Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(थोरै छ आज)
नेपालमा मंगलबार कोरोना भाइरसका ३ सय १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुग्यो /कोरोना संक्रमण मुक्त भएर ३ हजार १ सय ९४ जना डिस्चार्ज ।

२.(नियन्त्रणका लागि)
पीसीआर विधिबाट अहिलेसम्म २ लाख २८ हजार ३ सय ४१ र आरडिटी विधिबाट २ लाख ९७ हजार ८ सय ७१ जनाको नमुना परीक्षण /देशभर ५३ हजार ७० जना क्वारेन्टिनमा /१० हजार ३ सय ४१ जना आइसोलेसनमा ।

३.(उत्साहप्रद नतिजा)
प्रदेश १ मा ११ जना संक्रमित थपिएसंगै संक्रमित ५ सय ७८ पुगे/४ सयजना संक्रमणमुक्त/प्रदेशस्तरमा कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम र उपचारले डिस्चार्ज हुनेहरुको संख्या बढिरहेको सामाजिक विकासमन्त्री जीवन घिमिरेको भनाई ।

४.(तारोमा प्रधानमन्त्री)
सरकारले काम गर्न नसकेर पार्टीलाई गम्भीर धक्का लागेको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय माधव नेपाल र झलनाथ खनालद्वारा प्रधानमन्त्रीको राजीनामा माग /राजीनामा दिल्लीले नभई आफूले मागेको पार्टी अध्यक्ष दाहालको भनाई ।

५.(भोकको आन्दोलन)
लकडाउनका कारण ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलित /रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग ।

६.(नागरिकताको राजनीति)
नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टीको प्रदर्शन / विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विदेशी ज्वाईलाई नागरिकता नदिने प्रावधान विभेदकारी रहेको भन्दै खारेज गर्नुपर्ने माग /विद्येयकविरुद्ध देशका अन्य स्थानहरुमा पनि प्रदर्शन ।

७.(नासुको मन दुख्यो)
संसदीय समितिले निजामति सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलित/ शाखा अधिकृतको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३०प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था र १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतःगर्नुपर्ने माग ।

८.(हृदयेशको गणित)
कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले असाधारण भूमिका निर्वाह गरेको संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको भनाई / १० अर्ब रकम रकम स्थानीय तह, प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयबाट खर्च भएको उल्लेख ।

९.(एसइईको नतिजा)
कोरोनाले रोकिएको शैक्षिक सत्र २०७६ को एसइईका विद्यार्थीको नम्बर असार ३० गतेभित्र पठाइसक्न राष्ट्रिय परीक्षा बोर्डको निर्देशन/परीक्षा नहुने भएपछि परीक्षा व्यवस्थापनका लागि पठाएको रकम फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन ।

१०.(कांग्रेसको चासो)
क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा व्यापक बनाउन नेपाली कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण/क्वारेन्टिन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको केन्द्रले स्थानीय तहलाई आवश्यक रकम नदिएको उल्लेख ।

११.(आयो सहयोग)
अहिले सम्म संक्रमण देखिएका मध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको भनाई /नेपाल रेडक्रस र कोकाकोला फाउण्डेसनद्वारा दुई चरणमा गरी १ करोड ५७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग ।

१२.(कोभिडको लेखा)
महालेखापरीक्षकको कार्यालयले कोभिड—१९ मा भएको खर्च, आम्दानी र कारोबारको अलग्गै लेखा परीक्षण गर्ने/आर्थिक वर्ष सकिएपछि खर्च र भएको आम्दानी कोरोबार समेतको विशेष लेखा परीक्षण गरिने /कर्मचारीलाई फिल्डमै खटाउन नसक्ने उल्लेख ।

१३.(हरियो बजार)
सोमबार करिब १३ अंकले घटेको सेयर बजार मंगलबार ७२ अंकले बढ्यो / कारोबार सुरु भएको दोस्रो घण्टामा ६ प्रतिशतले बढेको नेप्सेमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।

१४.(फेरी भाइरस)
चीनमा महामारीको रुप लिन सक्ने नयाँ भाइरसको वैज्ञानिकहरुद्वारा पहिचान/सुँगुरमा देखा परेको नयाँ फ्लु भाइरसले आफ्नो स्वरुप बदल्न सक्ने, मानिसविच सहजै सर्न सक्ने भएपछि चिन्तित ।

र,

१५.(आजको तथ्याङ्क)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर एक करोड साढे ४ लाख बढी संक्रमित/५ लाख ८ हजार बढीको मृत्यु / ५६ लाख ९१ ह्जार बढी निको भएर घर फर्किए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.