×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दिनभरका प्रमुख खबर

२८ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(संक्रमण दिनँहु बढ्दै)
नेपालमा २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुग्यो /पछिल्लो २४ घण्टामा ९० जनासहित ६ सय ७४ जना निको भएर घर फर्किए ।

२.(जुधिरहेको कोरोना)
बुधबारसम्म पीसीआरबाट १ लाख १० हजार ७ सय ४४ र आरडिटीबाट १ लाख ७२ हजार ८ सय ८० जनाको परीक्षण /देशभर १ लाख ७२ हजार २ सय ६६ क्वारेन्टाइनमा /३ हजार ६ सय ७५ जना आइसोलेसनमा ।

३.(मृत्यु जितेपछि)
कालिकोटमा ३९ जना सवार टिपर कर्णाली नदीमा खसेर दुर्घटनामा बेपत्ता भनिएकामध्ये २७ जना सम्पर्कमा/ दुई जनाको शव फेला /३ जना अझै बेपत्ता /अन्यको सकुसल उद्दार ।

४.(सडकमा ब्यवसायी)
व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै न्युरोडका साना व्यवसायीहरु प्रदर्शनमा उत्रिए/सरकारले साना तथा ठूला व्यवसायीबीच भेदभाव गरेको आरोप ।

५.(न बुझेको कुरा बुझियो)
महामारीका बेला सरकारले भष्टाचार गर्यो भन्ने आशंका गर्नुपर्ने स्थिति अहिलेनरहेको प्रधानमन्त्री ओलीको प्रतिक्रिया /सरकारले प्रभावकारी काम गरिरहेको र कोरोना सरकारका कारण नभई विश्वव्यापी रुपमा आएको उल्लेख ।

६.(गिरी कहाँबाट परिचालित ?)
निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सांसद सरिता गिरीलाई प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीको निर्देशन /प्रस्ताव फिर्ता नलिए गिरीलाई कारबाही गर्ने समाजवादी पार्टीको चेतावनी ।

७.(पारित भयो बजेट)
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयक २०७७ (बजेट) प्रतिनिधिसभाबाट पारित /विनियोजन विधेयक माथि राखेका खर्चकटौतीका प्रस्तावहरु भने बहुमतले अस्वीकृत ।

८.( वहसमा रोगप्रतिरोधात्मक)
संसदमा प्रधानमन्त्री र गगन थापाबी प्रश्न उत्तरको जुहारी । नेपालीहरुको रोग प्रतिरोदात्मक क्षमता बढी रहेको भनेर कसले भनेको भन्दै गगन थापाको प्रधानमन्त्रीलाई प्रश्न /नेपालको स्वच्छ हावा पानी र खानपानले गर्दा नेपालीको प्रतिरोधात्मक क्षमता बढी रहेको प्रधानमन्त्रीको जवाफ ।

९.(प्रशन्न प्रधानमन्त्री)
सरकारले ल्याएको संविधान संशोधनमा देखिएको एकता र संसदबाहिर देखिएको एकताप्रति प्रधानमन्त्री केपीशर्मा ओलीद्वारा आभार प्रकट /राष्ट्रियताको सवालमा कसैलाई देवकत्वकरण नगर्ने उल्लेख ।

१०.(कड्किए खतिवडा)
बजेट निर्माणका क्रममा करका विषयहरु चुहावट भएको भए छानविन गर्न सकिने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /करको चुहावट गरी विद्युतिय गाडी छुटाइएको भन्दै अर्थमन्त्रालको चरित्रसँग जोडेर भ्रामक कुरा नगर्न आग्रह ।

११.(बोलेको पुगोस्)
नेपाल हेपिन तयार नभएको र नहेपिने प्रष्ट हुन प्रधानमन्त्री केपी ओलीको आग्रह/नेपालमाथि धम्की नदिन पनि भारतलाई सचेत /लिम्पियाधुरा, कालापानीमात्र नभएर अन्य विवादित भूमि पनि फिर्ता ल्याउने दाबी ।

१२.(सरिताविरुद्ध रोष)
सांसद सरिता गिरीलाई कारबाही गर्न सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा संघ नेपालको माग/गिरीले राष्ट्रियहित र सीमानाको सुरक्षा विपरित अभिव्यक्ति दिएकोमा आपत्ति ।

१३. ( रुकुममा बोले पिएम)
रुकुम घटनालाई सरकारले गम्भिरताका साथ लिएको प्रधानमन्त्री केपीशर्मा ओलीको भनाई /घटनाका विषयमा सरकारले गठन गरेको छानविन समितिले गम्भिरताका साथ छानविन गरिरहेको र तथ्य अनुसार दोषीमाथि कारवाही हुने विश्वास व्यक्त ।

१४.(आममाफीको उडान)
कुवेतमा आममाफीमा सहभागी नेपालीलाई लिएर बुधबार काठमाण्डौ आउने भनिएका दुईवटै उडान बिहीबार मात्रै हुने /आममाफीमा सहभागी भएका ३ सय जना नेपाली महिलालाई कुवेत सरकारले जहाजमार्फत पठाउँदै ।

र,

१५.(आजको कोरोना)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ४ लाख १४ हजार बढीको मृत्यु /७३ लाख ४४ हजार बढी संक्रमित/३६ लाख २१ हजार बढी निको भएर घर फर्किए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top