×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दिनभरका प्रमुख खबर

१६ कार्तिक २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(सक्रिय घट्दै डिस्चार्ज बढ्दै)
नेपालमा थप २३ गरी हालसम्म ९ सय ७० जना कोरोना संक्रमितको मृत्यु /आज मात्रै २ हजार ८ सय २४ संक्रमित थपिदा ३ हजार ६ सय २० जना डिस्चार्ज /सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ पुग्यो ।

२.(नीति बदल्ने कि निर्देशन ?)
सरकारी निर्देशन अनुसार भन्दै सरकारी अस्पतालहरुले नै सूचना प्रकाशन गरी कोरोनाको उपचारमा धरौटी रकम माग गरेपछि धरौटी शुल्क नलिइ उपचार गर्न सरकारको निर्देशन /सूचना प्रकाशन गर्ने अस्पतालहरुलाई स्पष्टिकरण माग ।

३.(बीमा किन गर्नु ?)
सरकारले स्वास्थ्य बीमा गर्ने व्यवस्था गरे अनुसार बीमा गर्ने परिवारले सबै रोगको उपचारमा आर्थिक सुविधा पाउनुपर्ने भएपनि उपचारको कुनैपनि खर्चको भुक्तानी बोर्डले गरेन/ पीसीआर परीक्षणमा मात्रै ठूलो रकम खर्च हुने देखिएका कारण बोर्ड मौन ।

४.(नेकपामा भद्रगोल)
प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको भनाई /खुमलटारको भेलामा प्रधानमन्त्रीले पार्टी फुटाउन चाहेको प्रचण्डको ब्रिफिङ /प्रचण्डले सरकारको नेतृत्व मागेको प्रधानमन्त्री निकट स्रोतको दावी ।

५.(प्रधानमन्त्रीवरुद्ध मुद्दा)
प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले न्यायालयको फैसला अवज्ञा गरेको आरोपमा ‘अदालतको अवहेलना’को मुद्दा सामना गर्नुपर्ने /कोरोना परीक्षण र उपचार निःशुल्क हुनुपर्ने सर्वोच्चको फैसला उल्लंघन गरेको आरोपमा अदालतको अवहेलना निवेदन दर्ता ।

६.(विदेशमा आहत)
गएको हप्ता विदेशमा कार्यरत थप ९६३ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि/अहिलेसम्म ४२ देशमा रहेका ४३ हजार ५६९ नेपालीमा सङ्क्रमण /३९ हजार ५६५ जना निको भए /हालसम्म २८४ नेपालीको मृत्यु ।

७.(फ्लुलाई चिनौं)
कोरोना संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका विरामीहरुलाई उच्च सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह /सामान्य रुघाखोकी लाग्दैमा हतार हतार अस्पताल जादा अस्पतालबाट आफुलाई नभएको फ्लु समेत लिएर जाने सम्भावना रहेकाले सचेत रहन अपील ।

८.(एकता फापेन ?)
पार्टी फूटतर्फउन्मुख भएको नेकपा महासचिव विष्णु पौडेलको भनाई /पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो मतभेद सतहमा आएकै बेला नेकपाको एकीकृत अस्तित्व गम्भीर संकटमा परेको पौडेलद्वारा प्रस्ट ।

९.(मिलाउन हो कि भत्काउन ?)
कर्णाली प्रदेशमा मन्त्रिपरिषद् हेरफेरको तयारी भए पनि अन्तिम समयमा रोकियो / नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी रोकियो ।

१०.(उडान अड्काउँदै भारत)
नेपाल र भारतबीच चैत यता रोकिएको हवाई उडान अझै कम्तिमा एक महिना सुरु नहुने /भारत सरकारले ल्याएको ‘एयर बबल स्किम’ नेपाल सरकारले अस्वीकार गरेपछि नेपाल र भारतबीच तत्काल हवाई उडान सुचारु नहुने ।

११.(नेविसंघको काम )
आफ्नो संगठनका नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरी झुठा मद्दा लगाइएको भन्दै नेविसंघको विरोध प्रदर्शन / प्रदर्शनमा सहभागिहरुले भौतिक दुरी भने कायम गरेनन्/कोरोना पीडित जनताको उपचारमा सरकार उदासीन देखिएको आरोप ।

१२.(सवारीको सहयोग)
लकडाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको नेपालको अटो व्यवसायलाई दशैंले केही उकास्यो / विगत वर्षहरुमा सवा लाख बढी सवारी साधान आयात हुने गरेकोमा यो वर्ष करिब साढे ८३ हजार सवारी आयात ।

१३.(कैद मिनाहको तयारी)
हाल कारागारमा रहेका करिब ८ प्रतिशत कैदीले ‘वैकल्पिक कारागार’ का रुपमा घरमै बाँकी कैद सजाय भुक्तान गर्न पाउन सक्ने /वैकल्पिक कारागारमा बस्ने पाउने कैदीको संख्या १२ सय / १४ हजार ५ सय कैदी कारागारमा ।

१४.(ऋण बढेर के गर्नु ?)
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा अघिल्लो वर्षको तुलनामा ५ सय ८१ प्रतिशतले बढी नेपाल सरकारलाई झण्डै ७८ अर्ब रुपैयाँ वैदेशिक ऋणको प्रतिबद्धता प्राप्त /वैदेशिक अनुदान र ऋण गरेर ८४ अर्ब ७ करोड रुपैयाँको प्रतिबद्धता ।

र,

१५.(सताउँदै कोरोना)
कोरोना संक्रमणबाट हालसम्म विश्वमा ज्यान गुमाउनेको संख्या १२ लाख नाघ्यो /४ करोड ६४ लाख बढीमा संक्रमण पुष्टि हुँदा ३ करोड ३५ लाख बढी संक्रमण मुक्त /बेलायतमा संक्रमण बढ्दै गएपछि दोस्रो चरणको लकडाउनको घोषणा ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top