Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(कोरोनाको पीडा)
नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएसंगै मृतकको संख्या ३१ पुग्यो /पछिल्लो २४ घण्टामा ४ सय ७३ जनामा संक्रमण पुष्टि भएसंगै हालसम्म १४ हजार ५ सय १९ जना संक्रमित /५ हजार ३ सय २० जना निको भए ।

२.(बढे प्रयोगशाला)
हालसम्म पीसीआरबाट कुल २ लाख ३७ हजार ७ सय ६४ वटा नमुना परीक्षण /अब देशका २५ वटा प्रयोगशालाबाट परीक्षण हुने /देशभर ३८ हजार १ सय ९ जना क्वारेन्टाइनमा /१० हजार १ सय ३७ जना संक्रमितहरु आइसोलेसना ।

३.(ओलीका पक्षधर)
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइदैन भन्दै माइतीघर मण्डलामा युवाहरुको प्रदर्शन /विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै अर्कोलाई प्रधानमन्त्री बनाउदैमा देशका समस्या समाधान नहुने तर्क ।

४.(न्याय माग्दा लाठी)
आइसोलेसनमा ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा भएको प्रदर्शनमा प्रहरीद्वारा बल प्रयोग /प्रदर्शनमा अश्रु ग्यास प्रहार तथा हवाई फायर /लाठी चार्जबाट दुई दर्जन बढी घाइते ।

५.(अकस्मातको निर्णय)
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य /राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रअनुसार संसद् सचिवालयले सूचना टाँस गरेपछि अधिवेशन अन्त्य भएको मानिने ।

६.(सरकारका निर्णय)
जापानले दिने ३० करोड ८० लाख बराबरको अनुदान सहायता सरकारद्वारा स्वीकार/मोरङ नौबीसे र कुशाहा विराटनगर प्रशारण लाइनका लागि जमिन उपलब्ध गराउने /विदामा नेपाल आएकाहरुलाई स्वास्थ्य प्रोटोकल पालना गरी जान दिने निर्णय ।

७.(नेकपा बादल मडारियो)
पार्टी एकतामा गम्भीर संकट पैदा भएको सत्तारुढ नेकपा स्थायी कमिटी बैठकको निष्कर्ष/ओलीले सहमति विपरीत संसद् अधिवेशन अन्त्य गरेको बारे बैठकमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई ।

८.(माननीयको मत)
यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनुपर्ने देखि लिएर स्वास्थ्यकर्मीमाथि कुटपिट भएको विषयमा राष्ट्रियसभा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण /नीजि र सार्वजनिक यातायात क्षेत्रका लागि छुट्टै नीति र स्वास्थ्यकर्मीहरुको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने माग ।

९.(अन्त्य गरौं हिंसा)
महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमि आउन नसकेको राष्ट्रियसभा सदस्य जितेन्द्र देवको गुनासो /२ वर्षको अन्तरमा भएका यौनजन्य घटनामा ३५ प्रतिशत दलित महिला र बालिका रहेको तथ्यांक प्रस्तुत ।

१०.(भावुक माननीय)
निर्वाचनमा बहुधनीय प्रणाली हावी हुदै गएकाले राजनीतिक दलहरुको आयस्रोतको विषयमा जनतालाई जानकारी हुनुपर्ने राष्ट्रियसभा सदस्य परशुराम मेघी गुरुङको भनाई/ घुस लेनदेनले धनी र गरिबबीचको खाडल बढ्दै जादा आफूलाई रुन मन लागेको उल्लेख ।

११.(कर्मचारीको चिन्ता)
संविधानको मर्म अनुरुप नै संघीय निजामती सेवाको विधेयक आउने सभामुख अग्निप्रसाद सापकोटाको भनाई /राष्ट्रिय स्तरका ट्रेड युनियनहरु नै नरहने गरी संसदीय समितिबाट पारित विधेयक रोक्न कर्मचारी युनियनका पदाधिकारीहरुको माग ।

१२.(खुल्यो विदेशको ढोका)
अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुन श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउने/ नयाँ कामदारले भने विदेश जान नपाउने /काठमाडौंमा आजबाटै र उपत्यका बाहिर आइतबारदेखि सेवा दिन थालिने ।

१३.(छुट छैन ट्याक्सीलाई)
सरकारले सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा रोक लगाउँदा पनि सञ्चालनमा आएका सवारीसाधन प्रहरीको कारबाहीमा /चेकजाँचलाई कडाई गर्दे प्रहरीद्वारा सञ्चालनमा आएका ट्याक्सीलाई दिनभर सडकमै होल्ड ।

१४.(ऋणात्मक ब्रेकर)
दुई दिन बढेको शेयर बिहीबार ६ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेर बन्द/आज १ सय ४२ कम्पनीको ४७ करोड रुपैयाँ बराबरको १ लाख ६१ हजार ८ सय ९० कित्ता शेयर खरिद विक्री ।

र,

१५.(विश्वमा हेर्दा कोरोना)
विश्वव्यापी महामारी कोभिड १९ का कारण अहिलेसम्म ५ लाख १९ हजार बढीको मृत्यु /१ करोड ८ लाख बढी संक्रमित /६० लाख ५३ हजार बढी संक्रमित उपचार पछि निको भए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.