Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(के होला सभामुख पद ?)
सभामुखका एक्ला उम्मेदवार अग्नि सापकोटालाई सभामुख बनाउन नहुने मागसहित सर्वोच्च अदालतमा रिट / द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीद्वारा रिट दायर ।

२.(विज्ञले साथ छोडे)
राष्ट्रपतिलाई सुझाव र सल्लाह दिने गरी विज्ञ सल्लाहकारमा नियुक्त सुशील प्याकुरेलद्वारा राजीनामा / कानूनका सामू सबैको समान हैसियत कायम गराउने नागरिकको आकांक्षाको पक्षमा योगदान गर्न राजीनामा दिएको उल्लेख ।

३.(लहरो तान्दा…..)
ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि सांसद दीपक मनाङेले झापड हानेका मिलन गुरूङ पनि पक्राउ / गुरूङलाई झापड हानेकपछि पक्राउ परेका मनाङेलाई दुई दिन थुनामा राख्न कास्की प्रशासनको अनुमति ।

४.(एमसीसीलाई हरियो झन्डा)
सरकारका राम्रा कामको प्रचार हुन नसकेको नेपाल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको गुनासो / एमसीसीका बारेमा सामाजिक सञ्जालबाट गलत समाचार आएको भन्दै सतर्क रहन कार्यकर्तालाई निर्देशन ।

५.(सुर्पुदर्गी सम्झौता !)
गैरकानूनी रुपमा चिनियाँ नागरिक नेपाल प्रवेश गर्न खोजे ७ दिनभित्र स्वदेश फर्काइने / सीमा पार गर्ने चिनियाँ नागरिकको नेपालमा पनि कुनै कसूर देखिए हिरासतमा राखेर कानूनी कारबाही गर्न सकिने ।

६.(संवादको प्रचार)राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका साझा चासोका विषयमा सघन बहस गर्ने उद्देश्यले सरकारले आयोजना गर्ने ‘सगरमाथा संवाद’ कार्यक्रमबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी गराईयो /संवाद चैत २० देखि २२ गतेसम्म काठमाडौँमा हुने ।

७.(पाइलटको हिम्मत)
सेवा–सुविधामा विभेद भएको भन्दै नेपाल एयरलाइन्सका दुई दर्जन बढी पाइलटले दिए सामूहिक राजीनामा /विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै तीन महिनाको समयसीमा दिँदै राजीनामाको घोषणा ।

८.(युवा मैत्री अभियान)
देशभर युवाको विकास सम्बन्धी कार्यक्रमहरु लागू गर्न राष्ट्रिय युवा परिषद् तथा नगरपालिका र गाउँपालिका महासंघबीच सहकार्य गर्ने सम्झौता /युवालाई उद्यमशिलतासँग जोडेर आत्मनिर्भर तथा स्वरोजगार बनाउने योजना

९.(सहिदको सम्झना)
सहिद शुक्रराज शास्त्रीको सम्झना गर्दे आजबाट सहिद सप्ताह सुरु /मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी माघ १६ गतेसम्म मनाइने ।

१०.(उद्यममैत्री मन्त्री)
उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडको भनाई / महिला उद्यमशीलताका लागि बैंकहरुले सहुलियत दरमा कर्जा नदिए कारबाही गर्ने उल्लेख ।

११.(प्रविधी मैत्री भन्सार)
अब नेपाली भन्सारहरु ‘क्यास लेस’ भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालको घोषणा / नेपाल नेशनल सिंगल विण्डो सिस्टमको विकास भइसकेपछि कार्यालयहरुको अन्तरसमन्वयमा देखिएको समस्या हल गरिने ।

१२.(पूँजी संकलन)
विदेशमा रहेका नेपालीका नेपाल राष्ट्र बैंकद्वारा ४० करोड रुपैयाँको ‘वैदेशिक रोजगार बचतपत्र’ बिक्री खुला / वैदेशिक रोजगारीमा रहेका, फर्किएको ६ महिना नपुगेका, गैर आवासीय नेपालीले परिवारका नाममा बचतपत्र किन्न सक्ने ।

१३.(योगको प्रचार)
योग शिक्षा नेपाल र भारतको साझा पद्धति भएको नेपालस्थित भारतीय दूतावासका कार्यबहाक राजदूत डा. अजयकुमारको भनाई /स्वास्थ्यको प्राकृतिक तरिकाबाट उपचारमा ध्यान दिन आग्रह ।

१४.(मनाङको अग्रता)
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सरस्वती क्लबलाई १–० ले पराजित गर्दे मनाङ मर्स्याङ्दी क्लब तेस्रो स्थानमा उक्लियो/ शुक्रबार दोस्रो खेलमा च्यासलद्वारा ब्रिगेड ब्वाईज समान १–० ले पराजित ।

र,
१४.(भाइरसको भय)
कोरोना भाइरसको प्रकोप बढेसँगै बेइजिङ र हङकङमा चाडपर्वहरुको आयोजना रद्द / भाइरसबाट ज्यान गुमाउनेको सख्या २५ पुग्यो / आठ सयभन्दा बढी संक्रमित / भाइरसलाई ‘अन्तर्राष्ट्रिय आपतकाल’ घोषणा गर्न विश्व स्वास्थ्य संगठनद्वारा अस्वीकार ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.