Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(दिनदिनै बढ्दै)
सोमबार नेपालमा एकैदिन २ सय  ३९ जना नयाँ कोरोना संक्रमित थपिए /नेपालमा कुल संक्रमितको संख्या १८ सय ११ पुग्यो /२ सय २१ जना उपचारपछि निको भएर घर फर्किए ।

२.(बढ्दै जाओस परीक्षण)
अहिलेसम्म पीसीआरबाट ७१ हजार ९ सय ३ र आरडिटीबाट १ लाख १३ हजार ७ सय ५७ जनाको नमुना परीक्षण/देशभरी १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा/ १ हजार ५ सय ६९जना संक्रमित आइसोलेशनमा ।

३.(परीक्षणको आदेश)
प्रत्यक्ष र अग्रपंक्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टाइनमा राखिएकाहरूलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश / क्वारेन्टाइनमा राखिएका सबैको अविलम्ब पीसीआरबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्नुपर्ने।

४.(दुर्घटनाको दुःख)
भारतबाट घर फर्किने क्रममा राप्ती सोनारीमा भएको सडक दुर्घटनामा परी १२ जनाको मृत्यु /२१ जना घाइतेहरुको उपचार हुँदै /मृतकहरुको कोरोना जाँचका लागि स्वाब संकलन ।

५.(सहयोगी तिब्बत)
चीनको स्वशासित क्षेत्र तिब्बतद्वारा प्रदेश १ सरकारलाई करिब ८ करोडको स्वास्थ्य सामग्री सहयोग / सहयोग सामाग्री कोरोनाको महामारी रोकथाम, उपचार र परीक्षणमा प्रभावकारी रुपमा उपयोग गरिने मुख्यमन्त्री शेरधन राईको भनाई ।

६.(आप्mनाको सरोकार)
रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन /गृहमन्त्रीको राजीनामा समेत माग/दोषीलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने नेपाल दलित संघको चेतावनी ।

७.(वहसमा रुकुम)
रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेस सांसदको माग/दलितका हकअधिकार र कानुन बनायौं भनेर गर्व गरिरहँदा रूकुम घटनाले अनुहारमा कालो पोतिएको उल्लेख ।

८.(सांसदका सरोकार)
सीमा विवाद समाधान र रुकुम घटना लगायतका विषयमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण /अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कुनै पनि हालतमा साँट्न नसकिने भन्दै नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी देखाएको सांसद गंगा चौधरीको भनाई ।

९.(एमसीसीको अड्को)
अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट निर्णय नहुँदासम्म यथावत रहने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /बजेट लोकप्रिय हुँदै जाने डरले विरोध गर्नुभन्दा तथ्यमा कुरा गर्न आग्रह ।

१०.(सुरक्षा बजेट)
सीमा क्षेत्रमा बोर्डर आउट पोष्टको क्षमता विस्तार र नेपाली सेना मार्फत हुने आयोजनाहरुका लागि बजेट गएको अर्थमन्त्री युवराज खतिवडाको प्रस्टोक्ति/ कोरोना महामारी नियन्त्रणका लागि कुनै पनि स्वास्थ्य सामग्री अभाव हुन नदिने ।

११.(मिनेन्द्रका कडा कुरा)
एमसीसी सम्झौता संसदबाट अनुमोदन नभए प्रशारण लाइन निर्माणका लागि बजेट व्यवस्थापन गर्ने बाटो देखाउन नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालको माग /स्रोत व्यवस्थापनको टुंगो नलगाई संसदको अपमान हुनेगरी विनियोजन विधेयकमाथि छलफल नगर्न आग्रह ।

१२.(संशोधनको सनक)
राजपा नेपाल र समाजवादीद्वारा संयुक्त रुपमा संघीय संसद सचिवालयमा नेपालको संविधान (दोश्रो संशोधन) विधेयक दर्ता/ नागरिकता, भाषा, जनसंख्याका आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व र प्रदेशको सीमांकन परिवर्तन गर्न आयोग गठनको माग ।

१३.(राजपरिवारको सम्झना)
दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पूरा /१९ वर्षको समयमा धेरै सरकार फेरिएपनि जनता अझै हत्याकाण्डको वास्तविक रहस्यको पर्खाइमा/ जारी लकडाउनका कारण पूर्वराजाको सम्झनामा कुनै औपचारिक कार्यक्रम भएनन् ।

१४.(सत्यको खोजी)
जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चिकित्सकमाथि भएको कुटपिट र सिसिटिभी फुटेज डिलिटसम्बन्धी छानबिन गर्न तीन सदस्यीय समिति गठन /चिकित्सकहरूद्वारा कारबाहीको माग गर्दै इमर्जेन्सी, फिभर क्लिनिक र आइसोलेसनबाहेक सबै सेवा बन्द ।

र,

१५.(कोरोना दिएको क्षति)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ३ लाख ७४ हजार बढीको मृत्यु/ ६२ लाख ८६ हजार बढी संक्रमित / २८ लाख ५८ हजार बढी निको भए /संक्रमणका बीच भारतमा लकडाउन खुकुलो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.