Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबरहरु

दिनभरका प्रमुख खबरहरु

१.माघीको शुभकामना
आज माघे संक्रान्ति पर्व / घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर मनाइयो /आज देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्ने प्रचलन ।

२.ठगीको धन्दा
सर्वसाधारणलाई बढी ब्याजदिने प्रलोभन देखाएर ठगी गर्दै आएको आरोपमा इटहरीका एक व्यक्ति काठमाडौंबाट पक्राउ / ५१ वर्षीय वीरेन्द्र विश्वकर्माले विभिन्न १० जनासँग ४५ लाखभन्दा बढी ठगी गरेको आरोप ।

३. मेडिकल माफिया !
गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याललाई बयानमा बोलाउने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तयारी / विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको रकम बैंक, आफन्तको नाममा, सेयर, जग्गा तथा व्यापारमा लगाएको फेला ।

४. पहरो हल्लियो
ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्दारा ४१ वटा मेनपावर कम्पनीमाथि अनुसन्धान सुरु / मेनपावर कम्पनीलाई सम्पूर्ण कागजात उपलब्ध गराउन आदेश / मेनपावर कम्पनी र सञ्चालक उच्च निगरानीमा ।

५. विकासका काला अनुहार

पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख राजकुमार गोइत, पूर्व सांसद विश्वनाथ यादव र तत्कालीन राजपा नेता हरि मण्डलविरूद्ध अख्तियारद्वारा अदालतमा मुद्दा दायर / सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमाजनही २५ लाख बिगो माग ।

६. योग गरौंं
आज राष्ट्रिय योग दिवस /योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाई / योग शिक्षाको माध्यमबाट बढ्दो आत्महत्याको रोक्न सकिने उल्लेख ।

७. उमाविलाई ऐनले छोएन
शिक्षा ऐन साविकको उमाविमा अध्यापनरत शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)को माग/ शिक्षक र शिक्षाको भविष्य एनेमाथि नै निर्भर रहेकाले शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ऐन ल्याउन आग्रह ।

८. ध्वजा वहाकलाई अवसर
नेपाल वायुसेवा निगम र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने गरी सझदारी / नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकियो ।

९.देशको सुन्नु कि ब्यवसायीको ?
राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेपछि व्यापार घटेको भन्दै व्यवसायीहरुद्वारा अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण /बैंक कर्जा तथा भन्सार दरमा केही सुधार गरी दुई चार दिनमै समाधान गर्ने अर्थमन्त्रीको आश्वासन ।

१०. कति लिनु ऋण ?
विश्व बैंकद्वारा ८६ हजार घरको पुनर्निर्माण गर्न करिब २२ अर्ब ६५ करोड रुपैयाँ ऋण सहायता स्वीकृत /भूकम्पबाट अति प्रभावित ३२ जिल्लाका भूकम्प पीडितको घर पुनर्निर्माणमा रकम खर्च हुने ।

११. शेयर बजारका कुरा
नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने या नदिने सम्बन्धमा थप अध्ययन गरेर मात्र निर्णय गर्ने /नेप्सेमा समय सापेक्ष सुधारगर्दे नेप्सेले पनि काम गर्नुपर्ने उल्लेख ।

१२. आराध्यदेवका लागि
पशुपति क्षेत्रको विकासकालागिनयाँकार्ययोजनाका साथ अघि बढ्ने पशुपति क्षेत्र विकास कोषको तयारी /भूकम्पबाट भत्किएका सम्पूर्ण संरचनाहरु यसै आर्थिक वर्षभित्र सम्पन्नगर्ने कोषको दाबी ।

१३. पासपोर्ट खराब कि हामी ?
संसारकै राम्रा पासपोर्टको सूचीमा १ सय ९१ देश जान सकिने जापानको पासपोर्ट पहिलो नम्बरमा /’द हेन्ले पासपोर्ट सूचांकको सूचीमा ४० भन्दाकम देश जानमिल्ने नेपालको पासपोर्ट सबभन्दा खराबको सूचीमा ।

१४. सन्दीपको डिमान्ड
एभरेस्ट प्रिमियर लिग(इपिएल)मा अघिल्लो सिजन ललितपुर प्याट्रियट्सबाट खेलेका स्टार स्पिनर सन्दीप लामिछाने यस पटक काठमाडांै किंग्स इलाभेनबाट खेल्ने/ इपिएल आउँदो चैत १ देखि काठमाडौंमा आयोजना हुने ।

र,
१५. ट्रम्पविरुद्ध महाअभियोग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोग सम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने /माथिल्लो सदनमा हुने महाभियोगको प्रस्तावमाथिको मतदानले उनी राष्ट्रपति रहने वा नरहने भन्ने निर्णय गर्ने ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.