Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(कोरोनाको ग्राफ)
आज थप ११ गरी हालसम्म कोरोनाबाट नेपालमा ३ सय ७१ जनाको मृत्यु /आजै १ हजार ४ सय ५९ संक्रमित थपिँदा १ हजार ६२ जना डिस्चार्ज / संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुग्दा ४० हजार ६ सय ३८ जना डिस्चार्ज ।

२.(परीक्षणमा कन्जुस्याईं)
मंगलबारसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७ सय ८० जनाको कोरोना परीक्षण /देशभर १५ हजार ७ सय ७९ जना आइसोलेसनमा रहँदा ७ हजार २ सय ५० क्वारेन्टिनमा /अब लक्षणबिहीन संक्रमितहरुको पीसीआर परीक्षण नहुने ।

३.(विहीबारदेखि सबै सुरु)
लामो दुरीको यातायात, आन्तरिक उडान र होटलपनि असोज १ गतेदेखि नै सञ्चालन गर्न दिने सरकारको निर्णय /साविकको भाडादरमा ५० प्रतिशत बढाएर गाडी भाडा लिन सकिने /संक्रमण बढेको अवस्थामा स्थानीय प्रशासनले निर्णय लिन सक्ने ।

४.(मन्त्री पछि सल्लाहकार)
पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त /मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी मन्त्रिपरिषद् बैठकद्वारा खतिवडालाई सल्लाहकारमा नियुक्त ।

५.(यातायातको तयारी)
असोज १ गतेबाट सञ्चालन हुने सार्वजनिक यातायातका विषयमाप्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यातायात व्यवसायीहरुबीच छलफल /स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरुको विवरण तयार गर्न आग्रह ।

६.(घट्यो बीमाङ्क रकम)
बीमा समितिले बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि भए बीमाङ्कको २५ प्रतिशत राहत रकम र बाँकी अस्पतालको बिल अनुसार दिने गरी कोरोना बीमा मापदण्ड संशोधन /भदौ २८ गते सम्मका बीमितमा पुरानै व्यवस्था लागू हुने ।

७.(सुनिदेऊ न सरकार)
कोभिडका कारण केरुङ नाकामा रोकिएका एक हजार भन्दा बढी कन्टेनरलाई नेपाल ल्याउन पहल गरिदिन व्यवसायीले सरकार गुहारे /बैंकको ब्याजदर, घरभाडा र मासिक भ्याट तथा राजश्व तिर्न सक्ने क्षमता समेत नभएकाले समय थप गर्न अनुरोध ।

८.(कुलमानको कदर ?)
नेपाल विद्युत प्राधिकरणमा चार वर्ष नेतृत्व पूरा गरेका कार्यकारी निर्देशक कुलमान घिसिङको प्राधिकरणले गर्यो विदाई/सबैको सामूहिक प्रयासबाट मात्रै लोडसेडिङ हटाउन र प्राधिकरणलाई नाफामा लैजान सफल भएको कुलमानको दाबी ।

९.(अतिक्रमित भूमि पुस्तकमा)
भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत सीमा क्षेत्रका बारेमा विद्यालय तहमा नै पठनपाठन हुने पुस्तक सार्वजनिक /कक्षा ९ देखिका विद्यार्थीलाई सीमा सम्बन्धी जानकारी दिन स्वअध्ययन पुस्तिका तयार ।

१०.(विद्यार्थी राजनीति)
त्रिवि उपकुलपतिसहित पदाधिकारीको राजीनामा माग्दै उपकुलपति कार्यालय अगाडि नेपाल विद्यार्थी संघको प्रदर्शन /त्रिविलाई नेकपाको ब्यारेक, भर्ति केन्द्र बनाएको र विद्यार्थीमाथि झुटा मुद्दा लगाएको आरोप ।

११.(राजदूतको सन्देश)
नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेद र संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता /नेपालसँग सहकार्य गर्न पाएकोमा पाकिस्तानी राजदूतद्वारा खुसी व्यक्त ।

१२.(अग्रसरता चाँहियो)
चीनले माग्यो नेपाललाई महामारीमा सघाउन आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूची /चिनियाँ राष्ट्रपति सी चिनफिङको गत वर्ष भएको नेपाल भ्रमणका दौरान भएका सहमति सम्झौताहरू कार्यान्वयनका लागि अग्रसर हुनुपर्ने चिनियाँ धारणा ।

१३.(कालोबजारी नहोस्)
भारतमा एक महिनाभित्रमै प्याजको भाउ तीन गुणासम्म महँगो भएको भन्दै भारतद्वारा सबै देशका लागि प्याज निर्यातमा प्रतिबन्ध /भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्न थाल्यो ।

१४.(प्रक्षेपण नै त हो)
इकोनोमिक आउटलुक मार्फत एसियाली मुलुकहरुबारे एडीबीद्वारा आर्थिक वृद्धिको प्रक्षेपण /नेपाल सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको यो वर्ष १.५ प्रतिशत मात्र वृद्धि कायम हुने एडीबीको अनुमान ।

र,

१५.(निको हुनेको लर्काे)
विश्वभर हालसम्म कुल २ करोड ९४ लाख बढी कोरोना संक्रमित मध्ये २ करोड १२ लाख बढी निको भए /९ लाख ३३ हजार बढी संक्रमितको मृत्यु ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.