Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१(यमपञ्चक सुरु)
कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु /तिथीको गडबढीका कारण यमदीपदान शुक्रबारदेखि शुरु भएपनि काग तिहार शनिबार परेको पञ्चाङ्ग निर्णायक समितिको भनाई ।

२(महराको प्रतिवेदन)
करणी गरेको निष्कर्षसहित प्रहरीले तत्कालीन सभामुख महराविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो /प्रतिवेदनका आधारमा सरकारी वकिलले थप अनुसन्धान गर्न निर्देशन दिन सक्ने ।

३(मुस्कानको मर्म)
एसिड आक्रमणमा परी अस्पतालमा उपचाररत १४ वर्षीया मुस्कान खातुन अन्सारीले लेखिन् प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्मिक चिठी / अपराधीलाई फाँसीको सजायँ हुनुपर्ने संकेत ।

४( कांग्रेसको राजनीति)
प्रहरी हिरासतमा रहेका सांसद मोहम्मद आफताब आलमको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै नेपाली कांग्रेसद्वारा रौतहटमा मौन जुलुस / जुलुसमा प्रदेश सांसद धनलाल थोकरदेखि राजपुर नगरपालिकाका मेयर शेख सकिलसम्म सहभागी ।

५(म्याद थपिए)
१४ जनाको हत्याको आरोपमा पक्राउ परेका मोहम्मद अफ्ताब आलममाथि अनुसन्धानका लागि रौतहट जिल्ला अदालतद्वारा आठ दिनको म्याद थप / घटना बारे अनुसन्धानका लागि तत्कालीन एन्सपेक्टरहरुलाई सोधपुछ गर्नभन्दै रौतहट बोलाइयो ।

६(हट्ला त इँट्टाभट्टा ?)
चन्द्रागिरी र कीर्तिपुर नगरपालिकाभित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै नगरपालिकाको कार्यालयमा स्थानीयद्वारा धर्ना / ज्ञापन पत्र बुझाउँदै इँट्टाभट्टा हटाउने निर्णय कार्यान्वयनमा ल्याउन ५ दिनको अल्टिमेटम ।

७(होइन आलोपालो)
प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलको दावी / दुई अध्यक्षबीच कुनै विवाद नभएको प्रस्टोक्ति ।

८(माओवादी प्रति बितृष्णा)
आफू ओरिजिनल माओवादी नभएको नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई / पार्टी एकता कमजोर बनाउन नेताहहरुलाई गुट उपगुटमा विभाजन गर्ने षडयन्त्र भइरहेको दाबी ।

९(ताते केसी)
कात्तिक १८ गतेबाट आन्दोलनमा बस्ने प्राध्यापक डा. गोविन्द केसीको घोषणा / नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका कारण आन्दोलनका कार्यक्रम केही दिन पर सारेको केसीको भनाई ।

१०(मेडिकलमा गुण्डागर्दी)
वीरगंजस्थित नेशनल मेडिकल कलेजका संचालक बसरुद्धिन अन्सारीलाई कार्वाही गर्न राष्ट्रिय चिकित्सा शिक्षा संघर्ष समितिको माग / बढि शुल्क फिर्ताका लागि आन्दोलन गरिरहेका विद्यार्थीहरुमाथि गुण्डालगाई कुटपीट गरेको आरोप ।

११(आचारसंहिता लागू)
आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता लागू / आचारसंहिता पालना नभए निर्वाचन ऐन अनुसार कडा कार्वाही गर्ने चेतावनी ।

१२(विद्युतमा आगलागी)
नवलपरासीको बर्दघाटमा रहेको १३२–११ केभी सबस्टेसनको कन्ट्रोल रुममा आगलागी / कन्ट्रोल प्यानल लगायत अन्य उपकरणहरु जलेर पूर्णरुपमा क्षतिग्रस्त / आगलागीको कारण बारे छानविन भइरहेको कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई ।

१३(राजीनामाको आधिकारिकता)
नेपाली राष्ट्रिय क्रिकेट टिमका निर्वतमान कप्तान पारस खड्कालाई लिखित रुपमा राजीनामाबारे प्रस्ट पार्न नेपाल क्रिकेट संघ क्यानको आग्रह / तिहार पर्वसुरु भइसकेकाले तिहारपछि जवाफ पाउने क्यानको अपेक्षा ।

१४(एन्फाको लापरवाही)
गलत तरिकाले क्लबहरुलाई लाइसेन्स वितरण गरेको भन्दै एन्फालाई एएफसीले लगायो १० हजार अमेरिकी डलरको जरिबाना / फेरि गल्ती दोर्होयाएमा दुई वर्षको प्रतिबन्धसहित ३५ हजार डलरभन्दा बढी जरिबाना गर्ने चेतावनी ।

र,
१५(सुरक्षा कमजोरी)
जापानमा आयोजित गरगहना व्यापार प्रदर्शनीकाक्रममा १८ लाख अमेरिकी डलरभन्दा बढीको हिरा चोरी / करिब ५० क्यारेटको चोरी भएको हीराको खोजतलास तीव्र / हीरा चोरिएपछि प्रदर्शनीस्थलमा खैलाबैला ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.