×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दिनभरका प्रमुख खबर

१५ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१. (बाँस्कोटाको बचाउ)
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ७० करोड कमिसन मागेको आरोप लागेका राजीनामा दिएका पुर्वसञ्चारमन्त्री बाँस्कोटाको बचाउ /बाँस्कोटामाथि लागेको आरोपको सत्यता पुष्टि नभएको र बात लागेको आधारमा मात्र राजीनामा दिएको तर्क ।

२.(कहिले आउँछ नतिजा ?)
विकास खर्च गत बर्षको तुलनामा कम नभएको अर्थमन्त्री युवराज खतिवडाको प्रष्टोक्ति /७० करोड कमिसन सम्बन्धी अडियो प्रकरण छानविनका सम्बन्धमा जारी अध्ययनको नतिजा पर्खन आग्रह ।

३.(पुस्तकको कर जायज)
पुस्तक विक्रिमा धेरै मुलुकले मुल्य अभिवृद्धि कर लगाउने गरेकाले नेपालमा पुस्तकमा लगाईएको कर जायज भएको सञ्चारमन्त्री खतिवडाको भनाई /पुस्तकको विक्रि व्यापार भएकाले सरकारले ज्ञानमा कर लगायो भनेर भ्रम नफैलाउन सचेत ।

४.(जनतालाई भारी)
सरकारले विकास करको नाममा पेट्रोल र डिजेलको भाउ ५/५ रुपैयाँ बढायो /पेट्रोल र डिजेलमा यसअघि लाग्दै आएको ५ रुपैयाँ विकास करलाई १०/१० रुपैयाँ बनाइएको सञ्चारमन्त्री खतिवडाको भनाई ।

५.(स्वतेपत्रको रडाको)
स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माको चेतावनी /भएको नाम नलेख्ने तर नभएको नाम लेख्ने भन्दै प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग ।

६.(महिन्द्रको धम्की)
सांसद महिन्द्र राय यादवद्वारा हुलाकी राजमार्गका लागि केन्द्र सरकारबाट बजेट विनियोजन गरी काम सुरु नगरे आन्दोलनको चेतावनी/ चैत ११ सम्म काम सुरु नभए बैशाख १ बाट हुलाकी राजमार्गमा जागरण अभियान सुरु गर्ने ।

७.(कसका सुपुत्रको ?)
मुलुकमा भईरहेका पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री पाण्डेद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण /बाँस्कोटालाई सुपुत्रको व्यवहार गर्ने प्रधानमन्त्रीमाथि पनि शंका उब्जिको दाबी ।

८.(निराश नेकपाजन)
सत्तारुढ दल नेकपाकै सांसदद्वारा आफ्ना पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेतृत्वलाई सचेत /केही घटनाका कारण राजनीतिक स्थायित्वमाथि नै प्रश्न उब्जिएको भन्दै चिन्ता ।

९.(सचेतकको चेत)
संविधान संशोधनको आवश्यकता भएपनि राष्ट्रिय सहमति विना सम्भव नभएको नेकपाका प्रमुख सचेतक देव गुरुङको भनाई /राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न सकिने तर सहमति नभए संशोधन नै गर्न नसकिने उल्लेख ।

१०.(गेसो हर्षित)
परराष्ट्र मन्त्रालयले गोरखा सैनिकका विषयमा सन् १९४७मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षिय सन्धि पुनरावलोकनका लागि बेलायतलाई पठायो/ सरकार कदमको गोरखा भूतपूर्ण सैनिक संघ (गेसो)द्वारा स्वागत ।

११.(रबिन्द्रका लागि)
तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने सरकारको घोषणा / कार्यविधि निर्माण प्रकृयामा रहेकाले पुरस्कारको राशि भने टुङगो लाग्न बाँकी ।

१२.(बजारमा हरियाली)
साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा उतार चढावबीच नेप्से नयाँ रेकर्डका साथ बन्द / बिहीबार अहिले सम्मकै उच्च ४ अर्ब ४६ करोड बढीको कारोबार ।

१३.(पुरस्कारको प्रक्रिया)
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीका लागि घोषणा गरिएको पुरस्कार दिन खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन/कार्यविधि मन्त्रिपरिषदले स्वीकृत गरेसंगै पदाधिकारीलाई घोषणा गरिएको पुरस्कार दिन बाटो खुल्ने ।

१४.(इपिएलमा को, कोसँग?)
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेल तालिका सार्वजनिक/ चैत्र १ देखि १५ सम्मटियू क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटन खेलमा साविकविजेता ललितपुर प्याट्रीयट्र्स र पोखरा राइनोज भिड्ने ।

र,
१५.(इटालीमा तनाव)
इटालीमा कोरोना भाइरसका बिरामीको संख्या ४ सय पुग्यो /अचानक संक्रमण फैलिएकोमा चिन्ता व्यक्त /विश्वभर अहिलेसम्म २७ सय भन्दा धेरैको मृत्यु, ८० हजार भन्दा बढी संक्रमित ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top