Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(क्वारेन्टाईनमा कडाई)
कोरोनाको संक्रमण फैलिन नदिनका लागि अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गर्ने सरकारको रणनिति /ज्वरोका विरामी देख्ने वित्तिकै नडराउन र व्यक्तिगत सुरक्षा सामाग्रीको सही ढंगले प्रयोग गर्न चिकित्सकहरुलाई आग्रह ।

२.(नेगेटिभ कोरोना)
वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दुवै जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि /काठमाडौंको पाटन अस्पतालमा आईसियुमा उपचारका क्रममा मृत्यु भएका पुरूषमा पनि कोरोना नेगेटिभ ।

३.(लकडाउनको आठौं दिन)
दोश्रो चरणको लकडाउनको पहिलो दिन मुलुभर कडाईका साथ पालना गरिँदै /अनुमति विना संञ्चालित सवारी साधन सुरक्षाकर्मीद्वारा नियन्त्रणमा /पदैलयात्रीलाई भने लकडाउन उलंघन नगर्न सचेत गराईयो ।

४.(घर फिर्ती बन्द)
सीमानाका नखोल्ने सरकारको निर्णय /भारतीय सीमामा अड्किएका नेपालीलाई भारत सरकारले र नेपालमा अड्किएका भारतीयहरुलाई नेपाल सरकारले खानालगायतका अन्य आवश्यक व्यवस्था गर्ने ।

५.(कानुनको पालना होस्)
कोरोना भाइरसको उपचारबाट नपन्छिन निजी अस्पताललाई सर्वोच्च अदालतको आदेश/निजी अस्पतालले उपचार गर्न अस्वीकार गर्नुको कारण १५ दिनभित्र पेश गर्न र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने उपचार सामाग्रीको प्रबन्ध गर्नसमेत आग्रह ।

६.(मुख्यमन्त्रीको निर्देशन)
प्रदेश १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुट्न सबै स्थानीय तहहरुलाई मुख्यमन्त्री शेरधन राईको निर्देशन /विपन्न परिवारलाई स्थानीय तहले राहत दिन र सम्भव नभए प्रदेश सरकारले व्यवस्था मिलाउने उल्लेख ।

७.(कोरोनाको असर भ्रमणमा)
कोरोनाको प्रभावका कारण सरकारद्वारा भम्रण वर्ष २०२० खारेज / बैशाख १ गते देखि सुरज वैद्य नेतृत्वको सचिवालय पनि बिघटन हुने /भम्रण वर्ष सचिवालयले सबै कागजात भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डलाई बुझाउने ।

८.(प्रशासनमै लापरवाही)
काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा लकडाउनमा सवारी साधन सञ्चालनका लागि पास वितरण गर्ने नाममा लापरवाही / पास लिन जानेहरुको भीड अस्वभाविक/ न्युनतम सामाजिक दुरी कायम गरेको देखिएन ।

९.(सूचना दिनेलाई पुरस्कार)
सोलुखुम्बुको थुलुङ दूधकोसी गाँपालिकामा विदेशबाट फर्केकाको विवरण संकलन भइरहे पनि थप कोही भए नभएको पत्ता लगाउने उपाय अपनाउँदै / विदेशबाट आएर घरैमा बसिरहेकाहरुको जानकारी दिन दिनेलाई ५ हजार पुरस्कार दिने गाँउपालिकाको घोषणा ।

१०.(सहयोगी सनराईज)
सनराइज बैकद्वारा सैनिक अस्पतालका लागि ७० थान व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण / पिपिई लगायतले विरामीको स्वास्थ्य उपचारमा ठूलो मद्द्त पुग्ने सैनिक अस्पतालको भनाई ।

११.(बेलायतमा बिजोग)
बेलायतमा अलपत्र परेका नेपाली चिकित्सक र विद्यार्थीहरूद्वारा उद्धारका लागि नेपाल सरकारसँग अपिल / विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न आएका नेपाली विद्यार्थीलाई रोजगारी, खान र बस्नको समस्या हुँदा विचल्लीमा ।

१२.(सहयोगी चीन)
चीनको स्वशासित क्षेत्र तिब्बतको जिलोङ काउन्टी प्रशासनद्वारा १५ प्रकारका स्वास्थ्य सामग्री सहयोग स्वरूप रसुवा जिल्लालाई उपलब्ध /स्वास्थ्य सामग्री आवश्यकता अनुसार अस्पताल, स्वास्थ्य चौकी, हेल्थ डेक्स, क्वारेन्टाइन तथा आइसोलेसनमा प्रयोग गरिने ।

१३.(मजदुरलाई राहत)
देशभर लकडाउन गरेपछि विभिन्न जिल्लाबाट सिन्धुपाल्चोकमा मजदुरीकालागि आएका श्रमिकहरुलाई सुरक्षित रुपमा घर फिर्ता गरिने /अन्य जिल्लाबाट आएका मजदूरहरुलाई पनि स्थानीय तहले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने प्रशासनको भनाई ।

१४.(तरकारीको दुरी)
कोरोना संक्रमण फैलावटबाट बच्नका लागि तरकारी बजारहरुले पनि थप सर्तकता अपनाउँदै / कम्तिमा ३ फिट टाढा बस्नुपर्ने नियम कार्यान्वयनमा ।

र,
१५.(कोरोनाको कहर)
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ३८ हजार ८ सय बढीको मृत्यु /८ लाख बढी संक्रमित /१ लाख ७० हजार बढी निको भएर घर फर्किए /एसियामा अझै कोरोना नियन्त्रणमा आइनसकेको विश्व स्वास्थ्य संगठनको चेतावनी ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.