Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(चार अंकमा संक्रमण)
बिहीबार एकैदिन थप १ सय ५६ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो /संक्रमणका कारण ५ जनाको मृत्यु/१ सय ८७ संक्रमित उपचारपछि निको भए ।

२.(परीक्षण डाटा)
बिहीबारसम्म पीसीआरबाट ६० हजार ६ सय ९६ र आरडिटीबाट १ लाख २ हजार ३४ जनाको नमुना परीक्षण / देशभर ८ सय ५० जना संक्रमित आइसोलेसनमा /८६ हजार ५७ जना क्वारेन्टाइनमा ।

३.(सरकारले सुनोस्)
क्वारेन्टिन स्थल अव्यवस्थित भएको भन्दै रौतहटको गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालय क्वारेन्टिनमा बसेकाहरुद्वारा नाराबाजी .खानाको राम्रो प्रवन्ध नभएको भन्दै आफूहरु घर जान पाउनु पर्ने माग ।

४.(बुझ्नेले कुरा नबुझेपछि)
रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन बनाउन जाँदा स्थानीयको विरोधपछि झडप /सुरक्षाका लागि गएका प्रहरीहरूमाथि स्थानीयको ढुङ्गामुढा /स्थितिलाई नियन्त्रणमा लिन प्रहरीद्वारा १२ राउण्ड हवाइफायर

५.(स्वास्थ्यको बजेट)
आगामी आर्थिक वर्ष २०७७/७८ का लागि स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन /सबै स्थानीय तहमा ५ देखि १५ शय्याका २ सय अस्पताल बनाउन बजेट विनियोजन/स्वास्थ्य उपकरण खरिदमा ६ अर्बको बजेट

६.(१ अर्बको रोजगारी)
सरकारले आगामी आर्थिक वर्षमा २ लाख रोजगारी सिर्जना गर्न १ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन /इन्टर्न गरेकालाई रोजगारी दिए तीन महिनासम्म आधारभूत तलबको आधा अनुदान सरकारले दिने ।

७.(शिक्षामा नयाँ कार्यक्रम)
सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने /राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ६ अर्ब विनियोजन /भर्च्युअल कक्षा सञ्चालन, अनलाइन शिक्षा र रेडियो टेलिभिजन मार्फत कक्षा सञ्चालन गर्ने सरकारको तयारी ।

८.(कृषिको बजेट)
कृषि पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन /सामूहिक खेती गर्नेलाई मात्रै शीतभण्डारको लागि अनुदान दिइने / खेती गर्नु अगामै रासायनिक मल उपलब्ध गराउने उद्देश्यसहित अनुदानका लागि ११ अर्ब /उखु किसानलाई अनुदान दिन ९५ करोड बजेट ।

९.(कांग्रेसलाई पोल्यो)
नेकपाका नेता तथा कार्यकर्ताले कांग्रेसको कारण नेपालको नक्सा सच्याउने विषयमा तय भएको संविधान संशोधनको कार्यसूचि हटाइएको अभिब्यक्तिको कांग्रेसद्वारा खण्डन/ संविधान संशोधनका विषयमा संस्थागत धारणा बनाउन जेठ १७ गते कांग्रेसको बैठक बस्ने ।

१०.(प्रदेश २ को याचना)
प्रदेश २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतको माग /भारतमा रहेका नपाली नागरिकहरुको स्वदेश फिर्ताले प्रदेशमा संक्रमण बढने खतरा रहेको अवस्थामा हालको व्यवस्थापन अपुग देखिए भनाई ।

११.(मृतक भेटिए)
रुकुम पश्चिमको चौरजहारीमा भएको अन्तरजातीय प्रेम सम्बन्धको घटनामा भेरी नदीमा बेपत्ता थप एकको शव फेला /मृत्यु हुनेको संख्या पाँच पुग्यो /एक जना भने अझै बेपत्ता ।

१२.(गणतन्त्र दिवसको शुभकामना)
आज १३ औं गणतन्त्र दिवस/ विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण औपचारिक कार्यक्रमहरु भने भएन /दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतको शुभकामना/२ सय ३३ जना कैदी रिहा ।

१३.(जोगिएन बर्दीको इज्जत)
प्रहरीको बर्दीमै २१ वर्षीया यूवतीलाई बलात्कार गरेको अभियोग लागेका पूर्व डिएसपी राजकुमार खिउजु पूर्पक्षका लागि थुनामा /तत्काल प्राप्त प्रमाणका आधारमा खिउजुलाई थुनामा राख्न जिल्ला अदालत ललितपुरको आदेश ।

१४.(पाकिस्तानीको कर्तुत)
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता तीन पाकिस्तानी खेलाडीले डोपिङ गरेको खुलासा / दोस्रो चरणको परीक्षणमा पनि डोपिङ प्रमाणित भएमा पाकिस्तानले ६ वटा पदक गुमाउने ।

र,

१५.(कोरोनाको भयावह)
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ३ लाख ५७ हजार बढी संक्रमितको मृत्यु/ ५८ लाख ७ हजार बढी संक्रमित /२५ लाख १० हजार बढी निको भएर घर फर्किए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.