Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(घर जानेको लर्काे)
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६८ जना संक्रमितहरु डिस्चार्ज / आज मात्र थपिए ५ सय ७० नयाँ संक्रमित / हालसम्म ८ सय ७६ जना संक्रमितको मृत्यु /सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ पुग्यो ।

२.(सावधानी संगै टीका)
आज आश्विन शुक्ल एकादशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी /विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने ।

३.(परीक्षाको चटारो)
एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरियो/ कोरोनाका कारण होम सेन्टरमा हुने परीक्षा बोर्डले कुल पुर्णाङ्कको ४० प्रतिशतको परीक्षा सञ्चालन गर्ने ।

४.(कसले रोक्यो जाहेरी ?)
कुटपिटबाट ज्यान गुमाएका नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरासियाको शव अझै अस्पतालमै / चौरसियाको हत्यामा संलग्नविरुद्ध प्रहरीले जाहेरी नलिएपछि आफन्त र नेकपा पर्सा गत बिहीबारदेखि आन्दोलनमा ।

५.(केही होला कि ?)
भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने भ्रमणका लागि नोभेम्बर ४ मा नेपाल आउने /भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक कुराकानी हुने अपेक्षा ।

६.(सम्वन्धको चाबी सेनामा)
भारतीय गुप्तचर एजेन्सी ‘रअ’का प्रमुखको नेपाल भ्रमणले दुई देश बीचमा रहेको अविश्वास हट्ने र अब सीमा विवादबारे वार्तासमेत हुन सक्ने एक भारतीय विज्ञको भनाई / सेना प्रमुख मनोज मुकुन्द नरवाणेको भ्रमणपछि दुई पक्षीय सम्बन्ध झन सुदृढ हुँदै जाने उल्लेख ।

७.(निशाना लगाउँदै रावल)
प्रधानमन्त्री केपी शर्मा ओली र रअका प्रमुखबीच भएको भेटबारे पार्टीलाई जानकारी गराउन नेकपा नेता भीम रावलको माग /कूटनीतिक र राजनीतिक दृष्टिकोणले गलत भेट नेपालको संविधानले गरेको मार्गनिर्देशन र नेकपाको घोषणा, नीति र सिद्धान्तको समेत विरूद्धमा रहेको उल्लेख ।

८.(स्वदेश फर्किनेहरु)
कोरोना सङ्क्रमणपछि काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किए /तथ्याङक अनुसार महामारीपछि सबैभन्दा धेरै यूएईबाट ३५ हजार ४ सय १७ जना देश फर्किए ।

९.(आफ्नो ठाँउ आफै बनाउ)
महामारीका कारण रोजगारी गुमाएका डडेल्धुराको गन्यापधुराका अधिकांश स्थानीय नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै /पालिकाले गर्ने विकास निर्माणका स्थानीय व्यक्तिलाई प्राथमिकता दिने तथा सामूहिक कृषि खेती गर्न पालिकाले विशेष अनुदान दिने ।

१०.(अगुवा नै बाटो…..)
गुल्मीमा वडाध्यक्ष सहित १२ जना जुवाडे पक्राउ /रेसुङगा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित पक्राउ परेकासबै रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाका रहेको प्रहरीको भनाई ।

११.(प्रकृतिको प्रहार ?)
बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाखयता देशभर ४ सय ६३ जनाको मृत्यु /१०१ जना बेपत्ता / ८ सय ३ जना घाइते हुँदा ७९ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको आर्थिक क्षति ।

१२.(चीनको सदासहायता)
चीनको राजधानी बेइजिङमा सुरू भएको १० दिने अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा विशेष अतिथि राष्ट्र थिम कन्ट्रीका रूपमा नेपाललाई प्रस्तुत /विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत नेपालका चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्जका ५० तस्वीर समावेश ।

१३.(चीनविरुद्धको राणनीति)
भारत र चीन बीच केही महिनायता तनाव बढिरहेको समयमा भारत र अमेरिका बीच एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर /अब भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने /पहुँच हुँदा मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुने ।

१४.(चन्द्रमा पनि पानी)
चन्द्रमाको सतहमा पानी भेटिएको अमेरिकी अन्तरिक्ष संस्था नासाको दाबी / चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित ’क्लेभियस क्रेटर’ मा पानी फेला / पानीलाई पृथ्वीबाट पनि देख्न सकिने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख ।

र,

१५.(कहरमा विश्व)
विश्वमा हालसम्म कोरोना संक्रमणबाट ११ लाख ६५ हजार बढीको मृत्यु / ४ करोड ३८ लाख बढीमा संक्रमण पुष्टि /३ करोड २२ लाख बढी उपचारपछि निको भए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.