Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(बढ्दैछन् जित्नेहरु)
नेपालमा हालसम्म कोरोनाबाट ४ सय ५९ जनाको मृत्यु /१ हजार ३ सय १३ संक्रमित थपिँदा १ हजार ४ सय ५५ जना डिस्चार्ज /कुल संक्रमित ७० हजार ६ सय १४ मध्ये हालसम्म ५१ हजार ८ सय ६६ जना डिस्चार्ज ।

२.(एसिड विरुद्धको कानुन )
एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुÞर्याए २० वर्ष कैद सजाय र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित/एसिड बिक्रीवितरण गर्न अनिर्वाय लाइसेन्स लिनुपर्ने ।

३.(प्रधानमन्त्री माथिको आशा)
आफ्नो साधारण माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमरण अनसनरत डा. गोविन्द केसीको आग्रह / माग सम्बोधन नगर्ने हो भने आफ्नो सत्याग्रह जारी रहने केसीको चेतावनी ।

४.(बढ्दैछन् समर्थक)
वरिष्ठ चिकित्सक गोविन्द केसीसँग भएका सम्झौताहरूको कार्यान्वयन स्थिति सार्वजनिक गर्न र केसीको जीवन रक्षाप्रति संवेदनशील बन्न मानवअधिकार आयोगद्वारा ध्यानाकर्षण /केसीका मागमा नेविसंघ र विवेकशील नेपाली दलको समर्थन ।

५.(दुख्खैः दुखको पहिरो)
अर्घाखाँचीको जोख्ले गैरा गाउँका १७ घर पहिरोले बगायो /३५ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो /सिंगो बस्ती बगाउँदै गर्दा घरमा बसेका केही मान्छेले भने भागेर ज्यान बचाए /मानवीय क्षतिबारे एकिन हुन बाँकी ।

६.(रेल चलाउने बाटो)
रेल्वे विधेयक माथि राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल सुरु /सुझाव प्रभावकारी र गुणस्तरीय शब्द हटाउनु पर्ने तथा रेल्वेको नाम नेपाल रेल्वे राख्न सुझाव /रेल चलाउन अनिवार्य अनुमतिपत्र लिनुपर्ने ।

७.(विज्ञलाई नै बन्देज ?)
महामारीको समयमा सञ्चार समन्वय अभाव र विभेदका कारण सामाजिक द्वन्द सिर्जना हुन सक्नेतर्फ सचेत हुन सांसदहरुको आग्रह/ आम जनता दोधारमा पर्नेगरी कोरोना सम्बन्धी आफ्नो धारणा सार्वजनिक नगर्न विज्ञहरुलाई सुझाव ।

८.(सुरक्षा सर्तकता)
दार्चुलाको व्यास गाउँपालिका १ छाङरुको गागामा स्थापना भएको सशस्त्र प्रहरी बलको नेपाल नम्बर ५० गुल्मको गृहमन्त्री रामबहादुर थापाद्वारा उद्घाटन / व्यासकै तिङ्कर र कौवामा पनि बीओपी राख्ने तयारी ।

९.(प्रभावकारी बनोस्)
दशैं लगायतका चाड पर्व नजिकिएसँगै बजार अनुगमन सुरु /चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन गरी विशेष बजार अनुगमन हुने/ भूगोल नै ताकेर अनुगमन सुरु गर्न विभागको निर्देशन ।

१०.(दुर्घटना नै शंकास्पद)
असोज ४ गते त्रिशुली नदीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न नेपाल आयल निगमद्वारा प्रहरीलाई पत्राचार /ट्यांकरमा मिसावट बारेको अपुष्ट सूचना प्राप्त भएपनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी ।

११.(रोकिँदैन पदपूर्ति)
लोक सेवा आयोगद्वारा लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक /अन्तिम समयमा स्थगित गरेको सहसचिव सरहको सूचना प्रविधि विज्ञ पदको परीक्षाको नयाँ तालिका पनि आजै सार्वजनिक ।

१२.(माल पाएर के गर्नु……)
गण्डकी ऊर्जा प्रालिले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आएपनि बजारको समस्या/देशमा रासायनिक मल अभाव भएपनि स्वदेशमै प्रति दिन ७ टनसम्म उत्पादित मलले बजार पाउन सकेन ।

१३.(सहज बन्दै कोरिया)
दक्षिण कोरियाले ईपीएस कानुनमा परिवर्तन गर्ने/ नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्ने ।

१४.(चिनियाँ खोप ?)
आफूले विकास गरिरहेको कोरोना खोप सन् २०२१ मा तयार हुने एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकको दावी/खोप संयुक्त राज्य अमेरिकासहित विश्वका विभिन्न देशमा वितरण गरिने ।

र,

१५.(विश्व भित्रको कोरोना )
विश्वमा हालसम्म कोरोनाबाट ९ लाख ८८ हजार बढीको मृत्यु /३ करोड २४ लाख बढी संक्रमित हुँदा २ करोड ३९ लाख बढी निको भए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.