Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(बढ्दैछ संक्रमण)
पछिल्लो २४ घण्टामा मात्र ९ सय ७२ जना डिस्चार्ज /आजै थप ५ गरी हालसम्म नेपालमा ३ सय २२ संक्रमितको मृत्यु /१ हजार ४ सय ५४ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेहरुको संख्या ५१ हजार ९ सय १९ पुग्यो ।

२.(परीक्षण र संक्रमित)
शुक्रबारसम्म पीसीआर विधिबाट ८ लाख २१ हजार १ सय ८६ जनाको कोरोना परीक्षण /आज कुल संक्रमितमध्ये १४ हजार ९ सय २५ जना आइसोलेसनमा /देशभर ६ हजार ७८ जना क्वारेन्टिनमा ।

३.(कम छैन जोखिम)
विराटनगरमा ३२ गरी मोरंगमा ४७, सुनसरीमा ४५ सहित प्रदेश १ मा १ सय २१ कोरोना संक्रमित थपिए /प्रदेश १ मा मृत्यु हुनेको संख्या ४४ र संक्रमित हुनेको संख्या ४६ सय १९ पुग्यो/२ हजार १९ जना डिस्चार्ज ।

४.(एमसीसी पारित गर्ने)
एमसीसी सम्झौता परिमार्जनसहित पारित गर्ने सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठकको निर्णय / वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको एमसीसी अध्ययन कार्यदलले दिएको सुझावअनुसार परिमार्जन गरी अनुमोदन गरिने ।

५.(सकियो त सकस ?)
केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकबाट पास /आगामी चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय ।

६.(किन सुनेन् सरकारले ?)
सरकारी कर्मचारी सरहको सेवा सुविधाको माग गर्दे आन्दोलित निजामती अस्पतालका स्वास्थ्यकर्मीहरुको माग अझै समबोधन भएन/सरकारद्धारा सञ्चालित अस्पताल भएपनि अधिकांश कर्मचारी करारमा रहेको र सेवा सुविधा पनि न्यून रहेको भन्दै दैनिक विरोध प्रदर्शन हुदै ।

७.(अनुगमनको लक्ष्य)
कोरोना नियन्त्रणका लागि भए गरेका कामको अनुगमन गर्न संसदीय समिति गठन गर्न काठमाडौंका सांसदहरुको सभामुख समक्ष माग /सबै दलहरुको सहमतिमा संसदीय समिति निर्माण गर्ने प्रकृया अगाडी बढाउने सभामुखको प्रतिवद्धता ।

८.(न्याय नमिलेपछि)
हिरासतमा मृत्यु भएका विजय महराको शव परिवारले बुझ्न नमान्दा दुई सातादेखि शव काठमाडौंमै /अपराध स्वीकार्न प्रहरीले यातना दिएकाले छोराको मृत्यु भएको भन्दै दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने आफन्तको अडान ।

९.(स्थानीयलाई जिम्मेवारी)
स्थानीय तहलाई दिएको माध्यमिक शिक्षासम्मको अधिकारमा हस्तक्षेप गर्दै आएको शिक्षा मन्त्रालयले १२ कक्षा सञ्चालनको जिम्मा अन्ततः पालिकाहरूलाई सुिम्पयो /मन्त्रालय केही गर्न नसकेपछि कक्षा सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिएको शिक्षाविज्ञको आरोप ।

१०.(प्रविधिसँगै भर्चुअल)
वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि विद्यालय र विद्यार्थीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने शिक्षा मन्त्रालयको तयारी /एकीकृत शिक्षा पोर्टल र शैक्षिक टेलिभिजन च्यानल स्थापना तथा विद्युतीय शिक्षण सामग्री विकासका लागि आवश्यक बजेटसमेत व्यवस्थापन गर्ने ।

११.(केही गर्छ त मन्त्रीले ?)
असोज १ गतेबाट गाडी चलाउने वातावरण बनाइदिन यातायात मजदुर र व्यवसायीहरुको यातायात मन्त्री बसन्तकुमार नेम्वाङलाई आग्रह /हाल कायम गरिएको १६ सिट भन्दा कम क्षमताको गाडी चलाउन नपाउने प्रावधान पुनःविचार गर्न अनुरोध ।

१२.(रफ्तारमा विमानस्थल)
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण अन्तिम चरणमा /अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी / विदेशी प्राविधिक र जनशक्तिको अभावले उपकरण जडानमा भने समस्या ।

१३.(सकारात्मक सूचक)
पछिल्लो दश वर्षमा नेपालमा कृषि क्षेत्रमा युवाको आकर्षण र मझौला व्यवसायमा भएको वृद्धिका कारण ४० लाख रोजगारी सिर्जना भएको विश्व बैंकको तथ्यांक /व्यवसाय सञ्चालनको वातावरण बढ्दै गएकाले साना तथा मझौला र नवप्रवर्तनका व्यवसाय बढ्ने उल्लेख ।

१४.(अन्ततः सहमति)
भारत र चीनबीच लद्दाखको सीमा क्षेत्रमा भएको सीमा विवादका कारण सिर्जित तनाव कम गर्न पाँच बुँदे सहमति /विवाद समाधान र तनाव कम गर्न सैन्यस्तरमा दुवै देशले वार्ता जारी राख्ने ।

र,

१५. (निको हुनेको लर्काे)
विश्वभरमा उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या हालसम्म २ करोड ३ लाख नाघ्यो /संक्रमित हुनेको संख्या २ करोड ८३ लाख बढी पुग्दा ९ लाख १४ हजार बढीको मृत्यु ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.