Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(सरकारका तीन निर्णय)
सबै द्वन्द्वकालीन समयका उपचार नपाएका घाईतेहरुको निःशुल्क उपचार गर्ने सरकारको निर्णय /प्रदेश १ का लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ सहायता र कतार सरकारबाट उपहारमा आउने मर्सिडिज कारहरु पनि स्वीकार गर्ने निर्णय ।

२.(औपचारिकताको भ्रमण)
नेपालको एकदिने भ्रमणपूरा गरी चिनियाँ रक्षामन्त्री वेई फेङ्हे बंगलादेश प्रस्थान/चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको फेङ्हेको प्रतिक्रिया ।

३.(के के भयो कुरा ?)
एकदिने नेपाल भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री वेई फेङ्हेद्वारा प्रधानमन्त्री, राष्ट्रपति लगायतसंग उच्चस्तरीय राजनीतिक भेटवार्ता/नेपाली सेनाको‘गार्ड अफ अनर’बाट फेङ्हे सम्मानित /गृहमन्त्रीद्वारा फेङ्हेको स्वागत ।

४.(ठूलो दुर्घटना टर्याे)
बाग्लुङ्गको गलकोटबाट काठमाण्डौं उडेको कैलाशको हेलिकप्टर नुवाकोटमा दुर्घटना/चरा ठोक्एिपछि हेलिकप्टर बेलकोटगडीमा फोर्स ल्याडिङ/कुनै मानविय क्षति भने भएन ।

५.(वामदेवको दाउ)
नेकपाभित्र अध्यक्षद्वय ओली र दाहालको पत्र दोहोरीमा उपाध्यक्ष वामदेव गौतमद्वारा पार्टीबाहिर छरिएका विचारहरु पार्टीमा भित्रिएको भन्दै खुसी व्यक्त/बैठक बस्नेसम्बन्धी पार्टीमा विधिविधान हुँदाहुँदै पनि महासचिवले कुशलता नदेखाएको आरोप ।

६.(उसो भए कार्बाही गर)
ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन २०२० अस्वीकार्य रहेको सरकारको भनाई /प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङको दाबी ।

७.(बल्ल देख्यो प्रतिपक्षले)
ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले भ्रष्टाचार व्यापक बढेको र त्यसमा प्रधानमन्त्रीकै संरक्षण रहेको भन्दै नेपाली कांग्रेसको आपत्ति/पछिल्लो एकवर्षमा एसियाली मुलुकमा नेपालको स्थिति भ्रष्टाचारमा सबै भन्दा अगाडि देखिनु लज्जास्पद भएको ठहर ।

८.(आजको अवस्था)
नेपालमा पछिल्लो २४ घण्टामा थप २५ संक्रमितको मृत्यु/आजै १ हजार २ सय ५५ नयाँ संक्रमित थपिँदा १ हजार ४०४ संक्रमणमुक्त /देशभर कूल १७ हजार ९ सय ९ सक्रिय संक्रमित ।

९.(आवश्यकता कि बहाना ? )
वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल नाका खोल्न दबाब दिने उद्देश्यले तीन दिनदेखि एक घण्टे धर्ना कार्यक्रम जारी/पूर्ववत अवस्थामा नाका सञ्चालन गर्नुपर्ने माग ।

१०.(कोही त छ ?)
कोभाक्सको आग्रहपछि कोरोना खोप ल्याउन सम्बन्धित निकायमा प्राविधिक विवरण पठाउने नेपालको तयारी /सन् २०२१ सम्म प्रभावकारी कोभिड खोपको दुई अर्ब मात्रा वितरण गर्ने कोभाक्सको लक्ष्य ।

११.(उद्योगीका समस्या)
निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी नै सरकारले काम गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाई / चालु आर्थिक वर्षको बजेट मार्फत घोषणा भएका कार्यक्रमहरुको कार्यान्वयन छिटो गर्ने व्यवस्था मिलाउन उद्योगी व्यवसायीहरुको माग ।

१२.(कीर्तिमानी शेयर)
शेयर बजारले फेरिपनि बनायो ऐतिहासिक कीर्तिमान/नेप्से परिसूचक र कारोवारमा अहिले सम्मकै नयाँ रेकर्ड/बजार आज ७५ दशमलव ०२ अंकले बढ्दा ९ अर्ब २२ करोड बढीको कारोबार ।

१३.(सागको खर्च)
राखेपद्वारा १३ औं सागमा भएको खर्च विवरण सार्वजनिक/प्रतियोगिता आयोजना गर्न १ अर्ब ३१ करोड ७८ लाख बढी खर्च / होटलमा मात्रै १३ करोड खर्च /२२ करोड ७६ लाख बराबरको पुरस्कार रकम वितरण ।

१४.(नागरिक बचाउँदै बेलायत)
अमेरिकी कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेको खोप बेलायतमा आगामी साता उपलब्ध हुने/ बेलायत सरकारले खोपको वितरण गर्ने जिम्मेवारी ब्यापार मन्त्रीलाई दियो ।

र,

१५.(विश्वमा कोरोना)
हालसम्म विश्वभरमा १४ लाख ६० हजार बढी कोरोना संक्रमितको मृत्यु/६ करोड २६ लाख बढीमा संक्रमण पुष्टि हुँदा ४ करोड ३२ लाख बढी संक्रमण मुक्त भई डिस्चार्ज ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.