×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(विघटनको कारण)
संसद् विघटन पछि आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीद्वारा आज देशवासीका नाममा सम्बोधन/जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएको आरोप/विघटन र निर्वाचन चाहना नभए पनि मुलुकलाई निकास दिन गर्नुपरेको तर्क ।

२.(कहाँ छ नेकपा ?)
पछिल्ला घटनाक्रमका बीच नेकपामा देखियो विभाजनको संकेत/छुट्टा छुटटै केन्द्रीय कमिटी वैठकको आह्वान/प्रचण्ड नेपाल समूहको बैठकमा अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्तावमा छलफल गर्नुभअघि विहान ९ बजे ओली समूहको बैठक बस्ने ।

३.(किन दिने भोट ?)
आफु निकटका विघटित प्रतिनिधी सभा सदस्यहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा छलफल/संसद विघटनको निर्णयको पक्षमा उभिदैँ ताजा निर्वाचनमा जान नेताहरुलाई निर्देशन /विगतका तिता–पिरा बिर्सेर एकताबद्ध भएर चुनावमा जान नेकपाका नेताहरुलाई आग्रह ।

४.(सांसदको स्वर)
प्रचण्ड नेपाल समूहका विघठित प्रतिनिधीसभाका सांसद्हरुद्वारा सामूहिक भेला/तत्काल संसद् बैठक बोलाइ नियमित कार्य अघि बढाउन माग/विघटनको कदम विरुद्ध पार्टीले कानूनी र राजनीतिक प्रक्रिया अघि बढाउने ।

५.(सल्लाह दिनुस्)
संसद विघटन पछि चालिने संवैधानिक एवम् राजनीतिक कदमबारे नेकपाका प्रचण्ड–माधव समूहलद्वारा संविधानविद् एवं कानुनविद्सँग छलफल /सांसदहरुले संसद अधिवेशन बोलाउन माग गर्ने र अधिवेशन नबोलाईए अरु रणनीतिमा जाने सांसद रामनारायण बिडारीको भनाई ।

६.(रिटको लर्काे)
संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता /संसद विघटनको निर्णय खारेज गर्न परेको रिटमाथिको पेशी बुधबार हुने/प्रधानमन्त्री ओलीलाई नेकपाको स्थायी कमिटीको बैठकले गरेको कारबाहीको पत्र निर्वाचन आयोग पुग्यो ।

७.(रामवरणको वाण)
प्रतिनिधिसभाको विघटन संवैधानिक, राजनीतिक र नैतिक रुपले गलत रहेको पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रतिक्रिया /राष्ट्रपतिले गरिमा र मर्यादा कायम गर्न नसक्दा आफूजस्तै ३ करोड जनता मर्माहत भएको भन्दै सर्वोच्चलाई ध्यान पुर्याउन अनुरोध ।

८.(अधिकारकर्मीको अधिकार)
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरुद्धमा प्रदर्शन गर्ने अधिकारकर्मी कृष्ण पहाडीसहित १६ जना पक्राउ /प्रधानमन्त्रीको मनलाग्दी र राष्ट्रपतिको मिलेमतोका कारण संसद विघटन हुनु निन्दनीय भएको भन्दै सिंहदरबारमा प्रदर्शन ।

९.(योगेशको मन)
विघठित संसद अदालतबाट पुर्नस्थापना हुने निवर्तमान पर्यटनमन्त्री योगेश भट्टराईको विश्वास /प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेकै कारण साथ दिन नसकिएको र मन्त्री पदबाट राजीनामा दिएको उल्लेख ।

१०.(आफ्नै हात जगन्नाथ)
संवैधानिक आयोगमा सिफारिस गरिएकामध्ये कम्तीमा ५ जना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नजिकका व्यक्तिहरू रहेको खुलासा /४५ जनाको नाम सिफारिस भनिए पनि ३८ जनाको नाम मात्रै सार्वजनिक ।

११.(कोरोनाको कुरा)
नेपालमा आज ७ सय ४२ कोरोना संक्रमित थपिए/१ हजार ७९ जना डिस्चार्ज हुँदा थप ७ संक्रमितको मृत्यु /हाल देशभर ७ हजार ९ सय ७६ सक्रिय संक्रमित ।

१२.(चिनीको तितो सत्य)
चिनी मिलबाट भुक्तानी अझै नपाएको र रकम दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी राख्ने उखु किसानहरुको अडान/मिल सञ्चालक र सरकारले मिति तोकेर भुक्तानीको जिम्मा नलिए आन्दोलनको स्वरुप फेर्ने चेतावनी ।

१३.(जापानमा बेचौलिया ?)
जापान रोजगारीका लागि श्रमिक भर्ना गर्न तेस्रो पक्ष संलग्नता गराउनेबारे कुनै जानकारी नभएको श्रम मन्त्रालयको प्रस्टोक्ति / तेस्रो पक्षको संलग्नताबारे आएको खबरप्रति वैदेशिक रोजगार व्यवसायी संघको गम्भीर ध्यानाकर्षण ।

१४.(रोजगारी बढाउन ऋण)
नेपाल सरकार र विश्व बैंकबीच करिब ९ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर /आयोजनाले रोजगारी अभिवृद्धि गर्ने विश्वास ।

र,

१५.(विश्वमा के भयो ?)
विश्वमा हालसम्म कोरोना महामारीका कारण ज्यान गुमाउने संक्रमितको संख्या १७ लाख नाघ्यो /७ करोड ७२ लाख बढीमा संक्रमण पुष्टि हुँदा ५ करोड ४१ लाख बढी उपचार पछि निको भए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top