Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(मन्त्रीको मन्तब्य)
तोकिएकै मितिमा निर्वाचन हुने सञ्चारमन्त्री पार्वत गुरुङको भनाई /ओली नेतृत्वको नेकपा नै आधिकारीक भएको दाबी /स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ता बिना चलेका फेसबुक, युट्युब अनलाइनको विकृति रोक्न छिट्टै सामाजिक सञ्जाल सम्बन्धि निर्देशिका जारी गर्ने ।

२.(हुन्छ त चुनाव ?)
निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडी बढाउन निर्वाचन आयोगलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सुझाव/पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव हुने/ निर्वाचनका लागि सरकारले आयोगलाई दियो ७ अर्ब रकम ।

३.(खुशी कि दुःखी ?)
प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु महासंघको अध्यक्ष हुन् कि कम्युनिस्ट पार्टीको भन्नेबारेमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले उठाए प्रश्न /नेपालमा रामको जन्म भएको प्रमाणित भए र धार्मिक पर्यटकीयस्थल भने सबैभन्दा खुशी आफूलाई हुने दाबी ।

४.(शक्तिका कुरा)
बुधबार काठमाडौंमा गर्न लागेको विरोध सभामा २ लाखभन्दा बढी मान्छे उतार्ने प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको दाबी /प्रतिगमनविरुद्ध सडकमा ओर्लिन जनतालाई प्रचण्ड र माधव नेपालको अपील ।

५.(राप्रपाको राग)
सनातन हिन्दु राष्ट्रको जग नभईकन नेपालको प्रजातन्त्रको जग दह्रो नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाको भनाई/राप्रपा आन्दोलनमा उत्रिए आफुहरुको मुद्धाले प्राथमिकता पाउने जिकिर /अब पार्टीको विभाजन कहिल्यै नगर्ने कमल थापाको प्रतिबद्धता ।

६.(कहिले पक्रिने ?)
भागरथीको हत्यारा छिट्टै पत्ता लगाएर दोषीलाई कारबाही गर्ने गृहमन्त्री रामबहादुर थापाको प्रतिबद्धता /हत्याकाण्डले मानवतालाई नै कलंकित गराएको भन्दै अपराधमा संलग्नलाई कडा कारबाही गर्न नेविसंघले माग ।

७.(आजको अवस्था)
नेपालमा २४ घण्टामा थपिए १ सय ६० कोरोना संक्रमित /आजै १ सय ६५ जना डिस्चार्ज हुँदा थप २ जनाको मृत्यु/ सक्रिय संक्रमित १७ सय ३७ रहँदा मृत्यु हुनेको संख्या २०४७ पुग्यो ।

८.(हितेन्द्रलाई अवसर)
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त /प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशकमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी निभाएका शाक्यलाई कार्यकारी बनाउने मन्त्रिपरिषद्को निर्णय ।

९.(घटाईयो बजेट)
चालु आर्थिक वर्षको बजेट संशोधन/बजेटको मध्यावधि समीक्षा मार्फत चालु आर्थिक वर्षमा कुल विनियोजनको ९१ दशमलव १९ प्रतिशत अर्थात १३ खर्ब ४४ अर्ब मात्र खर्च हुने अनुमान /१० खर्ब ७४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य ।

१०.(अस्पताल रोकिन्न)
भक्तपुरको दुवाकोटमा बन्न लागेको बीर अस्पतालको बिस्तारित अस्पताल बनाउन आर्थिक अभाव नहुने अर्थ मन्त्री विष्णु पौडेलको भनाई/ वीर अस्पताल जस्तो ठूलो प्रोजेक्टमा यथासक्य छिटो काम थालनी गर्न आफूहरु लागिपरेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको दाबी ।

११.(कहाँ छ मल ?)
मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने कृषिमन्त्री पद्मा अर्यालको भनाई / मलको भण्डारण स्थापना गर्ने र मलको अभाव हुन नदिने उल्लेख/अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त रहेको र किसानले पाएको दाबी ।

१२.(खुल्यो तातोपानी)
सीमाको पुल मर्मतकालागि भन्दै बन्द गरिएको नेपाल चीन तातोपानी नाका पुनः सञ्चालनमा /बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मत गर्न चिनियाँ पक्षले बन्द गरेको नाका मर्मतपछि खुलेसंगै ६ कन्टेनर नेपाल भित्रियो ।

१३.(रक्षक नै भक्षक ?)
भारतको बिहारमा बर्दियाकी १२ वर्षीया सुमित्रा विकको बलात्कारपछि हत्या/११ जना प्रतिवादी मिलेको र आरोपीसंग थाना प्रमुखबीचको अडियो भाइरल भएपछि स्थानीय प्रहरी चौकीका इन्चार्ज निलम्बित ।

१४.(विभागीयको बर्चस्व)
राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबद्वारा बिराटनगर महानगरमाथि ३–० को सहज जित दर्ता /अर्को खेलमा उपाधि होडमा रहेको त्रिभुवन आर्मीले वालिङ नगरपालिकालाई २–० ले हरायो ।

र,

१५.(विश्व विशेष)
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमाथि सिनेटमा सुनुवाई सुरु /भारतीय चर्चित अभिनेता राजीव कपूरको ५८ वर्षको उमेरमा हृदयघातका कारण निधन /उत्तराखण्डमा बाढीमा परेर ज्यान गुमाउनेको संख्या दुई दर्जन नाघ्यो, डेढ सय बढी बेपत्ता ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.