×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(फैलिदैं महामारी)
दैलेखका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएसंगै नेपालमा मृतकको संख्या २४ पुग्यो /५ सय ३८ नयाँ संक्रमित थपिएसंगै संक्रमित पुगे १० हजार ९९ /हालसम्म २ हजार २ सय २४ जना निको भए ।

२.(पछिल्लो तथ्याङ)
मंगलबारसम्म पीसीआरबाट १ लाख ८६ हजार ३ सय ६६ र आरडिटीबाट २ लाख ७१ हजार ५ सय ८४ वटा नमुना परीक्षण /देशभर ८५ हजार ८ सय १३ जना क्वारेन्टाईनमा /७ हजार ८ सय ५१ जना आईसोलेसनमा ।

३.( विरोध कि राजनीति ?)
एमसीसी सम्झौता खारेज गर्न माग गर्दै मंगलबार पनि विरोध प्रदर्शन /बालबालिकालाई समेत प्रदर्शनमा सहभागी गराईयो /एमसीसी देशकालागि राष्ट्रघाती र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै विरोध /रुकुम घटनामा संलग्नलाई सजायको माग गर्दै काठमाडौंमा सिठी जुलश ।

४.(संसदमा नागरिकता)
झण्डै २ बर्ष पछि संसदीय समितिद्वारा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश /विधेयकमा रहेका अधिकांश विषयमा सर्वसम्मति जुटेको र सहमति जुट्न नसकेका विषयलाई बहुमतका आधारमा पारित ।

५.(विधेयकको विरोध)
संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको राजपा नेपालका सांसदहरुद्वारा विरोध /मधेश विरोधी निर्णय सरकारले गरेको उल्लेख गर्दै विधेयक नसाच्याए सदन र सडकबाट आन्दोलन सुरु हुने चेतावनी ।

६.(दुईथरी कुरा)
संघीय निजामति सेवा विधेयकमाथि कुनै विवाद भए पार्टीमा छलफल गर्न सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको सांसदहरुलाई सुझाव/यही अधिवेशनबाट पारित गर्नेमा दुईमत नभएको तर आजै निर्णय नगर्न आग्रह ।

७.(विडारीको गर्जन)
धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार नभएको रामनारायण विडारीको भनाई /जनतालाई भ्रममा पार्ने गरी झुठा र वेइमानी कुरा नगर्न कांग्रेसलाई आग्रह/भारतीय नागरिकका लागि मात्रै ऐन नबनाएको प्रस्टोक्ति ।

८.(हाँच्छ्युको ह्याङ)
हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै नेपाली कांग्रेसका सांसद प्रकाश पन्थको प्रधानमन्त्रीलाई प्रश्न /स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले पनि संघ प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो आइरहेको उल्लेख ।

९.(माननीयका सुझाव)
कोरोना परीक्षण बढाउन, क्वारेन्टीन व्यवस्थित पार्न तथा दैनिकीलाई सामान्य बनाउन विशेष प्याकेजको व्यवस्था गर्न सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण/स्वास्थ्य सामाग्री खरिदमा प्रधानमन्त्री र रक्षामन्त्रीले कानुन हातमा लिएको आरोप ।

१०.(मिनेन्द्रको चासो)
चिनियाँ कम्युनिष्ट नेताले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालको गम्भीर आपत्ति /प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको गाडी खरिद प्रक्रियाका सम्बन्धमा गृहमन्त्रीको जवाफ माग ।

११.(कोरोनाविरुद्धको खर्च)
प्रदेश–१ सरकारद्वारा कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च विवरण सार्वजनिक/ हालसम्म करिब २० करोड खर्च/ प्रदेश जनसुरक्षा कोषमा करिब १० करोड रकम मौज्दात रहेको आन्तरिक मामिला मन्त्रीको भनाई ।

१२.(शुल्क नलिनुस्)
विद्यालय बन्द रहेको बेलाको शुल्क नलिन बोर्डिङ सञ्चालकहरूलाई शिक्षा मन्त्रालयको आग्रह /निजी लगानीका विद्यालयहरूले भोग्नु परेका समस्याबारे छलफल गर्न तयार रहेको बताउँदै अहिले विद्यालय खोल्ने कुनै निर्णय नभएको प्रस्टोक्ति ।

१३.(पहिरोको पीडा)
तानसेन–रिडी सडक खण्डमा सोमबार खसेको पहिरोले चार सवारी साधन बगाउँदा हराएकामध्य थप एक जनाको शव भेटिएछि मृत्यु हुनेको संख्या चार पुग्यो /सडकखण्ड सुचारु भएपनि उद्धार कार्य जारी ।

१४.(भुलाउने मेसो)
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गत जेठ ३१ मा गएको पहिरोका पीडितलाई गृहमन्त्रालयले थप राहत र पुनःस्थापना गर्ने/विस्थापित १३ घरपरिवारलाई अस्थायी घर निर्माण गर्नका लागि प्रतिघरपरिवार ५० हजारका दरले रकम उपलब्ध गराउने ।

र,

१५.(विश्वको दुःख)
विश्वव्यापी कोभिड १९ महामारीका कारण हालसम्म ४ लाख ७४ हजार बढीको मृत्यु /९२ लाख १० हजार बढी संक्रमित /४९ लाख ५७ हजार बढी निको भएर घर फर्किए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top