Nepal Times
Nepal Times
3
Shares

दिल्लीमा अक्सिजन अभाव : २५ जनाको ज्यान गयो, ६० जनाको ज्यान उच्च जोखिममा

दिल्लीमा अक्सिजन अभाव : २५ जनाको ज्यान गयो, ६० जनाको ज्यान उच्च जोखिममा

१० बैशाख, काठमाडौ । भारतको दिल्लीमा अक्सिजन अभाव बढ्दै गएको छ ।

अक्सिजन नपाउँदा २५ जना बिरामीको ज्यान गएको पाइएको छ भने ६० जना ज्यान उच्च जोखिममा परेको दिल्लीको सर गंगाराम अस्पतालका निर्देशकले बताएका बीबीसी हिन्दीले जनाएको छ ।

अस्पतालले अक्सिजन नहुँदा ६० जना गम्भीर बिरामी खतरामा परेका जनाएको छ ।

गएको २४ घण्टामा यो अस्पतालमा २५ जना बिरामीको ज्यान गएको छ । उनीहरुलाई अक्सिजनको अभाव भएको स्रोतलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ ।

अस्पतालका निर्देशकले अब आफूहरुसँग दुई घण्टालाई मात्रै पुग्ने अक्सिजन रहेको पनि बताएका छन् ।

उनले अस्पतालमा रहेका भेन्टिलेटरले काम गर्न छोडेको पनि बताएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै दिल्लीका अस्पतालहरु बिरामीले भरिएका छन् ।

गएको २४ घण्टामा भारतमा ३ लाख ३२ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने यो अवधिमा २ हजार २ सय ५६ जनाको ज्यान गएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.