Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(प्रधानमन्त्रीको स्वास्थ्य)
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको भनाई / मृगौला दिने संग्रौला र प्रधानमन्त्री धर्मपत्नी राधिका शाक्य बाहेक अरुलाई भेट्न नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको भनाई ।

२.(ब्यवस्थापकीय कमजोरी)
कोरोना भाइरस रोकथामका लागि सरकारको पूर्वतयारी सन्तोषजनक नभएको भन्दै सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुको असन्तुष्टि /उपभोग्य वस्तु, औषधि उपचारका क्षेत्रमा चाहिने उपकरणहरुको अभाव रहेकोले व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड ।

३.(कोरोनाविरुद्धको दबाब)
संसदप्रति उत्तरदायी बन्दै भ्रष्टाचार न्यूनीकरणको क्षेत्रमा थप कदम चाल्न राष्ट्रियसभा सदस्यहरुद्वारा सरकारको ध्यानाकर्षण / भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न पनि आग्रह ।

४.(निगरानी बढाईयोस्)
कोरोनाको संक्रमणबाट जोगिनका लागि तत्काल रणनीति बनाई आवश्यक सर्तकता अपनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण /विदेशबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्न माग ।

५.(विरोधको बहाना)
विश्वभर कोरोनाको सर्तकता अपनाईरहेका बेला नेपाल सरकार भने गैहजिम्मेबार बन्दै गएको भन्दै सांसद् डिला संग्रौलाद्वारा गम्भीर ध्यानाकर्षण/स्वास्थ्यमन्त्रीले जनतालाई आफै क्वारेन्टाईनमा बस्नुपर्छ भनी दिएको अभिव्यक्तिको विरोध ।

६.(उपाय यही हो त ?)
कोरोनाका लागि सर्तकता अपनाउन नसके मुलुकले ठूलो मानविय क्षति व्यहोर्नुपर्ने भन्दै सचेत रहन नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानको सुझाव/सदन, यातायात, विद्यालय, हवाई क्षेत्र लगायत तत्काल बन्द गर्नुपर्नेमा जोड ।

७.(पूँजीबजारको मन्त्र)
पूँजी बजार पूँजीपतिहरुले कारोबार गर्ने थलो मात्र नभएको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /शेयर बजारमा सानो पूँजीलाई समेत स्थान दिइएकोले पूँजीपतिहरुको मात्रै कारोबार गर्ने थलोको रुपमा नबुझ्न आग्रह ।

८.(अध्यक्षत्रयको पदभार)
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयद्वारा बिहीबार पदभार ग्रहण/नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसभित्र हिन्दुराष्ट्रका पक्षमा रहेका नेताहरुलाई पनि राप्रपा ल्याउने प्रयास गरिने उल्लेख ।

९.(खरेलको अभियान)
पूर्व डीआईजी रमेश खरेलको संयोजकत्वमा ’हाम्रो नेपाल सुशासन अभियान’को घोषणा/देशलाई नेतृत्व गर्नेहरुले नागरिकलाई धोका दिएको खरेलको भनाई /जनताको सेवा गर्न जानेहरुले भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको आरोप ।

१०.(बलात्कारीको सजाय)
१४ वर्षीया बालिकालाई छ जनाले ललाइफकाई जबर्जस्ती करणी गरेको अभियोगमा करणी गर्नेमध्ये कपिलवस्तुका १८ वर्षीय योगेश श्रेष्ठलाई १२ वर्ष कैद सजाय/अन्य चार बालकलाई भने आठ वर्ष बालसुधार गृहमा राख्ने जिल्ला अदालत कपिलवस्तुको फैसला ।

११.(कोरोनाविरुद्ध लक डाउन)
देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड —१९) को संक्रमण देखिएमा सरकारले पकेट एरिया ‘लक डाउन’ गर्ने/महामारी अवधिभर अत्यावश्यक सामग्रीबाहेक अन्य वस्तुको आयात निर्यात पनि बन्ददेखि अन्तर्राष्ट्रिय नाका बन्द गर्ने योजना ।

१२.(दूताबासको कदम)
कोरोना भाइरसको जोखिम बढेपछि कतारमा रहेको नेपाली दूतावासले आउँदो आइतबारदेखि अस्थायी रुपमा कन्सुलर सेवा बन्द गर्ने /जोखिम उच्च रहेको भन्दै दूतावासले सतर्कता अपनाउन र सुरक्षित रहन कतारमा रहेका नेपालीहरुलाई अनुरोध ।

१३.(परीक्षणको परिणाम)
भारतका विभिन्न शहर हुँदै नेपाल आएका युक्रेनी दम्पत्तिमा ज्वरो देखिएपछि पूर्वी नाका काँकरभिट्टाबाट भारततर्फ फिर्ता पठाइयो /काँकरभिट्टा आइपुगेका दुई जनामै ज्वरो देखिएपछि कोरोना संक्रमण भएको आशंकामा भारततिरै फर्काइएको प्रहरीको भनाई ।

१४.(मर्स्याङ्दी फाइनलमा)
रारा गोल्डकपमात्रिभुवन आर्मीलाई ३—२ ले पराजित गर्दै मनाङ मर्स्याङ्दी फाइनलमा प्रवेश /उपाधि भिडन्तकालागि मनाङले शनिबार नेपाल पुलिसको सामना गर्ने /विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने ।

र,
१५.(विश्वव्यापी महामारी)
कोभिड–१९ को संक्रमण विश्वका १ सय २० भन्दा बढी देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)द्वारा पहिलो पटक विश्वव्यापी महामारी घोषणा /नर्वेमा पनि भाइरस तीब्र रुपमा फैलिँदै /२४ घण्टामा २ सय १२ जनामा संक्रमण ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.