी !)
एमबिबिएसको परीक्षा बहिस्कार गरी बाहिर निस्किने क्रममा नौ जना विद्यार्थी गण्डकी मेडिकल कलेजबाट पक्राउ / प्रश्नपत्र च्यातेर बाहिर निस्किने क्रममा प्रहरीले धरपकड गरी विद्यार्थीलाई समातेको विद्यार्थीको भनाई ।

३.(पुष्पकमल अनसन बस्ने)
समयमै बाटो बनेन भने आफू साँच्चै अनशन बस्ने सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई /सामान्य बाटो पनि नबनेर वर्षौदेखि जनताले दुःख पाइरहने अवस्था रहेको उल्लेख ।

४.(धरहराको रफ्तार)
भूकम्पबाट क्षतिग्रस्त धरहराको पुननिर्माण तिव्रगतिमा अगाडी बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको भनाई / अहिलेसम्म ३२ प्रतिशत काम सम्पन्न /अब हरेक २ हप्तामा १ तला बनाउने ।

५.(न्यायमा भनसुन)
न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारी भइरहेको भन्दै नेपाल बारको गम्भीर असन्तुष्टि /न्यायपरिषद्का सदस्यलाई न्यायाधीश नियुक्ति गर्ने पद्धत्ति गलत भएको भन्दै सफारिस रोक्न माग ।

६.(मुख्यमन्त्रीको बुझाई)
राजनीतिज्ञहरुले जनतालाई राज्य निर्माणमा भएका कामहरु बताउन नसक्दा आलोचना बढ्दै गएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको भनाई /आर्थिक वृद्धि ५ प्रतिशत भन्दा कम हुने प्रक्षेपण हुन आलोचनात्मक सोच ।

७.(हतारको विधेयक)
नेपाल इन्जिनियरिङ परिषद् विधेयक २०७६ लाई पुनर्लेखन गर्न संसदको विधायन व्यवस्थापन समितिको सरकारलाई निर्देशन /सरकारले विश्वविद्यालय ऐनसँग बाझिने गरी विधेयक ल्याएको भन्दै आलोचना ।

८.(भिडियो प्रमाण)
प्रमाण ऐन २०३१ लाई परिमार्जन गर्दै अब भिडियो कन्फ्रेन्स मार्फतबाट प्रमाणहरु संकलन गर्न सकिने व्यवस्था / दशी प्रमाणहरु के हुन भन्ने विषयमा स्पष्ट गर्नुपर्ने भएकाले ऐन संशोधनको तयारी ।

९.(घोटालाको छिनोफानो)
तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुरबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दाका अभियुक्तमध्ये दुई जना जनही १२ लाख धरौटीमा रिहा /बैंकका सिइओ, सञ्चालक समितिका पदाधिकारी भने अझै फरार ।

१०.(सहज सुविधा)
पुलिस रिपोर्ट लिनका लागि अब घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य /घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्ने ।

११.(पुर्न्निर्माण कैदी!)
कारागारमा रहेका कैदीबन्दीहरुलाई पुर्न्निर्माणको अभियानमा सहभागि गराउँदा राष्ट्रका लागि राम्रो हुने सांसदहरुको सुझाव / अरु देशसँग तुलना गर्नुभन्दा आफै अरुका लागि रोल मोडल बन्नुपर्ने समिति सभापति शशी श्रेष्ठको धारणा ।

१२.(कमजोर समृद्धि)
पूराना परियोजनालाई व्यवस्थित बनाउन नसक्दा विकास र समृद्धिको अवस्था कमजोर देखिएको प्रदेश मन्त्रीहरुको भनाई / पर्यटन वर्ष मनाउँदै गर्दा त्यसलाई असर पार्नेगरी आएका प्रतिवेदनहरुमा कसैले चासो नदिएको उल्लेख ।

१३.(पौडीमा स्वर्ण)
१३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको महिला २ सय मिटर फ्री स्टाइल पौडीमा नेपालकी गौरिका सिंह स्वर्ण पदक जित्न सफल / नेपाल अहिलेसम्मकै सर्वाधिक ३६ स्वर्णसहित दोस्रो स्थानमा ।

१४.(सावित्राको कमाल)
सावित्रा भण्डारीको हृयाट्रिक सँगै नेपालद्वारा माल्दिभ्स ३–० गोल अन्तरले पराजित / अब नेपालले स्वर्णका लागि भारतसँग खेल्ने ।

र,

१५.(इन्धन सकिएपछि….)
अफ्रिकन आप्रवासीहरु बोकेको डुंगा एट्लान्टिक महासागरमा डुब्दा ५८ जनाको मृत्यु /रोजगारीका लागि अवैध बाटो हुँदै युरोप छिर्ने क्रममा १ सय ५० जना आप्रवासी बोकेको डुंगा इन्धन सकिएर दुर्घटना ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.