Nepal Times
Nepal Times
3
Shares

दिल्लीमा हिंसा जारी, १३ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

दिल्लीमा हिंसा जारी, १३ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

१४ फागुन, एजेन्सी ।
भारतको राजधानी दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा पछिल्लो केही दिनदेखि हिंसा जारी छ ।

हिंसामा दुई पक्षबिच भिडन्त हुँदा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले लगातार हिंसा बढ्दै गएपछि मंगलबार अबेर राति हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका छन् ।

सोमबारदेखि जारी हिंसाका कारण १५० जना भन्दा बढी घाइते भएका छन् । दिल्लीको उत्तर पूर्वी क्षेत्रको जाफराबादसहितका इलाकामा नागरिकता संशोधन कानून (सिएए) को विपक्ष र समर्थनमा रहेकाहरुबिच भिडन्त भएको हो ।

जाफराबादमा विगत लामो समयदेखि महिलाहरुले सिएएविरुद्ध प्रदर्शन गर्दै आएका थिए । तर शतिबार राति केही प्रदर्शनकारीले जाफराबादको बाटो बन्द गरे ।

आइतबार धर्ना स्थलाबाट केही पर सिएएको समर्थनमा ठूलो संख्यामा मानिसहरु जम्मा भए । त्यसपछि अवस्था तनावपूर्ण बनेको हो । अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आएकै दिनदेखि हिंसा सुरु भएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.