×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दिनभरका प्रमुख खबर

२८ श्रावण २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(एकै पटक आठ)
नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु /हालसम्म मृत्यु हुनेको संख्या ९१ पुग्यो /आज बुधबार ४ सय ८४ थपिएसंगै संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुग्यो /१६ हजार ७ सय २८ जना डिस्चार्ज ।

२.(आजको परीक्षण)
बुधबारसम्म पीसीआर विधिबाट ४ लाख ७३ हजार १ सय ७९ जनाको कोरोना परीक्षण /देशभर १४ हजार ८ सय ४६ जना क्वारेन्टिनमा /७ हजार ६ सय १३ जना आइसोलेसनमा ।

३.(प्रदेशको कोरोना)
मोरंगका एक संक्रमित पुरुषको मृत्यु भएसंगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ९ पुग्यो /विराटनगरमा १२ सहित प्रदेश १ मा ४८ संक्रमित थपिए /संक्रमितको संख्या १६ सय ११ पुग्यो /१ हजार १८ जना डिस्चार्ज ।

४.(विरोधको बेला हो ?)
नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले विरोध जनाउनका लागि भन्दै दिए ’सांकेतिक राजीनामा’/कर्मचारीहरुलाई सुरक्षाको उचित व्यवस्था मिलाउन र अन्य आवश्यक विषयमा दबाब दिन विरोध ।

५.(कुरा मात्रै कि ?)
युवा जनशक्तिलाई देश विकासको लागि समूचित ढंगले प्रयोग गर्न नसकेको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्वीकार/तीन करोड जनसंख्या भएको मुलुकमा २६ लाख युवा रोजगारीका लागि बाहिर जानु राम्रो नभएको उल्लेख ।

६.(देउवा कामचलाउ)
पार्टी सभापति शेरबहादुर देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको टिप्पणी /चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति कामचलाउ मात्रै भएको दाबी ।

७.(समस्या नीति र चिन्तनमा)
छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको गृहमन्त्री रामबहादुर थापाको भनाई /सीमा विवाद समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने उल्लेख ।

८.(उडानले अलमल)
सरकारले आन्तरिक तथा बाहृय व्यवसायिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्ब्याएपछि व्यवसायीहरु पुनः निराश /टिकट काटिसकेका यात्रु अलमलमा/१६ भदौमा हवाई सेवा संचालनको वातावरण नबनाए आन्दोलन गर्ने चेतावनी ।

९.(स्ट्रीप नक्साको अध्ययन)
नेपाल भारत संयुक्त सीमा टोली अन्तर्गत नेपाली टोलीले तयार पारेको स्ट्रीप नक्साको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन संसदीय समितिको सरकारलाई निर्देशन / दुई देशबीच क्लोज सेसनमा बस्ने बेलामा कुनै कसुर बाँकी नराख्ने तयारी पार्न आग्रह ।

१०.(रथयात्रालाई औपचारिकता)
हरेक वर्ष भगवान राधाकृष्णको रथारोहण हुँदै आएकोमा यसवर्ष भने विधि पूरा गरी औपचारिकतामा मात्रैरथारोहण गरियो/विराटनगरमा भगवान राधाकृष्णलाई गाडीमा हालेर नगर परिक्रमा ।

११.(हतार कि भवितब्य ?)
भारतबाट आएका यात्रु बोकेर गौरीफन्टा नाकाबाट अनुमति लिई अछाम आइरहेको बस डोटीको पूर्वचौकीमा दुर्घटना /३ जनाको मृत्यु /३२ जना घाइते /१० जनाको अवस्था गम्भीर ।

१२.(लोभ ले लाप लाभले…..)
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिवन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन खेलाडीको पदक खोसियो /तीन पाकिस्तानी खेलाडीलाई चार वर्ष प्रतिबन्ध ।

१३.(कोरोनाको कहर)
कतार विश्वकप र एसियन कप छनोट अन्तर्गत बाँकी खेलहरु २०२१ सम्मका लागि पुनः स्थगित / दशरथ रंगशालामा हुने भनिएको खेल कोरोनाको महामारीको परिस्थिति हेरेर मात्र तय गरिने ।

१४.(के चाहान्छ डब्ल्युएचओ ?)
रुसमा निर्मित कोरोना भ्याक्सिन तत्काल प्रयोगमा नल्याउन डब्ल्युएचओको आग्रह /भ्याक्सिन बनाउने सबैले प्रकृया पालना गर्नुपर्ने र भ्याक्सिन सुरक्षित रहेकोबारे डब्ल्युएचओबाट सिफारिस लिनुपर्ने उल्लेख ।

र,

१५.( विश्वमा कोरोना)
कोरोना भाइरसबाट विश्वभर २ करोड ५ लाख ५३ हजार बढि संक्रमित/ ७ लाख ४६ हजार बढिको मृत्यु /१ करोड ३४ लाख ६५ हजारभन्दा बढि निको भए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top