×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दिनभरका प्रमुख खबर

३२ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(सय चारको बढोत्तरी)
गुल्मीको घुर्कोटका ३६ वर्षिय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो /५ हजार ७ सय ६० जना संक्रमित /९ सय ७४ जना निको भए ।

२.(देशभरको आंकडा)
अहिलेसम्म देशभरी पीसीआरबाट १ लाख ३३ हजार ३ सय ७७ र आरडिटीबाट २ लाख १० हजार ७ सय २१ जनाको नमुना परीक्षण/४ हजार ७ सय ६७ जना आइसोलेसनमा/१ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टाइनमा ।

३.(बाटो खोल्दै सरकार)
सरकारले अब निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने / जाँच गर्दा लाग्ने खर्च सरकारले नै व्यहोर्ने /निरोगिताको प्रमाणपत्रका लागि कोरोना परीक्षण काठमाडौंको वीर, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा हुने ।

४.(सरकारी निर्णयको अवज्ञा)
सरकारको निर्णय विपरित व्यवसायीहरुले काठमाडौंमा रहेका सपिङ मलहरु असार १ गतेदेखि खोल्ने /लकडाउन लम्बिदै जाँदा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई कर समेत तिर्न नसक्ने अवस्था आएको उल्लेख ।

५.(पहिरोको पीडा)
शनिबारराति कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ८ पुग्यो /एक जना अझै वेपत्ता /सबैजना सुतेका कारण यति ठूलो मानविय क्षति भएको स्थानीयको भनाई ।

६.(विद्यार्थीको विषय)
विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशूल्क इन्टरनेटको व्यवस्था गर्न नेपाल विद्यार्थी संघको सरकारसँग माग /पुस्तक आयातमा लगाइको कर खारेज गर्न तथा विद्यार्थीका लागि पुस्तकको होम डेलिभरी गर्न सुझाव ।

७.(रुकुमलाई समय थप)
रुकुम घटनाको विरोधमा आइतबार पनि देशका विभिन्न ठाँउमा प्रदर्शन /घटनाको छानविनका लागि गठित समितिको म्याद एक साता थप /अनुशन्धान सकिएपनि थपिएको समयमा प्रतिवेदन लेखिने ।

८.(जो चोर उसकै ठूलो स्वर)
लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले बनाएको नेपालको नयाँ नक्सा संसदबाट पारित गरेर नेपालले वार्ताको वातावरण बिगारेको भारतको आरोप /वार्ताको वातावरण बनाउने जिम्मेवारी नेपालकै रहेको भनाई ।

९.(राष्ट्रिय सभाको वहस)
नेपाली भूमि फिर्ता लिनका लागि बलियो राष्ट्रिय एकताको आवश्यकता रहेको राष्ट्रियसभा सदस्यहरुको भनाई/ भारतीय सेनालाई हटाउने, भूमि फिर्ता गराउने र त्यहाँको बाटो नेपालको स्वीकृतिबिना चल्न नदिने बनाउनुपर्नेमा जोड ।

१०.(ऋणको कारण)
५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ राष्ट्रऋण उठाउने गरी सरकारले ल्याएको ‘राष्ट्रऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित/कुल गार्हस्थ उत्पादनको ३० प्रतिशत राजश्व नउठुन्जेलसम्म ऋणमा भरपर्नुपर्ने अर्थमन्त्री युवराज खतिवडाको भनाई ।

११.(धपेडी बढेपछि……)
एमसीसीबारे छलफल गर्न आइतबार बोलाइएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित /प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै धपेडी भएकाले बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको भनाई ।

१२.(श्रव्यदृश्य शिक्षा)
देशभरका ६० लाख विद्यार्थीले अब वैकल्पिक विधिबाट पढ्ने/शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यक्रममा आधारित भएर उत्पादन गरेको श्रव्यदृश्य असार १ गतेबाट पढाउने /बिहान १० बजेदेखि ४ घन्टा पढाइ हुने ।

१३.(पीडा थप बढ्दै)
साउदी अरवबाट आगामी जुन १५ का दिन हुने भनिएको उडान मिति तथा नयाँ हवाई भाडादरका बारेमा अर्को सुचना नआउन्जेलसम्मका लागि स्थगित/टिकट काट्ने बिषयमा विवाद हुदा मालदिभ्सबाट हुने उडान पनि स्थगित ।

१४.(निशुल्क किन नगर्ने ?)
साउदीबाट कोरोनाका कारण समस्यामा परेका नेपालीहरुको उद्दारको लागि नेपाल सरकारले तोकेको हवाई भाडादर प्रति साउदीमा क्रियाशील संस्थाहरुको गम्भीर ध्यानाकर्षण /नेपाली सरकारले दोश्रो पटक तोकेको भाडादर पनि महँगो भएको उल्लेख ।

र,
१५.(कोरानाले बेहाल)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ४ लाख ३२ हजार बढीको मृत्यु /४० लाख ५६ हजार बढी उपचारपछि निको भए / संक्रमितको संख्या ७८ लाख ९५ हजार भन्दा बढी ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top