Nepal Times
Nepal Times
3
Shares

दीप बस्न्यातले आफै हटाए सर्वोच्चमा सुनुवाइको पेसी

दीप बस्न्यातले आफै हटाए सर्वोच्चमा सुनुवाइको पेसी

२३ फागुन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको निवेदनको पेसी शुक्रबार आफैले स्थगित गराएका छन् ।

पूर्वप्रमुख आयुक्त बस्न्यातको निवेदनमाथि सुनुवाइका लागि न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलास तोकिएको थियो । सो निवेदनको सुनुवाइको क्रम संख्या ‘ठ’मा थियो ।

तर बस्न्यात आफैले निवेदनको पेसी स्थगित गरी पाउन निवेदन इजलासले मागबमोजिम हुने गरी अनुमति दिएको हो ।

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई बालुवाटारको ललिता निवास प्रकरणमा दोषी ठहर्याउँदै गत मंसिर २८ गते विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सो अदालतका अध्यक्ष प्रेमराज कार्की तथा सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गालाई व्यक्तिको नाममा बनाएर भ्रष्टाचार गरेको आरोप लागेपछि विशेष अदालत हाजिर हुन पुगेका बस्न्यातलाई शुरुमा बयान लिइएको थियो ।

लामो समय बयान लिएर बस्न्यातलाई धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने वा थुनामा पठाउने भन्ने सम्बन्धमा बहस भएको थियो ।

अदालतले तत्काल प्राप्त प्रमाणबाट बस्न्यात दोषी हो भन्ने देखिएको उल्लेख गर्दै उनलाई कानुनले पाउने सिदा खान पाउने गरी कारागार पठाउन आदेश दिएको हो ।

सो आदेशबमोजिम उहाँ हालसम्म डिल्लीबजार कारागारको थुनामा छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.