Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबरहरु

दिनभरका प्रमुख खबरहरु

१.सुरक्षाको आह्वान
भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान /२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई सम्वोधन गर्दै जोखिम न्यूनीकरणको दिशामा सरकार अग्रसर रहेको उल्लेख ।

२.सुरक्षाको उपाय
विपदलाई सहि ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पूरा गर्न सकिने गृहमन्त्री रामबहादुर थापाको भनाई / सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउनु पर्नेमा जोड ।

३.अध्यक्षको मिल्ती
पाँच दिन लामो संवादहीनतापछि प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा साढे २ घण्टा भेटवार्ता/सभामुख चयन र एमसीसीको विषयमा छलफल

४.सेनाको एकीकरण अभियान
पृथ्वीनारायण शाहले एकीकरण अभियानका क्रममा रोजेको मार्गलाई सेनाले एकीकरण मार्ग बनाउनका लागि अभियान थालेको प्रधानसेनापति पूर्णचन्द्र थापाको जिकिर/एकीकरण मार्ग नेपालको इतिहास रहेको र यसका लागि सबै मिलेर काम गर्नुमा जोड ।

५.छात्रवृतिका प्रावधान
कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृति पाउने ऐन पारित/समावेशी छात्रवृतिका नाममा विकृतिहरु बढेकाले अनिवार्य गरिएको शिक्षा समिति सभापति जयपुरी घर्तीको भनाई ।

६.हस्तक्षेपको गन्ध
संसदको शिक्षा समितिबाट पारित विश्वविद्यालयका पदाधिकारी ५१ प्रतिशतले हटाउने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने सांसद गगन थापाको भनाई/२ तिहाइले मात्रै हटाउन सक्ने पारित गराउनुपर्ने माग ।

७.आक्रोशपूर्ण अभिब्यक्ति
नेत्रविक्रम चन्द विप्लव समूहको हिंसात्मक गतिविधि सहन नसकिने सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको स्पष्टोक्ति/झण्डा गाड्ने वा बम प्रहार गर्ने कुरामा सरकार सहनशील हुन नसक्ने भन्दै खेद प्रकट ।

८.धम्कीको खण्डन
राष्ट्रियताको पक्षमा बोल्दा प्रधानमन्त्रीको निवासबाट ज्यान मार्ने धम्की आएको भन्दै नेकपा सांसद भीम रावलले लगाएको आरोपको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाद्वारा खण्डन / धम्की आएको भए खुलस्त पार्न रावललाई चुनौती ।

९.निशानामा तुम्बाहाम्फे
संसदको गतिरोध हटाउन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको भनाई÷उपसभामुखले राजीनामा नदिँदा सम्म बहस गर्नुको कुनै अर्थ नरहेको जिकिर

१०.मसानघाटबाट शव उठ्यो

विराटनगरस्थित सिंघीया खोलाको घाटबाट जलाउन लागेको अवस्थाको एक महिलाको शव प्रहरीद्धारा नियन्त्रणमा/माईती पक्षले मृत्यु शंकास्पद रहेको भन्दै खबर गरेपछि प्रहरीद्धारा विराटनगर–८ बलुवाहीकी २८ बर्षिया प्रेमदेवी साहको शव नियन्त्रणमा ।

११. चलचित्र कुम्भ
विश्वका कथाहरुको कथ्य उत्सव नारासहित तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १ गतेदेखि काठमाडौमा शुरु हुने/ विभिन्न ५५ देशका उत्कृष्ठ ८० वटा चलचित्र महोत्वका लागि छनोट ।

१२. पूर्वमा पाइपलाइन
पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालद्धारा भारतसमक्ष प्रस्ताव/ भारतीय पक्ष सकारात्मक रहेको उद्योग मन्त्रालयको भनाई

१३.प्रसाईले फेल खाए
अभद्र व्यवहार गरेको उजुरीपछि बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय, भक्तपुरद्धारा प्रहरीलाई अनुमति / प्रसाईँको खोजी सुरु गरिएको प्रहरीको भनाई

१४. धोनीलाई नजरअन्दाज
भारतीय क्रिकेट बोर्डद्वारा सन् २०२० का लागि सिनियर टोलीको २७ खेलाडी सम्मिलित सूची सार्वजनिक/ कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मासँगै जस्प्रित बुमराह ए पल्स श्रेणीमा रहदा पूर्वकप्तान महेन्द्र सिंह धोनी अटाएनन् ।


१५.सम्वन्ध सुधारिदै
लामो समयदेखि जारी व्यापार युद्ध कम गर्ने सम्झौतामा अमेरिका र चीनबीच हस्ताक्षर/ अब चीनले अमेरिकी वस्तुको आयात बढाउने तथा अमेरिकाले अतिरिक्त शुल्क ५० प्रतिशतसम्म घटाउने ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.