Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(नरोकिने भयो)
नेपालमा थप एक जनाको मृत्यु भएसंगै मृतकको संख्या २३ पुग्यो /आइतबार थप ४ सय २१ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमित ९ हजार २६ पुगे /पछिल्लो २४ घण्टामा १ सय ९४ डिस्चार्ज भएसंगै हालसम्म १ हजार ७ सय ७२ उपचारपछि निको भए ।

२.(कतै घट्दै कतै बढ्दै)
आइतबारसम्म पीसीआरबाट १ लाख ७५ हजार १ सय ७३ र आरडिटीबाट २ लाख ६२ हजार १ सय ७४ जनाको नमुना परीक्षण /देशभर ९४ हजार ९ सय २८ जना क्वारेन्टाईनमा / ७ हजार २ सय ३१ जना आइसोलेसनमा ।

३.(कोरोना नबनोस् )
सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट १४ दिनपछि आरडीटी गरेर घर फर्किएका ३५ वर्षीय एक जनाको मृत्यु /झाडापखाला लागेपछि उपचारकै क्रममा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट आएपछि दाहसंस्कार गरिने ।

४.(किन उडाएको मजाक ?)
शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह /बेसार, अदुवा, मेथी जस्ता मसला औषधि भएको कुरा पूर्वज ऋषिमुनि र आयुर्वेदबाट प्रमाणित भएको जिकिर ।

५.(सुर्यग्रहणको समय)
आज विहान १० बजेर ५० मिनेटबाट सुरु भएको खण्डग्रास सूर्यग्रहण अपरान्ह २ बजेर २३ मिनेटमा समाप्त /विश्वका विभिन्न मुलुकबाट वलय सूर्यग्रहण देखियो भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखियो ।

६.(७ वर्षपछि नागरिकता)
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव राज्य ब्यवस्था समितिबाट बहुमतले पारित / प्रस्तावप्रति कांग्रेस लगायत प्रतिपक्ष दलको असहमति ।

७.(७ वर्षे विवाद)
वैवाहिक अंगीकृत नागरिकता लिन सात वर्ष कुर्नुपर्ने प्रावधान राखे परिवारभित्रै राष्ट्रियताको विभाजन हुने राजेन्द्र महतोको भनाई /सात वर्षको प्रावधान संविधानको मर्मविपरीत हुने तर्क/ वीरगञ्जमा पनि भयो विरोध ।

८.(नक्साका बाँकी काम)
अद्यावधिक नक्सा अनुसार संविधान जारी भएपछि अब चीनसँगको सीमाकङ्न टुंगो लगाउनुपर्ने सीमाविद बुद्धिनारायण श्रेष्ठको भनाई /नेपालको अद्यावधिक नक्सा संयुक्त राष्ट्र संघमा बुझाउन ढिला नगर्न सुझाव ।

९.(मोरङ प्रहरीको कुशलता)
पाँच महिनाअघि सिंघिया खोलामा मृत भेटिएका विराटनगरका लेखापरीक्षक प्रबल घिमिरेको डुबेर मृत्यु भएको प्रहरीको निष्कर्ष /लकडाउन अघिको ४ महिनामा साढे ४ सय फरार अभियुक्त पक्राउ गरेर मोरङ प्रहरी बन्यो देशभरकै उत्कृष्ट ।

१०.(सावधानी अपनाऔं)
केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय / केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह ।

११.(पूर्वतयारी सुरु)
कोरोना भाइरस रोगको महामारीसँंगै बाढी, पहिरो र डुबानलगायत अन्य विपद् नियन्त्रण गर्न गृह मन्त्रालयद्वारा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा/आवश्यक पूर्वतयारी, सचेतना, उद्धार तथा राहत वितरण र सुरक्षा व्यवस्थापनमा जोड ।

१२.(काम नगरी माम ?)
कोरोना भाइरसको महामारीको कारण विद्यालय बन्द भएपनि शुल्क बुझाउन अभिभावकलाई निजी विद्यालयहरुको दबाब/तलब, भाडा, बैंकको ब्याज, करलगायतका कारण समस्यामा परेकोले चैतयता एक महिनाको वाहेक शुल्क बुझाउन आग्रह ।

१३.(घर फिर्तीको लहर)
साउदीबाट २ सय ४७ जना नेपाली काठमाडौ आइपुगे /आजै यूएईबाट एक उडानमार्फत १ सय ५१ र कतारबाट १ सय ४९ जना आइपुगे/ आजै युएईबाट थप दुई उडानमार्फत र बहराइन, मलेसिया र बंगलादेशबाट पनि केही नेपाली फर्कदैं ।

१४.(छुई नसक्नुको सुन)
नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९० हजार नाघ्यो / आइतबार सुनको मूल्य प्रतितोला ९० हजार ६ सय र चाँदी प्रतितोला ९ सय४० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई ।

र,

१५.(भयवित विश्व)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ४ लाख ६७ हजार बढीको मृत्यु /८९ लाख ३९ हजार बढी संक्रमित /४७ लाख ५३ हजार बढी निको भएर घर फर्किए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.