Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(संक्रमणको अवस्था)
हालसम्म नेपालमा कोरोनाबाट ४ सय २९ जनाको मृत्यु/पछिल्लो २४ घण्टामा थप १३ सय ५६ जनामा कोरोना संक्रमण/कुल संक्रमित ६६ हजार ६ सय ३२ मध्ये ४८ हजार ६१ जना डिस्चार्ज ।

२.(निःशुल्क स्वास्थ्य ?)
गरीब तथा विपन्न वर्गले सरकारले तोकेका १५ वटा अस्पतालबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने /कार्यक्रमको सुरुवातमा सम्बन्धित अस्पतालहरुलाई मन्त्रालयले पेश्की बजेट दिने ।

३.(केसीको कथा)
प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पु¥याएका अनसनरत डा. गोविन्द केसी कुनै प्रकारको परीक्षण तथा उपचार नलिने अडानमा/ विमानस्थलबाट शिक्षण अस्पताल जान एम्बुलेन्स चढे पनि प्रहरीहरुले अपहरण शैलीमा ट्रमा सेन्टर ल्याएको प्रतिक्रिया ।

४.(कसरी त्यस्तो भयो ?)
डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत जनस्तरबाट विरोध /डा. केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न भटट्राईको सुझाव ।

५.(नेकपाको एजेन्डा)
संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आग्रह /पार्टीको साङ्गठनिक एकीकरणका बाँकी काम पूरा गर्न १० दिन भित्र अध्यक्षद्वय र महासचिवले सचिवालयमा प्रस्ताव ल्यानुपर्ने ।

६.(कर्मचारीको निर्वाचन)
असोज २४ गतेका लागि तय भएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन कोरोना महामारीकै कारण स्थगित गर्ने सरकारको निर्णय /काबुबाहिरको परिस्थिति भए उक्त कार्यसमितिको म्याद एक वर्षसम्म थप गर्न पाइने व्यवस्था ।

७.(कुरो किन सुनिएन ?)
कोभिड १९ का कारण रोजगारी गुमाएकाले तत्काल राहत नपाए आन्दोलन गर्ने पर्यटन मजदुरहरुको चेतावनी /मजदुर कल्याणकारी कोषमा जम्मा भएको १५ करोड रुपैयाँ मजदुरको हितमा खर्च गर्न माग ।

८.(नेविसंघको दैनिकी)
विभिन्न माग राख्दै त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि टायर बालेर प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ /पक्राउ परेका कार्यकर्तालाई विना शर्त रिहाइ गर्न नेविसंघको माग ।

९.(टिकट सुरक्षित गरौं)
उडान खुलेसँगै दशैंलाई लक्षित गरी हवाई टिकटको अग्रिम बुकिङ धमाधम हुँदै /महामारीको अवस्था रहेका कारण बुक भएका सबै टिकटअनुसार उडान हुने नहुने भने अनिश्चित / टिकट नै नपाउने गरी चाप नहुने कम्पनीहरुको अनुमान ।

१०.(अब होम स्कुलिङ अवधारणा)
शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक /कोभिडका कारण अवरुद्ध पठनपाठन सञ्चालन गर्ने सन्दर्भमा होम स्कुलिङको अवधारणा, विद्यार्थी—शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता विधि अपनाएर सिकाइ सहजीकरण गर्नेगरी आकस्मिक कार्ययोजना ल्याइएको शिक्षामन्त्री गिरिराजमणी पोखरेलको भनाई ।

११.(राम्रो कुरा)
निर्वाचन प्रणाली भ्रष्टाचारको कारक बन्दै गएकाले सुधार गर्न निर्वाचन ऐन परिमार्जनको काम अगाडी बढाउने राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको भनाई/अवकाश दिएको कर्मचारीलाई फेरी काममा लगाउन नहुने उल्लेख ।

१२.(छानविन होस्)
केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको मृत्युपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि हत्या र अङ्ग झिकिएको मृतकका आफन्तको आरोप /मृतकको शरीरमा चोट रहेको आफन्तको दाबी/आरोपहरु झुट्टा भएको कारागारको जवाफ ।

१३.(नाका बन्दको असर)
चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेन /नाका तीन सातादेखि बन्द हुदा पीसीआर मेसिन, भीटीएम, किट,लगायत पनि चीनको गोदाममै थन्किए ।

१४.(चीनको चर्तुयाईं)
सीमा अतिक्रमणको अनुगमन गर्न गएको नेपाली टोलीसामू लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षको दाबी / कुनै विषयमा वार्ता गर्ने भए सीमा बिन्दुमा जान चीनको प्रस्ताव ।

र,

१५.(कोरोनाको चाल)
हालसम्म विश्वभर कोरोना महामारीबाट संक्रमित भएका ३ करोड १५ लाख बढी संक्रमितमध्ये २ करोड ३१ लाख बढी निको भएर घर फर्किए /९ लाख ७० हजार बढीको मृत्यु ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.