×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दिनभरका प्रमुख खबर

१६ असार २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(थोरै छ आज)
नेपालमा मंगलबार कोरोना भाइरसका ३ सय १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुग्यो /कोरोना संक्रमण मुक्त भएर ३ हजार १ सय ९४ जना डिस्चार्ज ।

२.(नियन्त्रणका लागि)
पीसीआर विधिबाट अहिलेसम्म २ लाख २८ हजार ३ सय ४१ र आरडिटी विधिबाट २ लाख ९७ हजार ८ सय ७१ जनाको नमुना परीक्षण /देशभर ५३ हजार ७० जना क्वारेन्टिनमा /१० हजार ३ सय ४१ जना आइसोलेसनमा ।

३.(उत्साहप्रद नतिजा)
प्रदेश १ मा ११ जना संक्रमित थपिएसंगै संक्रमित ५ सय ७८ पुगे/४ सयजना संक्रमणमुक्त/प्रदेशस्तरमा कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम र उपचारले डिस्चार्ज हुनेहरुको संख्या बढिरहेको सामाजिक विकासमन्त्री जीवन घिमिरेको भनाई ।

४.(तारोमा प्रधानमन्त्री)
सरकारले काम गर्न नसकेर पार्टीलाई गम्भीर धक्का लागेको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय माधव नेपाल र झलनाथ खनालद्वारा प्रधानमन्त्रीको राजीनामा माग /राजीनामा दिल्लीले नभई आफूले मागेको पार्टी अध्यक्ष दाहालको भनाई ।

५.(भोकको आन्दोलन)
लकडाउनका कारण ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलित /रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग ।

६.(नागरिकताको राजनीति)
नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टीको प्रदर्शन / विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विदेशी ज्वाईलाई नागरिकता नदिने प्रावधान विभेदकारी रहेको भन्दै खारेज गर्नुपर्ने माग /विद्येयकविरुद्ध देशका अन्य स्थानहरुमा पनि प्रदर्शन ।

७.(नासुको मन दुख्यो)
संसदीय समितिले निजामति सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलित/ शाखा अधिकृतको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३०प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था र १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतःगर्नुपर्ने माग ।

८.(हृदयेशको गणित)
कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले असाधारण भूमिका निर्वाह गरेको संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको भनाई / १० अर्ब रकम रकम स्थानीय तह, प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयबाट खर्च भएको उल्लेख ।

९.(एसइईको नतिजा)
कोरोनाले रोकिएको शैक्षिक सत्र २०७६ को एसइईका विद्यार्थीको नम्बर असार ३० गतेभित्र पठाइसक्न राष्ट्रिय परीक्षा बोर्डको निर्देशन/परीक्षा नहुने भएपछि परीक्षा व्यवस्थापनका लागि पठाएको रकम फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन ।

१०.(कांग्रेसको चासो)
क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा व्यापक बनाउन नेपाली कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण/क्वारेन्टिन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको केन्द्रले स्थानीय तहलाई आवश्यक रकम नदिएको उल्लेख ।

११.(आयो सहयोग)
अहिले सम्म संक्रमण देखिएका मध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको भनाई /नेपाल रेडक्रस र कोकाकोला फाउण्डेसनद्वारा दुई चरणमा गरी १ करोड ५७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग ।

१२.(कोभिडको लेखा)
महालेखापरीक्षकको कार्यालयले कोभिड—१९ मा भएको खर्च, आम्दानी र कारोबारको अलग्गै लेखा परीक्षण गर्ने/आर्थिक वर्ष सकिएपछि खर्च र भएको आम्दानी कोरोबार समेतको विशेष लेखा परीक्षण गरिने /कर्मचारीलाई फिल्डमै खटाउन नसक्ने उल्लेख ।

१३.(हरियो बजार)
सोमबार करिब १३ अंकले घटेको सेयर बजार मंगलबार ७२ अंकले बढ्यो / कारोबार सुरु भएको दोस्रो घण्टामा ६ प्रतिशतले बढेको नेप्सेमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।

१४.(फेरी भाइरस)
चीनमा महामारीको रुप लिन सक्ने नयाँ भाइरसको वैज्ञानिकहरुद्वारा पहिचान/सुँगुरमा देखा परेको नयाँ फ्लु भाइरसले आफ्नो स्वरुप बदल्न सक्ने, मानिसविच सहजै सर्न सक्ने भएपछि चिन्तित ।

र,

१५.(आजको तथ्याङ्क)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर एक करोड साढे ४ लाख बढी संक्रमित/५ लाख ८ हजार बढीको मृत्यु / ५६ लाख ९१ ह्जार बढी निको भएर घर फर्किए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top