Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(कमिसनले बितायो)
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा ७० करोड कमिसन मागेको अडियो बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाद्वारा पदबाट राजीनामा/ नैतिकताको आधारमा राजीनामा दिएको भनाई ।

२.(कमिसनको असर)
गोकुल बास्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएको भन्दै प्रतिनिधिसभा बैठकमा सभामुखले नियमित कारवाही अगाडी बढाउन आग्रह गरेपनि कांग्रेस सांसदहरुद्वारा विरोध/ कारवाही नगरेसम्म संसद बैठक चल्न नदिने काग्रेसको अडान

३.(प्रतिपक्षीलाई मसला)
घुसकाण्डमा मुछिएका बास्कोटामाथि छानबिन प्रकृया अगाडी बढाउनुपर्ने माग राख्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध /प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग /बास्कोटाले कर्मचारीलाई प्रयोग गरेको अश्लील शब्दप्रति निजामति कर्मचारी संघको पनि विरोध ।

४.(कडा प्रधानमन्त्री)
भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने /जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पु¥याउनुको अर्थ लुटका लागि नभएको उल्लेख ।

५.(एमसीसीको प्रतिक्षा)
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने /अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा टुंगो लाग्ने भीम रावलको भनाई ।

६.(प्रिन्टिङको वहस)
सेक्युरिटी प्रिन्टिङ स्थापना सम्बन्धमा झुट्टा विवरण दिएर संसदीय समितिलाई गुमराहमा राख्ने काम नगर्न सांसदहरुद्वारा सरकारलाई चेतावनी / प्रिन्टिङकाको प्रस्ताव आव्हान तथा मन्त्रालयका सचिव र सुरक्षण मुद्रण केन्द्रको जवाफ गोलमोटल भएको जिकिर ।

७.(सामाजिक सञ्जालले सतायो)
सेक्युरिटी प्रिन्टिङ स्थापना प्रकरणलाई लिएर सामाजिक सञ्जालमा लेखासमितिको विश्वसनियतामाथि आक्रमण भएको भन्दै सदस्यहरुद्वारा छानविनको माग /सामाजिक सञ्जालमा आफुहरुको चरित्र हत्या गरिएको भन्दै त्यस्ता प्रयोगकर्तालाई छानविनको दायरामा ल्याउन माग ।

८.(….सको बाटो देखो)
सेक्युरिटी प्रिन्टिङ स्थापनाको सम्पुर्ण कार्य रोक्न सरकारलाई संसदीय समितिको निर्देशन /विषयवस्तुको गम्भीरतालाई महसुस गर्दै थप अध्ययन गरि निर्णयमा पुग्न उचित देखिएको बैठकको निष्कर्ष ।

९.(सेनाको प्रशंसा)
सरकार, नेपाली सेना र जनताको एकीकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनाई /राष्ट्रिय सुरक्षाका लागि सबै पक्षको सोच र धारणा समान हुनुपर्नेमा जोड

१०.(क्याम्पसमै बलात्कृत)
मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक २९ वर्षीया छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत /२१ वर्षीय लोकेश ढकालले कोही पनि नभएको मौका छोपेर आफूमाथि जबरजस्ती दुव्र्यवहार गरेको पीडितको जाहेरीपछि ढकाल पक्राउ ।

११.(दुर्घटनापछि तनाव)
गाडीको ठक्करबाट सडक छेउमा हिँडिरहेका राजु बोहराको मृत्युपछिसुर्खेतको छिन्चु बजार दुई दिनदेखि तनावग्रस्त /क्षतिपुर्तिको माग गर्दै आन्दोलित भएकाहरुमाथि प्रहरकिो झडपमा पाँच जना घाइते ।

१२.(प्रविधिउन्मुख विमानस्थल)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रोबोट मार्फत यात्रुलाई सेवा/विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषमा संवाद गर्ने र पर्यटकहरुलाई नेपालका पर्यटन गन्तव्य भिषा प्रक्रिया लगायतका विषयमा जानकारी गराउने ।

१३.(तीर्थमा मृत्यु)
३४ जना नेपाली तीर्थयात्री बोकेको बस भारतको तमिलनाडुमा दुर्घटना हुँदा ६ जनाको मृत्यु /२१ जना घाइते /बसलाई मोड्न खोज्दा विपरीत दिशाबाट आएको बसले ठक्कर दिँदा दुर्घटना ।

१४.(नेपालको स्थान)
विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरियतामा नेपाल एक सय ७० औं स्थानमा यथावत/दक्षिण एसियामा नेपाल चौथो स्थानमा /विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम ।

र,
१५.(कोभिडको कहर)
जापानमा क्वारेन्टाइनमा राखिएको क्रुज सिपका दुई यात्रुको कोभिड–१९ भाइरसका कारण मृत्यु /सिपमा रहेका ३७ सयजनामध्ये ६२१ मा संक्रमण भएको पुष्टि /दक्षिण कोरियामा ३५ जनामा संक्रमण देखिएपछि २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.