Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(फैलिदैं महामारी)
दैलेखका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएसंगै नेपालमा मृतकको संख्या २४ पुग्यो /५ सय ३८ नयाँ संक्रमित थपिएसंगै संक्रमित पुगे १० हजार ९९ /हालसम्म २ हजार २ सय २४ जना निको भए ।

२.(पछिल्लो तथ्याङ)
मंगलबारसम्म पीसीआरबाट १ लाख ८६ हजार ३ सय ६६ र आरडिटीबाट २ लाख ७१ हजार ५ सय ८४ वटा नमुना परीक्षण /देशभर ८५ हजार ८ सय १३ जना क्वारेन्टाईनमा /७ हजार ८ सय ५१ जना आईसोलेसनमा ।

३.( विरोध कि राजनीति ?)
एमसीसी सम्झौता खारेज गर्न माग गर्दै मंगलबार पनि विरोध प्रदर्शन /बालबालिकालाई समेत प्रदर्शनमा सहभागी गराईयो /एमसीसी देशकालागि राष्ट्रघाती र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै विरोध /रुकुम घटनामा संलग्नलाई सजायको माग गर्दै काठमाडौंमा सिठी जुलश ।

४.(संसदमा नागरिकता)
झण्डै २ बर्ष पछि संसदीय समितिद्वारा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश /विधेयकमा रहेका अधिकांश विषयमा सर्वसम्मति जुटेको र सहमति जुट्न नसकेका विषयलाई बहुमतका आधारमा पारित ।

५.(विधेयकको विरोध)
संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको राजपा नेपालका सांसदहरुद्वारा विरोध /मधेश विरोधी निर्णय सरकारले गरेको उल्लेख गर्दै विधेयक नसाच्याए सदन र सडकबाट आन्दोलन सुरु हुने चेतावनी ।

६.(दुईथरी कुरा)
संघीय निजामति सेवा विधेयकमाथि कुनै विवाद भए पार्टीमा छलफल गर्न सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको सांसदहरुलाई सुझाव/यही अधिवेशनबाट पारित गर्नेमा दुईमत नभएको तर आजै निर्णय नगर्न आग्रह ।

७.(विडारीको गर्जन)
धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार नभएको रामनारायण विडारीको भनाई /जनतालाई भ्रममा पार्ने गरी झुठा र वेइमानी कुरा नगर्न कांग्रेसलाई आग्रह/भारतीय नागरिकका लागि मात्रै ऐन नबनाएको प्रस्टोक्ति ।

८.(हाँच्छ्युको ह्याङ)
हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै नेपाली कांग्रेसका सांसद प्रकाश पन्थको प्रधानमन्त्रीलाई प्रश्न /स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले पनि संघ प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो आइरहेको उल्लेख ।

९.(माननीयका सुझाव)
कोरोना परीक्षण बढाउन, क्वारेन्टीन व्यवस्थित पार्न तथा दैनिकीलाई सामान्य बनाउन विशेष प्याकेजको व्यवस्था गर्न सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण/स्वास्थ्य सामाग्री खरिदमा प्रधानमन्त्री र रक्षामन्त्रीले कानुन हातमा लिएको आरोप ।

१०.(मिनेन्द्रको चासो)
चिनियाँ कम्युनिष्ट नेताले सत्तारुढ दललाई प्रशिक्षण दिएकोमा नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालको गम्भीर आपत्ति /प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको गाडी खरिद प्रक्रियाका सम्बन्धमा गृहमन्त्रीको जवाफ माग ।

११.(कोरोनाविरुद्धको खर्च)
प्रदेश–१ सरकारद्वारा कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च विवरण सार्वजनिक/ हालसम्म करिब २० करोड खर्च/ प्रदेश जनसुरक्षा कोषमा करिब १० करोड रकम मौज्दात रहेको आन्तरिक मामिला मन्त्रीको भनाई ।

१२.(शुल्क नलिनुस्)
विद्यालय बन्द रहेको बेलाको शुल्क नलिन बोर्डिङ सञ्चालकहरूलाई शिक्षा मन्त्रालयको आग्रह /निजी लगानीका विद्यालयहरूले भोग्नु परेका समस्याबारे छलफल गर्न तयार रहेको बताउँदै अहिले विद्यालय खोल्ने कुनै निर्णय नभएको प्रस्टोक्ति ।

१३.(पहिरोको पीडा)
तानसेन–रिडी सडक खण्डमा सोमबार खसेको पहिरोले चार सवारी साधन बगाउँदा हराएकामध्य थप एक जनाको शव भेटिएछि मृत्यु हुनेको संख्या चार पुग्यो /सडकखण्ड सुचारु भएपनि उद्धार कार्य जारी ।

१४.(भुलाउने मेसो)
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गत जेठ ३१ मा गएको पहिरोका पीडितलाई गृहमन्त्रालयले थप राहत र पुनःस्थापना गर्ने/विस्थापित १३ घरपरिवारलाई अस्थायी घर निर्माण गर्नका लागि प्रतिघरपरिवार ५० हजारका दरले रकम उपलब्ध गराउने ।

र,

१५.(विश्वको दुःख)
विश्वव्यापी कोभिड १९ महामारीका कारण हालसम्म ४ लाख ७४ हजार बढीको मृत्यु /९२ लाख १० हजार बढी संक्रमित /४९ लाख ५७ हजार बढी निको भएर घर फर्किए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.