Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(कहर बन्दै कोरोना)
नेपालमा थप १८ गरी हालसम्म ६ सय ६३ संक्रमितको मृत्यु/आज ३५ सय ५६ संक्रमित थपिदा १५ सय ३ जना डिस्चार्ज/देशभर सक्रिय संक्रमित ३५ हजार ९ सय १५ पुगे ।

२.(सम्झाउने कि थर्काउने ?)
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं झिकाए/ओली दाहालबीचको छलफलपछि प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई बिहीबार काठमाडौं आउन आग्रह ।

३.(कर्णालीको उलटफेर)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको प्रमुख सचेतकमा सीता नेपाली रहँदा खाली भएको सचेतकको जिम्मेवारी कालीकोटबाट सांसद कुर्मराज शाहीको पोल्टामा/प्रमुख सचेतक गुलाबजंग शाहले प्रमुख सचेतक पद गुमाए ।

४.(विपद वहस)
जागरण र सबैको साझा प्रयासबाट प्राकृतिक विपद जोखिम न्यूनीकरण गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /यस वर्षको मनसुनमा ५ सय भन्दा बढीको संख्यामा मानविय र एक अर्ब भन्दा बढीको आर्थिक क्षति भएको गृहको तथ्यांक ।

५.(किचलो मै कित्ताकाट)
भू—उपयोग ऐन कार्यान्वयन नहुँदासम्म कित्ताकाट खुला गर्ने सम्बन्धि कुनै पनि निर्णय कार्यान्वयन नगराउन संसदीय समितिको सरकारलाई निर्देशन/जग्गा सम्बन्धि कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न कित्ताकाट खोलिएको भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको भनाइ ।

६.(जाग्दैछन् युवा)
बलात्कारीलाई मृत्युदण्डको सजायको माग गर्दै विराटनगरका युवाहरु सडकमा /सरकार मौन र कानमा तेल हालेर बसिरहेको आरोप लगाउँदै तत्काल कडा कानुन निमार्ण र कार्यान्वयन गर्न माग ।

७.(लुटेराको दाउ)
जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा मुख्य योजनाकार सहित भक्तपुरका तीन जना काठमाडौंबाट पक्राउ/ जग्गा किन्ने बहानामा लुटपाट गरी कुटपिटमा परेका गम्भिर घाइतेको मृत्यु भएको खुलासा ।

८.(डीडीसीबाट होसियार)
सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको म्याद नाघेको बटर बरामद /सरकारी संस्थानकै गोदाममै ठूलो परिमाणमा म्याद नाघेका खाद्य वस्तु भेटिरहँदा सरकारी अनुगमनमाथि उब्जियो प्रश्न ।

९.(कति होला उचाईं ?)
विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ घोषणा तयारीको काम अन्तिम चरणमा/ कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा नापी विभाग र भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयबीच छलफल जारी ।

१०.(संरक्षणको उपाय)
एलपी ग्यासको धरौटी मूल्य देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रति सिलिण्डर २ हजार १ सय रुपैयाँ तोकियो/अहिलेसम्म उपभोक्तासँग भएका सिलिण्डरको हकमा भने आफुले खरिद गरेको पसलबाट बिल लिनुपर्ने ।

११.(भनिदिए भईहाल्यो)
लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनैपनि खाद्य वस्तु महँगो नभएको उद्योगमन्त्री लेखराज भट्टको दावी/अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रीत भएको उल्लेख ।

१२.(मंगल हेर्न नछुटाऔं)
आज राती ११बजेर २० मिनेटमा मंगल ग्रह र पृथ्वी आमने सामने हुँदै / मंगल ग्रह, पृथ्वी र सुर्यको सिधा रेखामा पर्ने भएकाले सबैभन्दा चम्किलो र ठूलो देखिने / नांगो आँखाले नै मंगल ग्रहको रंग, यसका पहाड तथा वायुमण्डलहरु देख्न सकिने ।

१३.(रेलको चटारो)
सरकारले जनकपुरधामदेखि भारतको जयनगरसम्म रेल चलाउने तयारी थाल्यो /बन्द रहेको रेल सेवा लगभग ७ वर्षपछि सञ्चालन आउँदै/ नेपाल रेल्वेका पूराना डिजेल तथा कोइला इन्जिन भने कवाडी बन्दै ।

१४.(खोपमै रोकावट)
औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा कोरोनाविरुद्धको खोपको परीक्षण तत्कालका लागि स्थगित /एक सहभागी बिरामी भएपछि तत्कालका लागि परीक्षण रोकिएको कम्पनीको भनाई ।

र,

१५.(विश्वमा कोरोना)
कोरोना माहामारीबाट हालसम्म विश्वभर १० लाख ८६ हजार बढीको मृत्यु /३ करोड ८१ लाख बढी संक्रमित हुँदा २ करोड ८६ लाख बढी उपचार पछि निको भए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.