Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(विघटन हेर्दाहेर्देमा)
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट संवैधानिक इजलासमा हेर्ने कि बृहत पूर्ण इजलासमा भन्ने बहस नसकिएपछि सुनुवाई हेर्दाहेर्दैमा /अर्को पेशी शुक्रबारका लागि तोकियो / हरिकृष्ण कार्कीले इजलास छाडेपछि उक्त ठाउँमा सपना मल्ल प्रधान ।

२.(आधिकारिकताको बाटो)
आधिकारिकताका लागि नेकपाका दुबै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई बुझाए आ–आफ्ना जवाफ / प्राप्त विवरण हेरेर आयोगले निर्णय लिने प्रवक्ता राजकुमार श्रेष्ठको भनाई ।

३.(अब केही हुन्छ त ?)
संघर्ष र बलिदानबाट प्राप्त भएको लोकतन्त्र धरापमा परेको नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालको भनाई/आफ्नै आँखा अगाडि निरंकुश ढङ्गले संविधान र गणतन्त्रमाथि प्रहार भएकाले आफूले त्यसलाई हेरेर बसिरहन नसकेको उल्लेख ।

४.(लक्ष्मीको लक्ष्य)
केपी ओली कमरेड नभएर प्रतिगमनकारी भएको नेकपाकी दाहाल–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यको आरोप /प्रगिगमनविरुद्ध काठमाडौं तातिसकेको र ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने बेला भइसकेको टिप्पणी ।

५.(विद्यार्थीको जोश)
प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन नेकपा दाहाल–नेपाल पक्षधर विद्यार्थी संगठनको अनुरोध/संविधानको सहि व्याख्या भएन र सर्वोच्च अदालतले न्याय दिएन भने विद्यार्थीहरुले न्यायाधिशहरुलाई बाटो छेकेर प्रश्न गर्ने ।

६.(विज्ञको बोली)
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणका क्रममा दीर्घकालीन महत्वका कुनै पनि सन्धि–सम्झौता गर्न नहुने विभिन्न क्षेत्रका १५ विज्ञ तथा बौद्धिक व्यक्तिकहरुको भनाई /वर्तमान सरकार स्वतः कामचलाउ भइसकेकाले औपचारिक भ्रमण पनि अनुपयुक्त हुने दाबी ।

७.(यसकारण जान्छ बत्ती)
ऊर्जा क्षेत्रको कामको निम्ति एमसीसी पर्खेर बस्न नहुने ऊर्जामन्त्री टोपबहादुर रायमाझीको भनाई / बेला बेलामा विद्युत जाने समस्या विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण भएको प्रस्टोक्ति ।

८.(सरकारले बोलोस्)
प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारण गरेको भारतीय टेलिभिजन च्यानल जी न्युजद्वारा सगरमाथाबारे विवादित सामग्री प्रसारण/सगरमाथामाथि पनि भारतले दाबी गर्नुपर्ने जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीको तर्कको चौतर्फी विरोध ।

९.(उस्तै छ घटबढ )
पछिल्लो २४ घण्टामा देशभर ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४१४ जना डिस्चार्ज /हालसम्म सक्रिय संक्रमित ४ हजार ४३४ पुग्दा ज्यान गुमाउनेको संख्या १९ सय ३७ पुग्यो ।

१०.(खोप किन्ने पैसा देउ)
कोरोनाविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न भन्दै सरकारद्वारा दाताहरुसंग आर्थिक सहयोगको अपिल /लक्षित समूहहरुलाई मात्र निःशुल्क खोप दिने र अन्यलाई भने शुल्क लिने अभिप्राय सहितको सूचना जारी ।

११.(आउँछ त रुसी खोप ?)
कोरोना भाइरसविरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन रुस तयार /रुसी स्पुतनीक भी खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशमा प्रयोग हुँदै /खोपको मूल्य प्रतिडोज १० अमेरिकी डलर ।

१२.(निराशामा उखु किसान)
सरकार र उखु किसानबीच भएको सम्झौताअनुसार अबको एक साताभित्र बाँकी सम्पूर्ण रकम पाउनुपर्नेमा भुक्तानी हुनेमा अन्योलता /अन्नपूर्णबाट २०, श्रीरामबाट १२, लुम्बिनीबाट ८, इन्दिराबाट ८ र महालक्ष्मीबाट १० करोड बढी भुक्तानी हुन बाँकी ।

१३.(नेपाली धनी कि गरीब ?)
नेपाली कम्पनी वा उद्योगले आफ्नै विदेशी कम्पनी वा व्यक्तिबाट वैदेशिक ऋण भित्र्याउने नियममा कडाइ /चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्म विदेशीले नेपालमा दुई अर्ब खर्च गर्दा नेपालीले विदेशमा ११ अर्ब खर्च गरे ।

१४.(खोप त सस्तो छ)
भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान/भारतमाअहिलेसम्म ५४ लाख डोज खोप भण्डारण/ दुवै खोप जनवरी १४ सम्ममा सरकारलाई प्राप्त भइसक्ने र त्यसको दुई दिनपछि लगाइने योजना ।

र,

१५.(ट्रम्पलाई कलंकको टीका)
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाई पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनद्वारा पारित/डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रोपटक महाअभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.