Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(दुःखदायी हड्ताल)
नेकपाको प्रचण्ड–नेपाल समूहले आज आह्वान गरेको आमहड्तालको सहरी क्षेत्रमा आंशिक प्रभाव /केही क्षेत्रमा बन्दको अवज्ञा गरेको भन्दै प्रहरी र प्रदर्शनकारीबीच झडप/तोडफोडमा उत्रिएका १ सय बढी नेता तथा कार्यकर्ताहरु पक्राउ ।

२.(अशान्त बर्दिबास)
महोत्तरीको बर्दिबास सडकखण्डमा प्रहरीले बल प्रयोग गरेर खुलायो पूर्वपश्चिम राजमार्ग /प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप/बर्दिबास बन्द गराउन नपाइने भन्दै राजाबादी र केपी समूहका कार्यकर्ताहरु सडक खुलाउन प्रहरीलाई दबाब ।

३.(आन्दोलनको बल)
धनुषाको शिवचोकमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीद्वारा हवाई फायर /प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीद्वारा बल प्रयोग /प्रहरीको लाठीचार्जबाट नेता रामचन्द्र झासहित ११ जना घाइते ।

४.(यही हो शान्तिपूर्ण ?)
आमहड्तालको प्रभाव विराटनगरमा पनि पर्याे /हड्ताल सफल बनाउन सडकमा उत्रिएका नेकपाका कार्यकर्ताद्वारा केही निजी गाडी र चिया पसलमा तोडफोड/तोडफोडमा उत्रिएका आधा दर्जन बढी बन्दकर्ताहरु पक्राउ ।

५.(हड्तालको प्रतिकार)
देशव्यापी आमहड्तालका कारण आम नागरिकहरुले दुःख पाएको भन्दै नागरिक समूहहरुद्वारा बन्दको विरोध/शैक्षिक संस्था, उद्योग, व्यापार, व्यवसायलाई चल्न दिन र आम नागरिकलाई गरिखान दिन माग गर्दै विराटनगरमा प्रतिकार र्याली निस्कियो ।

६.(हड्तालको ढाकछोप)
फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालको दाबी/सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उल्लेख ।

७.(आमहड्तालको बचाउ)
प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको माधव नेपालको भनाई/ओलीको स्वेच्छाचारिता र निरंकुशताबाट मुलुकलाई बचाउनुपर्ने अवस्था आएकोले आमहड्ताल गरिएको नेतृ शशी श्रेष्ठको तर्क ।

८.(कति झुट कति सत्य ?)
संसद विघटन र संवैधानिक नियुक्तिलाई लिएर गरिएको बन्द शान्तिपूर्वक सम्पन्न भएको आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठको भनाई / शान्तिपूर्ण कार्यक्रम गर्दा पनि सरकारले बल लगाएको आरोप ।

९.(शक्तिको होडबाजी)
शुक्रबार माघ २३ गते नेकपा ओली पक्षले नारायणहिटी दरबार अगाडि जनसभा गर्ने /जनसभाको तयारी स्वरुप नेकपा ओली पक्षका युवाहरुद्वारा काठमाडौँमा मार्चपास /जनसभामा ३ लाख जनता उतार्ने तयारी ।

१०.(ताजा टिप्पणी)
प्रचण्डले जनताको दुःख हेर्न गाडीको सयर गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी /आन्दोलनको क्रममा गरिबको तरकारी फ्याँकिएको, सिडिओ र प्रहरीलाई हप्कीदप्की गरेको तथा कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनको बदनाम गरिएको आरोप ।

११.(प्रसारण लाइन सुरु )
कालीगण्डकी करिडोर प्रसारण लाइनको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन/अब वर्षायाममा विद्युत निर्यात र हिउँद याममा पनि चाहिने विद्युत आफै उत्पादन गर्नुपर्ने उल्लेख/आनीबानी बिग्रिएकाले अनावश्यक कृषि उपजहरुको आयात भइरहेको उल्लेख ।

१२.(आजको संक्रमण)
नेपालमा आज थप १ सय ७१ जना कोरोना भाइरसका संक्रमित थपिए /आजै २२७ जना संक्रमणमुक्त भई डिस्चार्ज /देशभर २ हजार २ सय ७७ सक्रिय संक्रमित रहँदा हालसम्म २ हजार ३३ जनाको मृत्यु ।

१३.(बीमाका कुरा)
आगामी दिनमा बीमा पहुँच बढाउनुपर्ने अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीको भनाई / कोरोना बीमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नु तथा फन्डको व्यवस्थापन गर्ने चुनौती रहेको उल्लेख ।

१४.(अब फाइभ जी)
नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने सञ्चारमन्त्री पार्वत गुरुङको भनाई /टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा व्यवस्थापन गर्ने पहलकदमी मन्त्रालयले लिने उल्लेख ।

र,

१५.(विश्वमा यस्तो भयो)
भारतमा हालसम्म ४५ लाख बढीले लगाए कोरोना खोप/म्यानमारमा भएको ‘कू’ विफल पार्न विश्व समुदायलाई राष्ट्रसंघको आह्वान /म्यानमारमा सैन्य सरकारले फेसबुकमा पनि लगायो प्रतिबन्ध /अफगानिस्तानमा सरकारी कारबाहीमा १५ तालिबान मारिए।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.